प्रदेश सरकारको बिदा निर्णय सिडिओले मानेनन्

प्रदेश सरकारको बिदा निर्णय अस्वीकार गर्दै प्रदेश १ का कर्मचारीले बिहीबार आआफ्नो कार्यालयमा उपस्थित भएर काम गरे।

प्रदेश सरकारले बिहीबार आदिवासी दिवसका अवसरमा प्रदेशस्तरमा सार्वजनिक बिदा घोषणा गरेको थियो। प्रदेश सरकारको बिदा निर्णय नमान्ने कर्मचारीको यो कदमले उनीहरू प्रदेश सरकार मातहत कि संघीय सरकार मातहत भन्ने बहस उत्पन्न भएको छ।

आदिवासी दिवसमा प्रदेश सरकारले दिएको बिदा अस्वीकार गर्न कर्मचारीलाई संघीय गृह मन्त्रालयका उच्च अधिकारीले नै उकासेको पनि खुलेको छ।

संघीयता कार्यान्वयन सुरु भएदेखि नै केन्द्रको निर्देशनमात्रै मान्ने बताउँदै आएका कर्मचारीले प्रदेशको निर्देशन अवज्ञा गरेर नयाँ संरचनाप्रतिको अविश्वास व्यवहारतः प्रकट गरेका हुन् । नागरिक दैनिकबाट ।

सेवा बन्द चिकित्सकीय धर्म होइन

  आगामी भदौ १ देखि लागु हुने मुलुकी अपराध (संहिता) ऐनमा उपचार सेवामा चिकित्सकबाट हुने लापरबाहीमा क्षतिपूर्ति दिलाउनेदेखि जेल सजाय गर्नेसम्मको अलिक

घरको तलाअनुसार कर,मेहदी लगाउनेलाई दैनिक १० रुपैयाँ कर

  मकै पोल्नेलाई दैनिक ४५, भैँसी बेचे हजार रुपन्देहीको तिलोत्तमा नगरपालिकाले हाटबजारमा मकै पोलेर बेच्नेसँग दिनको ४५ रुपैयाँ कर उठाउन थालेको छ ।

सिंहदरबार प्रवेशमा थप कडाइ गरिँदै

काठमाडौं - देशको प्रमुख प्रशासनिक निकाय सिंहदरबार प्रवेशमा थप कडाइ गरिने भएको  छ । सिंहदरबारभित्र सामान्य काम लिएर पनि प्रवेश गर्नेको संख्या

आरुषी–हेमराज हत्याकाण्ड : दशकपछि बहसमा

भारतको सर्वोच्च अदालतले आरुषी–हेमराज हत्याकाण्डमा इलाहाबाद उच्च अदालतको फैसलाविरुद्ध परेको निवेदन सुनुवाइ गर्ने भएको छ । उच्च अदालतले छोरी