हात्ती महोत्सवको तयारी सुरु 

चितवन, ३० कात्तिक ।  चितवनको पर्यटकीय नगरी सौराहामा हरेक वर्ष आयोजना हुँदै आएको हात्ती महोत्सवको १४ औँ संस्करणको तयारी सुरु गरिएको छ । यस वर्ष क्षेत्रीय होटल संघ सौराहाले महोत्सव एवं अन्र्तराष्ट्रिय हात्ती फाष्ट वाक प्रतियोगिता पुस ११ देखि १५ गतेसम्म सौराहामा गर्न लागेको छ ।

क्षेत्रीय होटल सघ सौराहाका अध्यक्ष सुमन घिमिरेको अध्यक्षतामा भएको भेलाले सघका वरिष्ठ उपाध्यक्ष दिपक भट्टराईको संयोजकत्वमा कार्यसम्पादन समिति गठन गरेको छ ।

जनावरमैत्री हात्ती महोत्सवलाई थप रोचक बनाउँदै राष्ट्रिय र अन्तर्राष्टिय रुपमा स्थापित गर्न काठमाडौँ व्यवस्थापन समिति नै गठन गरेर तयारी सुरु गरेको संयोजक दिपक भट्टराईले जानकारी दिए ।

हात्ती महोत्सवको तयारीका काठमाडौँ समितिको संयोजकमा केशव पाण्डेलाई चयन गर्दै तयारी सुरु भएको उनले बताए । साथै चार चार वटा हात्ती राखि विगत देखि थप गरिएको हात्ती पोलो प्रतियोगितालाई थप गर्ने पनि आयोजकले बताएका छन् । साथै पुष ११ देखि १५ गते सम्म ५ दिन र अंग्रेजी नयाँ बर्ष विशेष संगीतिक नाइट विशेष आकर्षण हुने उनले बताए ।

विगतका वर्षमा निशुःल्क प्रवेश दिइएको यस प्रतियोगितामा यस पटक टिकटको व्यवस्था गरिएको जानकारी दिँदै अध्यक्ष भट्टराईले पर्यटक र दर्शकलाई विशेष सुविधा दिन टिकटसहित मिनि स्टेडियम समेतलाई थप व्यवस्थित बनाईएको छ । साथै केहि दिन मै कार्यसम्पादन र मुल समितिको समेत नामावली सार्वजनिक गर्ने संघका उपाध्यक्ष अञ्जनकुमार पाण्डेले जानकारी दिए ।  प्रतियोगितामा हात्ती फाष्ट वाक, हात्तीका छावाबीचको रोमाञ्चकारी फुटबल, हात्ती सुन्दरी प्रतियोगिता, गाडा दौडसहित राष्ट्रिय तथा स्थानीय कलाकारहरूबाट साँस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने गरिन्छ । साथै यो वर्षबाट टाँगा दौड  र डुङ्गा दौड हटाई हात्ती नुहाउने थप गरेको उनले बताए । 

 हात्तीहरुको वनभोजसँगै यो बर्षदेखि नयाँ प्याकेजका रुपमा हात्ती नुहाउने प्रतियोगिता थप गरिएको संयोजक भट्टराईले बताए । प्रतियोगिता बाघमारा मध्यवर्ती वनको खुल्ला चौरमा हुनेछ ।

नेपाल एयरलायन्सले दोहामा दैनिक उडान तथा जापानमा पनि सिधा उडान गर्ने

काठमाडौँ, २३ असार । नेपाल एयरलायन्सले नयाँ वाइडवडी जहाज  बाट कतारको दोहामा दैनिक उडान गर्ने योजना बनाएको छ । वाइड बडी ए ३३०–२०० सिरिजको

नेपाल एयरलायन्सले दोहामा दैनिक उडान गर्ने, जापानमा पनि सिधा उडान

काठमाडौँ, २३ असार । नेपाल एयरलायन्सले नयाँ वाइडवडी जहाज  बाट कतारको दोहामा दैनिक उडान गर्ने योजना बनाएको छ । वाइड बडी ए ३३०–२०० सिरिजको

जापान, कोरिया र साउदी अरबमा नयाँ जहाज उडाउँदै नेपाल एयरलायन्स

काठमाडौं, २१ असार । राष्ट्रिय ध्वजाबाहकले पहिलो वाइडवडी जहाजको आगमनसँगै लामो दुरीको गन्तव्यमा जहाज उडाउने तयारी गरेको छ । नेपाल देखि अष्ट्रेलिया

रानीपोखरी पुरानै शैलीमा पुनःनिर्माण गरिने 

  काठमाडौँ, १९ असार । रानीपोखरी पुनःनिर्माणको क्रममा यसअघि प्रयोग भएका आधुनिक निर्माण सामग्री ९कंक्रिट० हटाइएको छ ।  अबको केही दिनमानै