‘ म माधुरी दीक्षित बन्न चाहन्थें ’

यी हुन् कुनै बेलाकी चर्चित कमेडियन कलाकार पवनकली । टेलिभिजन शोमा निकै जमेकी पवनकली आजकल भने रंगमञ्चमा रमाएकी छन् । भारतीय रजतपटकी सुपरस्टार माधुरी दीक्षितबाट निकै प्रभावित पवनकली माधुरी नै त बन्न सकिनन् तर मनमा उनकै बिम्ब बोकेर अभिनयमा साधनारत् छन् । ‘अनी देउराली रुन्छ’ नाटकमा अभिनय गरिरहेकी उनी आफूलाई नेपालमा माधुरी नै बनेको महसुस भएको बताउँन हिच्किचाउँदिनन् । 

पवनकलीको नामले चर्चा कमाएकी कलाकार लुनिभा तुलाधरले सरल पत्रिकासँगको संवादमा आफ्नाबारेमा यसरी सुनाईन् – ‘मेरो करिअर कलाकारिताबाट शुरु भएको हो । मेरो पहिलो इच्छा नै कलाकार बन्छु भन्ने थियो । मलाई बलिउडकी सुपरस्टार नायिका माधुरी दीक्षित एकदमै मनपर्ने कलाकार हुन् । म उनको ठुलै फ्यान थिएँ । म उनको हरेक फिल्म हेर्थें । सानी हुँदा ममा माधुरी दीक्षित जस्तै कलाकार बन्छु भन्ने भुत चढेको थियो । म अहिले आफ्नै हिसाबको माधुरी त बनें जस्तो पनि लाग्छ । दर्शकहरुले पनि अहिलेसम्म त मेरो अभिनय मन पराइरहनु भएकै छ । यसमा म खुशी छु । ’

यतिबेला तपाईं केमा व्यस्त ?


अहिले म मनबहादुर मुखियाले लेखेको र जीवन बरालले निर्देशन गरेको नाटक ‘अनि देउराली रुन्छ’ शिल्पी थिएटरमा मञ्चन भइरहेको छ,त्यसमा मैले पनि अभिनय गरेकी छु । अर्कोे ‘पारिजात गुनगुन’हरु भनेर राजकुमार पुडासैनीको पाटन हस्पिटलको कम्युनिटी नाटक भइरहेको छ, त्यसमा पनि काम गरिरहेकी छु । अहिलेलाई यिनै दुइवटामा व्यस्त छु ।


रंगमञ्चमा कहिले प्रवेश गर्नुभयो ?


म रंगमञ्च नै गर्छु भनेर आएकी हुँ । शुरुमा म प्लस टु पढ्दा कक्षा ११ मा मैले हाम्रो कलेजको ‘वेलकम पार्टी ’ मा नाटक गरेकी थिएँ । डा. शिव रिजाल हामीलाई अंग्रेजी पढाउनु हुन्थ्यो । उहाँले मैले गरेको अभिनय देखेर आफ्नो पिएचडीको लागि नाटक बनाउँदै छु । अभिनय गर्छौ त मेरो नाटकमा भनेर सोध्नुभयो । मेलै सहजै हुन्छ भनिदिएँ । सरको नाटकमा अभिनय गरें । त्यसपछि गुरुकुलमा चिनजान भयो । त्यहाँपनि नाटक गर्नथालें अनि टेलिभिजनमा गरें, एक्टर स्टुडियो गरें त्यसरी नै मेरो रंगमञ्चमा मेरो प्रवेश भएको हो ।

दर्शकको प्रतिक्रिया कस्तो छ ?


कोही कोही दर्शकहरुले चाँही खाली कमेडी मात्र किन गर्नुहुन्छ, यसो नायिकाको अभिनय पनि गर्नु न भन्छन् । अहिलेसम्म कसैले नायिकाको भूमिकाको लागि अफर पनि गरेका छैनन् । मैले पनि रुची लिएर कसैको पछि लागेकी   छैन । आजसम्म जे जस्तो प्रतिक्रिया पाएकी छु सकारात्मक नै पाएकी छु भन्ने लाग्छ ।

पवनकलीको शुरुवात कसरी भयो ?


हामीले ‘पोथीबासे’ भन्ने कार्यक्रम गरिरहेका थियौं । गिताञ्जलीले बिवाह गरेर कार्यक्रम छोडेर गइन् । हामीले दुई वर्षपछि कार्यक्रम चलाउन सकेनौं । अफिसले पनि कार्यक्रम नै नगरीकन तलब खान मिल्दैन त्यसैले अर्को एउटा कार्यक्रम लिनैपर्छ भन्यो । हामीले कार्यपत्र लेख्न शुरु ग¥यौं । कार्यपत्र बुझाउनैपर्ने अनि च्यानल भीमा ‘ल लकुट्टि शो’ भन्ने आउथ्यो । ‘पोथीबासै’ मै परेको क्यारेक्टरले यसरी नै एउटा अन्तर्वार्ता लिने भनेर हचुवाको भरमा कार्यपत्र बुझायौं । हामीले बुझाएको कार्यपत्र पास भएछ र हामीलाई काम शुरु गर भनेर भनियो । त्यसपछि ‘पवनकली’को जन्मभएको हो ।


वास्तवमा के हो पवनकली ?


