पुल बनेपछि एक घण्टाको बाटो पाँच मिनेटमा 

बाबियाचौर, म्याग्दी, १२ मंसिर । म्याग्दीको बेनी नगरपालिका–१ सारेमारे र पर्वतको जलजला गाउँपालिका–७ लस्तीको सिमाना भएर बग्ने कालीगण्डकी नदीमा झोलुङ्गे पुल निर्माण भएको छ । 

१८७.५ मिटर लामो झोलुङ्गे पुल निर्माण भएपछि एक घण्टाको बाटो पाँच मिनेटमा छोटिएको छ । रत्नेचौर र धाइरिङका बासिन्दालाई ढोडेनी भएर घुमाउरो बाटो हिँड्दा एक घण्टा लाग्ने गरेकामा पुल बनेपछि पाँच मिनेटमै सारेमारेदेखि लस्ती बजार पुग्न सकिने भएको स्थानीय बासिन्दा तिलक थापामगरले बताए । 

पुल निर्माण भएपछि स्थानीय बासिन्दालाई आवतजावतका साथै त्यहाँका कृषकले उत्पादन गरेको तरकारी बजारमा पु¥याउन सहज भएको छ । म्याग्दीको रत्नेचौर, पर्वतको धाइरिङ र नाग्लीवाङका एक हजार ५०० घरधुरी लाभान्वित भएका छन् । सो पुलको भारवहन क्षमता ६८ मेट्रिक टन छ । एकपटकमा ४८६ जना मानिसहरु आवतजावत गर्न सक्नेछन् । 

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गतको स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभागले ठेक्कामार्फत रु ६७ लाख ७७ हजार ७७७ को लागतमा उक्त पुल निर्माण गरेको हो । 

विसं २०७२ असारदेखि निर्माण शुरु भएको उक्त पुल निर्माण व्यवसायीका कारण लक्ष्य भन्दा दुई वर्ष ढिलो निर्माण भएको हो । सो पुलको निर्माणको ठेक्का अधिकारी निर्माण सेवाले पाएको थियो । रासस

भूकम्प पीडितलाई सडक उपहार

नवराज सापकोटा- काभ्रे, १८ जेठ । जिल्लाको कर्णाली भनेर चिनिने डाँडापारी क्षेत्रका भूकम्प पीडितलाई लक्षित गरी सडक स्तरोन्नती हुने भएको छ । भुकम्प

उच्च सम्मान भएको महसुस- प्रधानसेनापति

काठमाडौं,१४ जेठ । प्रधानसेनापति राजेन्द्र क्षत्रीले सरकारबाट द्रुत मार्ग निर्माणको जिम्मेवारी पाउनुलाई राष्ट्रनिर्माणमा नेपाली सेनाले पु¥याएको

निर्वाचन अवधिभर मुग्लिन सडक चौबिसै घण्टा खुला

चितवन, २२ वैशाख । मुग्लिन–नारायणगढ सडक आयोजनाले यही वैशाख २५ गतेदेखि जेठ ३ गतेसम्म १० दिन मुग्लिन–नारायणगढ सडक चौबिसै घण्टा खुल्ला गर्ने भएको छ

कात्तिकदेखि बत्ती बाल्ने लक्ष्य

फिदिम, २१ वैशाख । पाँचथर र ताप्लेजुङ जिल्लालाई छुट्याएर बग्ने कावेली नदीमा निर्माण भइरहेको कावेली बी ‘वान’ जलविद्युत आयोजना आगामि कार्तिक