‘असार १४ को विपक्षमा नबोल ’

काठमाडौं, ३० जेठ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले असार १४ गतेको निर्वाचन हुँदैन वा सर्छ भनेर चुनावको विपक्षमा नबोल्नको लागि चेतावनी दिएका छन् । यादवले भने,‘निर्वाचनको सम्पूर्ण तयारी भैसकेको छ, अब पनि निर्वाचन हुँदैन भनेर यसको विपक्षमा बोल्ने काम नगरौं, असार १४ गते तोकिएकै मितिमा दोस्रो चरणको स्थानीय तहको निर्वाचन हुन्छ, ढुक्क हुनुहोस्।’
मंगलबार साक्षात्कारमा बोल्दै प्रमुख निर्वाचन आयुक्त डा. यादवले निर्वाचनको विपक्षमा कसैलेपनि कुरा गर्न नहुने बताएका हुन् । यादवले भने,‘मुलुक निर्वाचनमा गैसकेको छ, २ गते मनोनयन हुन्छ, १४ गते निर्वाचन हुन्छ, आयोग अब निर्वाचनबाट एक ईन्चपनि ब्याक हुँदैन्, चारवटै प्रदेशमा एकै चरणमा निर्वाचन हुन्छ, यसको सम्पूर्ण तयारी आयोगले गरिसकेको छ।’ यादवले चुनावको मुखामा आएर निर्वाचनको विपक्षमा कुनै कुरा नगर्न उनले भने,‘निर्वाचनको सम्पूर्ण तयारी भैसकेको छ, हामीले संबेदनशिलताको आधारमा अनुगमन टोलि खटाएका छौं, असार १४ गतेको निर्वाचन मिति सार्ने भन्ने कुरा हल्लामात्रै हो, २ र ५ नम्बर प्रदेश को निर्वाचन सर्ने हल्ला मात्र हो, यसमा कुनै सत्यता छैन, यी सबै अनुमानका कुराहरु मात्रै हुन्।’
संख्या नथप्न सुझाव
यादवले अब स्थानीय तहको संख्या थप भएमा पनि निर्वाचन गर्न नसकिने दाबी गरे । उनले भने,‘निर्वाचनको सम्पूर्ण तयारी भैसकेको छ, अब पनि स्थानीय तहको संख्या थप्ने भन्ने कुरा कहाँबाट सम्भव छ, यो असंम्भव कुरा हो, अब मत खसाल्न मात्र बाँकी छ ।’ उनले ४६१ स्थानमा एकै चरणमा निर्वाचन हुने र अब पनि संख्या थपे आयोगले निर्वाचन गर्न नसक्ने जिकिर गरे । उनले आयोगका सबै कर्मचारी मुख्य निर्वाचन अधिकृतदेखि अन्य कर्मचारीहरु ४६१ निर्वाचन क्षेत्रमा पुगिसकेको समेत जनाए ।
बहिष्कार नगर
निर्वाचन बहिष्कार गर्ने दलहरुलाई जनताको मत हाल्ने अधिकार कुण्ठित नगर्न समेत उनले आग्रह गरे । यादवले भने,‘सबै राजनीति दलहरुले निर्वाचनमा भाग लिनुपर्छ, आफ्नो मत हाल्ने मतदाताहरुको अधिकारलाई कुण्ठित गर्ने काम कसैलेपनि गर्नुुहुँदैन्।’
प्रमुख निर्वाच आयुक्त यादवले सरकारले अहिलेसम्म निर्वाचन सानुपर्छ भनेर आधिकारिक रुपमा आयोगलाई नभनेको समेत जिकिर गरे । उनले मध्य असारमा नेपालमा निर्वाचन भएको पहिलोपटक भएको समेत जिकिर गरे । उनले भने,‘जनताहरुको प्रत्यक्ष सहभागितामा निर्वाचन हुन्छ, सुरक्षित वातावरणमा मतदान गर्ने व्यवस्थापन गर्ने, मतपेटिकालाई मतदान अधिकृतको कार्यकक्षमा कसरी पुर्याउने भन्ने कार्ययोजना अनुसार हामी काम गरिरहेका छौं।’
चुनाव चिन्ह दिन सकिँदैन
उनले अब चुनाव चिन्ह पनि दिन नसकिने स्पष्ट पारे । उनले भने,‘चुनाव अघि अब मिति सार्ने काम र चुनाव चिन्ह दिन सकिँदैन्।’ जनता मतदान गर्न आतुर रहेकोले स्थानीय तहको पहिलो चरणको निर्वाचन सम्पन्न भएसँगै अब दोस्रो चरणको निर्वाचनपनि प्रभावकारी रुपमा सम्पन्न हुने स्पष्ट पारे । आम मतदाताहरुबाट आफूहरुलाई पूर्ण सहयोग भैरहेको समेत उनले जानकारी दिए ।
उनले राजपा नेपाल लगायत केही दलहरुले निर्वाचनबारे असहमति राखेकोबारे टिप्प्णी गर्दै भने,‘उहाँहरुको माँग सम्बोधन गर्न अधिकतम प्रयास गरिरहेको छ, स्थानीय तहको कानून संशोधन, राजनीतिक दलसम्बन्ध ऐनमा पनि संशोधन गरिसकेको थियो, तीन दिनको समय पनि सूचना जारी गरेका थियौं, अधिकतम लचकता अपनाएका थियौं, हामी त अहिले पनि आग्रह गरिरहेका छौं, कि निर्वाचनमा आउनुहोस्।’

 एम्बुलेन्सको ठक्करबाट देउमानको मृत्यु

दमक, ३ साउन । एम्बुलेन्सको ठक्करबाट झापा, कमल गाउँपालिका–५ का ६५ वर्षीय देउमान राईको मृत्यु भएको छ ।  पूर्व–पश्चिम राजमार्गको चुलाचुलीमोडस्थित

 बिपी राजमार्गमा बस र पिकअप बोलेरो ठोक्किँदा सात घाइते, दुई गम्भीर

  सिन्धुली, ३ साउन । बिपी राजमार्गमा बस र पिकअप बोलेरो एकापसमा ठोक्किँदा सातजना घाइते भएका छन् ।  सुनकोसी गाउँपालिका–३ रातमाटा बजारमा दुई सवारी

संघिय संरचना अपनाउन लोक सेवा आयोग असफल

काठमाडौँ, ३ साउन । लोक सेवा आयोगले एकात्मक शासन व्यवस्था प्रणालीमा आधारित भएर नै पदपूर्तिका लागि वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ । मुलुक संघीय

पहिरोले घर पुर्दा चार घाइते

त्रिशूली, नुवाकोट, ३ साउन । यहाँको सूर्यगढी गाउँपालिका–३ चोकदेमा पहिरोले घर पुर्दा चार जना घाइते भएका छन् । अविरल वर्षाका कारण आज बिहान ४ बजे