पवनकली भनेको एउटी केटी हो जो भर्खर–भर्खर गाउँबाट आएकी हुन्छे । केटी नितान्त सोझी छ । उसलाई केही थाहा छैन तर उसले सोधेको कुराले भने अरुलाई अफठ्यारो हुन्छ । म बाहेक पवनकलीलाई अरु दुई जना बहिनीहरुले चलाउनु भयो ।


पवनकली छाड्नुको कारण के हो ?


मलाई भारतीय राजदुतावासले छात्रवृत्ति दियो र गुजरात पढ्न गएँ । त्यहि भएर पवनकली छाड्नु प¥यो । कान्तिपुर टिभीले कार्यक्रम चलाए बापत पैसा चाँही कम नै दिन्थ्यो तर पैसा कम दियो भनेर छाडेकी भने बिल्कुलै होइन । बाहिर त अनेकन हल्लाहरु चल्छन् नी । अहिले हामी केही चिजहरु लिड गर्दै छौं । अहिले हामी अलिकति सिनियर भएका छौं र हामी पछिका भाइ–बहिनीहरुको पैसा चाँही अलिकति बढाइदिने गरेका छन् । अब पहिलेको चलन अनुसारले हेर्ने हो भने पैसा कमै हो ।


अब फेरि पवनकलीमा देखिने कि ?


त्यस्तो योजना छैन । बिचमा हामीले कान्तिपुर गोल्डमा देखाएका थियौं । गोल्डको लागि चाँहि ग¥यौं तर कान्तिपुरको गोल्ड टेलिभिजन आफैंमा चलेन । अब फेरी पुरानै तरिकाले कार्यपत्र पेश गरेर फेरि काम शुरु गर्ने भन्ने कुरा केही छैन । एक त समय कै कुरा हो । मेरो समय अहिले नाटकहरुकमा नै बितिरहेको छ । त्यसैले पवनकलीको बारेमा मैले केही सोचेकी छैन ।


नाम कमाएको शो छोड्दाको अनुभव कस्तो छ ?


खै एक हिसाबले त गर्व पनि लाग्छ । आफुले केही बनाइयो र त्यसैले गर्दा अहिलेसम्म मान्छेहरुले जिन्दगीभरका लागि चिनिरहेका छन् । जहाँ गएनी उ कान्तिपुर कि पवनकली आइ भन्ने गर्छन् । रमाइलो लाग्छ ।

 

घर परिवार ?


मेरो घरमा थुप्रै सदस्यहरु हुनुहुन्छ । मेरो श्रीमान, मेरो दुई वर्षको छोरा छ । मेरो सासु ससुरा, बुढा सासु बुढि सासु । फुपु सासु, फुपु सासुका दुईवटा छोराछोरी, जेठाजु, जेठानी अनि छोरो ।


समय बाँडफाड कसरी गर्नुभएको छ ?


श्रीमान पनि एउटै फिल्डमा हुनुहुन्छ । उहाँ फोटोग्रापीm गर्नुहुन्छ । उहाँ काठमाडांैमा भएको बेलामा बच्चा   हेरिदिनुहुन्छ । काठमाडौमा हुँदा म धेरैजस्तो घर बस्छु तर उहाँ काठमाडौमा नहुँदा सुटिङको लागि बाहिर जानु हुँदा म माइतीमा   बस्छु । माइतीमा मेरो बुबा, आमा, काका काकी लगायत धेरैजना हुनुहुन्छ । उहाँहरुले बच्चा हेरिदिनुहन्छ र मलाई एकदमै ठुलो सहयोग भइरहेको हुन्छ ।


अहिलेसम्म कति फिल्म र नाटकमा अभिनय गर्नुभयो ?


बितेको एक वर्षमा सातवटा जति नाटकमा अभिनय गरें होला । फिल्म चाहिं चार देखि पाँचवटा जतिमा अभिनय गरें कि यकिन छैन ।


फिल्म र नाटकमा अभिनय गर्दाको फरक कस्तो पाउँनु भयो ?


फिल्ममा अभिनय गर्दा आनन्द हुन्छ । कलाकार हो भनेर हाम्रो अभिनय नियालेर हेर्छन् । प्रोडक्सनले पनि हाम्रो अभिनयमा ध्यान दिइरहेको हुन्छ । नाटकमा हामी सबैजना सर्वहारा छौं । प्रोडक्सन, निर्देशन र कलाकार सबैजना हामी उही लेभलमा छौं । नाटकको एउटै मजा कि नाटक जिन्दगी नै हो । कट टेक हुँदैन । त्यसैले नाटकमा हाम्रा भावनाहरुले ठाउँ पाउँछ । एउटा कलाकारको मनको भावना नै सबैभन्दा ठूलो कुरा हो । नाटकमा दर्शकको प्रतिक्रिया पनि तुरुन्तै मुखै अगाडि पाइन्छ । यसले गर्दा पनि नाटक गर्नमा एकदमै मजा हुन्छ ।


नाट र फिल्ममध्ये पैसा कुनमा छ ?


