श्वेतालाई सहयोग गर्न कुमार सानु आउँदै

काठमाडौ,३० जेठ । बलिउड गायक कुमार सानुले काठमाडौंमा कन्सर्ट गर्ने भएका छन् । मुभेज इन्टरनेशनलको आयोजनामा होटल याक एन्ड यतीमा आयोजना हुन लागेको कार्यक्रममा कुमार सानुले आफ्नो ब्याण्डका साथ लाइभ प्रस्तुती दिने भएका छन् ।
सानुले आफ्ना चर्चित नेपाली र हिन्दी गीत गाउनेछन् । ‘कुमार सानु लाइभ इन कन्सर्ट’ नाम दिइएको कन्र्सटमा नेपालका रामकृष्ण ढकाल, सुगम पोखरेल, देविका वन्दना, स्मिता घिमिरेले गाउने छन् ।
नायिका श्वेता खड्काको ‘श्वेता श्री फाउन्डेशन’ को सहयोगार्थ यो कार्यक्रम हुन लागेको आयोजकले बताएका छन् ।
२७ बर्ष लामो करिअरमा कुमार सानुले १७ हजारभन्दा बढी गीत गाएका छन् । सानुले ‘म त अब रिसाउँछु, फूल भए जिन्दगी, साँची राँखु जस्तो लाग्छ, सपना सपना, यो कथा हो तृष्णा मेरो, यो दुई थोपा आँशु’ लगायतका ५ सय भन्दा बढी नेपाली गीत गाइसकेका छन् ।

वसन्तको ‘यायावर’ आयो बजारमा

काठमाडौं । गम्भीर सन्देश दिने ओजपूर्ण शव्दमा गीत र कविता लेख्ने सीप भएका सर्जक बसन्त थाम्सुहाङको नयाँ  सांगीतिक एल्बम ‘यायावर’ सार्वजनिक भएको छ

२० स्रस्टाका कथा ‘हिजो र आजका कथा’ बजारमा

काठमाडौँ, २ वैशाख । ‘हिजो र आजका कथा’ नामक कथासङ्ग्रह बजारमा आएको छ । साहित्यकार विमल भौकाजीद्वारा सम्पादित सो सङ्ग्रहमा नेपाली साहित्यका २०

 चीसो राँके तताए कविहरुले

पाँचथर,२५ चैत । बाह्रैमास चिसो हुने पाँचथर – इलामको सिमावर्ती राँके बजारमा शुक्रबार र शनिबार कवि–लेखकहरु खुब रमाए । त्यहाँ आयोजित मेची अञ्चल

\'अशान्तिको कारण धनी र गरीबवीचको दूरी \'

काठमाडौं ।  युवा दार्शनिक समाजद्वारा काठमाडौमा एक साहित्यिक कार्यक्रम तथा बिचार आदान प्रदान कार्यक्रम आयोजना गरिएको थियो । जसमा विभिन्न बक्ताले