हेलिकप्टर दुर्घटना तेह्रको मृत्यु

अङ्कारा, १८ जेठ । टर्कीको सिनाक प्रदेशमा बुधबार अवेर राती टर्की सेनाको हेलिकप्टर दुर्घटना भएको छ । सो दुर्घटनामा परी १३ जना सैनिकले ज्यान गुमाएका छन् ।

सिर्नाक प्रदेशको सेनोबाबाट १३ जना सैनिकलाई लिएर उडेको हेलिकोप्टर दुर्घटनामा परेको सेनाद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।
स्थानीय समयाअनुसार बुधबार २०ः५५ राती बजे उडेको केही समयमै ‘हाइभोल्टेज’का कारण हेलिकोप्टर दुर्घटना भएको विज्ञप्तिमा उल्लेख छ ।
टर्कीका रक्षा मन्त्री फिक्रि इसिक दुर्घटनाका बारेमा बुझ्न घटनास्थलमा पुग्नु भएको छ ।
सेनोबा जिल्लाको नजिकै टर्की र इराकको सिमानामा दुर्घटना भएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । दुर्घटनाका बारेमा विस्तृत विवरणको प्राप्त गर्नको लागि अनुसन्धान टोली घटनास्थलमा पठाइ सकिएको बताइएको छ । रासस/सिन्ह्वा

कतार विवादले पार्ने प्रभावहरु

कामाडौं, जेठ । साउदी अरेबिया, इजिप्ट, बहराइन, संयुक्त अरब एमिरेट्स, लिबिया र यमनले कतारसँग कूटनीतिक सम्बन्ध तोडेका छन्। तर कतारको अर्थतन्त्र र त्यहाँ

ट्रम्प र हिलारीबीच ट्वीटर झगडा

वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनीसँग राष्ट्रपतिमा प्रतिस्पर्धा गरी पराजित बनेकी डेमोक्रेटिक पार्टीका हिलारी क्लिन्टनबीच ट्वीटरमा

नेपालीसँग माफी मागेर फर्कियो भारतीय प्रहरी

भीमदत्तनगर, १९ जेठ । नेपाल प्रहरीसित समन्वय नगरी अपहरणको शैलीमा नेपाली नागरिकलाई पक्राउ गरी भारत लैजाँदै गरेको अवस्थामा डोटीबाट पक्राउ परेको भारतीय

७ जना नेपाली मृत्युदण्डको सुचिमा

काठमाडौं,१८ जेठ । विभिन्न देशमा ३१८ जना नेपाली नागरिक विभिन्न अभियोगका कारण कारावास सजाय भोगिरहेको पाइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को