पैसा फिल्ममा नै राम्रो पाइन्छ । बिकासे नाटक भयो भने फिल्ममा भन्दा पनि राम्रो पाइन्छ ।

रंगमञ्चको अनुभव बताईदिनुहोस न ।


मैले नाटक शुरु गर्दा शिव रिजाल सरले दिनको ३० रुपैयाँ दिनु हुन्थ्यो । ३० रुपैयाँ लिएर चक्रपथबाट नीलो बिक्रम ट्याम्पो चढेर भद्रकाली ओर्लेर त्यहाँबाट हिँडेर बबरमहलमा रिहर्सलको लागि जान्थे । पाँच रुपैयाँको चिया र पाँच रुपैयाँको चिप्स खाएर दश रुपैयाँ बचाउँथे । तर अब सबै चिज महँगो भइसक्यो । हामीलाई सुनिल सर, अनुप सर, हरिहर सरहरुले अलि सजिलो गर्दिनु भएको थियो ।


अहिलेका भाई बहिनीहरुलाई हामीले अझै धेरै सजिलो गर्दिएका छौं । हाम्रो बेलामा लाज, डर भन्ने थियो । हामी यसो टाउको उठाएर सरहरुलाई हेर्दैन्थ्यौं तर अहिलेका बच्चाहरु मुखमुखै लाग्छन् । आफ्नो मनमा लागेका कुराहरु मज्जाले भन्छन् । अहिलेका बिद्यार्थीहरु हामी जस्तो पहिला टिचर भन्ने बित्तिकै डराउने जस्ता पनि छैनन् । मलाई यी कुराहरु चाँही दुख लाग्छ । हामीले जति दुख गरेर आर्जेर गुरुकुल बनायौं अरु कुनै बनायौं त्यो आवेग आजकलको बच्चाहरुमा नभएको हो कि ।


सामाजिक सञ्जालहरुले मार्ग बदलदिएको हो कि किनकी हाम्रो बेलामा त इन्टरनेट भन्ने कुरा खासै थिएन । म अहिले पनि आफ्नो गुरुहरुलाई ढोक्छु, आदर गर्छु । यसको मतलब यो होइन कि मलाई मेरो जुनियरहरुले ढोग्नुपर्छ तर आदर सम्मान गर्ने कुरामा भने अलि ध्यान पु¥याउनु पर्छ जस्तो मलाई लाग्छ । अहिले नाटकमा धेरै बिकास भएको छ । कहिलेकाहीं दुख पनि लाग्छ थियटरहरु खुल्छन अनि बन्द पनि हुन्छन् । हाम्रो बेलामा थियटरमा प्रेमि प्रेमिका हुनु भनेको लाजमर्दो कुरा हुन्थ्यो तर अहिले हरेक थियटरमा श्रीमान श्रीमती छन्, पे्रमि प्रेमिका छन् । अहिलेको रँगमञ्चमा धेरै परिवर्तनहरु आइसकेका छन् । – सुकृत

‘नेपाली कम्युनिष्टले मार्क्सको बेइज्जत गरे’

८२ वर्षमा पनि युवाजस्तै जोश र जाँगरका साथ प्रस्तुत हुने प्रजातान्त्रिक आन्दोलनका योद्धा डिल्लीप्रसाद सिटौला नेपाल र नेपालीको सुदूर भविष्यप्रति

‘बुवा त मलाई राजनीति गर या नेपाली सेनामा जा भन्नुहुन्थ्यो’

अमृत  गुरुङ । यस्तै नाम अरुको पनि हुनसक्छ । तर कसैले अमृत  गुरुङ भनेर नाम लियो भने आममानिसले पहिलोपल्ट गायक अमृत गुरुङलाई नै सम्झिने छन् । अनिमात्र

 ‘अब अनलाइन पेमेन्टको व्यवस्था गर्दैछौँ’

लोकसेवा आयोग स्थापनाको ६७ औँ वर्ष प्रवेश गरेको छ ।  आयोगको यो सफल र गरिमामय यात्राका क्रममा मुलुकमा धेरै राजनीतिक परिवर्तन भए ।  आयोगको यात्रा भने

 ‘यमराजले चाँडै लगेनन् भने कलाकारितामै रमाईन्छ !’- कलाकार दिपकराज गिरी 

 निकै दौडधुपमा हो कि कसो व्यस्त देखिनुहुन्छ नि ? छक्का–पञ्जा २ को छायाङ्कन अन्तिम चरणमा पुगेको छ । अहिले त्यसको तयारीमा छु । अब तीन महिना मात्र