डोनाल्ड ट्रम्पका सासु र ससुराले अमेरिकी नागरिकता लिए

न्यूयोर्क, २५ साउन । अमेरिकी प्रथम महिला मेलानिया ट्रम्पका स्लोभेनियाली बाबुआमाले बिहीबार औपचारिक रुपमा अमेरिकी नागरिकता प्राप्त गरेका छन् ।

राष्ट्रपति डोनाल्ड ट्रम्पका ससुरा भिक्टर र सासु अमालिजा नाभ्सले अमेरिकी नागरिकता लिएको आप्रवासन सम्बन्धी कानुन व्यवसायी मिसेल विल्ड्सले बताए ।

नागरिकता प्राप्त गर्न कति समय लाग्यो वा स्थायी अनुमतिका लागि प्रथम महिला मेलानियाले सिफारिस गरेको हो होइन भन्ने उनले जानकारी दिएनन् ।

ट्रम्पले आप्रवासन नीतिमा कडा नीति अख्तियार गरेका छन् । अमेरिकी नागरिकता लिएका कतिपय मुलुकका नागरिकले आफ्ना परिवारका सदस्यलाई एकपछि अर्को गर्दै स्थायी आवासीय अनुमति दिलाउने र पछि नागरिकता लिने गर्दा अमेरिकामा बिदेशीको संख्या बढेको राष्ट्रपति ट्रम्पले आरोप लगाउँदै आएका छन् ।

राष्ट्रपति ट्रम्पले बिदेशीका कारण रोजगारी गुमेको र राष्ट्रिय सुरक्षामै चुनौती सिर्जना भइरहेको बताएका छन् । योग्य र बढी शिक्षित, अंग्रेजी राम्रोसँग बोल्न सक्नेलाई मात्र अमेरिकामा प्रवेश दिनुपर्नेमा उनको जोड छ ।

स्लोभेनियामा कार बिक्रेता भिक्टर नाभ्स र कपडा कारखानामा काम गर्ने अमालिजा दुवैको उमेर ७० वर्षभन्दा बढी छ । अवकाश जीवन बिताइरहेका उनीहरु दुवै अधिकांश समय अमेरिकामै बस्दै आएका छन् । उनीहरु छोरी मेलानीया र नाति ब्यारोनसँग रमाइरहेका छन् । रासस/एएफपी

 

  स्नायूशक्ति ध्वस्त पार्ने औषधिले मारिएका थिए कीम जोङ  

क्वालालम्पुर । मलेसियाको एक अदालतले उत्तर कोरियाली नेता कीम जोङ उनका भाइ कीम जोङ नामको हत्या आरोपमा मलेसियामा पक्राउ परेका दुई महिलाका सम्बन्धमा

रोमन क्याथोलिक चर्चका धर्मगुरुद्वारा १ हजार बालबालिकामाथि यौन दुर्व्यवहार  

ह्यारिसबर्ग, अमेरिका । एकजना धर्मगुरुले एक सात वर्षीया बालिकालाई बलात्कार गरे । अर्का धर्मगुरुले नौ वर्षका बालकलाई मुखमैथुन गर्न बाध्य तुल्याए र ती

 पुल भत्किँदा कम्तीमा २२ को मृत्यु

रोम, इटाली । इटालीको उत्तरपश्चिमी बन्दरगाह शहर जेनोअमा एउटा पुल भत्किँदा कम्तीमा २२ जनाको मृत्यु भएको उप–यातायात मन्त्रीले मङ्गलबार जानकारी दिएका

 विश्वकै बस्नलायक पहिलो शहर भियना 

लण्डन । यस वर्ष भएको वार्षिक सर्वेक्षणमा अष्ट्रियाको राजधानी भियना विश्वकै बस्नलायक अर्थात सुन्दर शहरको सूचीमा एक नम्बरमा परेको छ । वार्षिक रुपमा