नेपाली सेना : क्षत्री गए थापा आए 

काठमाडौँ, २४ साउन । प्रधानसेनापति राजेन्द्र क्षत्रीले जंगी अड्डामा आयोजित समारोहमा कामु प्रधानसेनापतिको कार्यभार बलाधिकृतरथी पूर्णचन्द्र थापालाई बिहीबार हस्तान्तरण गरे। 
प्रधानसेनापतिबाट अवकाश प्राप्त गर्नु एक महिनाअगावै बिदा बस्ने नेपाली सेनाको प्रचलित परम्पराअनुसार प्रधानसेनापति शुक्रबारदेखि बिदामा बस्दैछन्। 

नेपाली सेनामा सहायक सेनानी दर्जाबाट प्रवेश गरी देश, जनता र संविधानको रक्षाका लागि समर्पित भई करीब ४० वर्षसम्म अनवरत रुपमा सेवा गरी प्रधानसेनापतिको उच्च ओहदामा रहनुभएका प्रधानसेनापति क्षत्रीले आगामी भदौ २४ गतेदेखि पदावधिको हदले नेपाली सेनाबाट अवकाश प्राप्त गर्ने नेपाली सेनाले जनाएको छ । 

सैनिक परम्परानुसार प्रधानसेनापति क्षत्रीले बलाधिकृत रथी थापालाई प्रधानसेनापतिको सम्पूर्ण कार्यभार बुझबुझारथ गरेका छन्। बलाधिकृत रथी थापालाई यही साउन १० गतेको मन्त्रिपरिषद्को निर्णयबमोजिम शुक्रबारदेखि लागु हुने गरी प्रधानसेनापतिमा कामु मुकर्रर गरिएको थियो । 

बुझबुझारथपछि कामु प्रधानसेनापति थापाले नेपाली सेनालाई आधुनिकीकरण गर्ने प्रयासस्वरुप कागजको कम प्रयोग गर्ने वातावरणका लागि डिजिटलाइजेशनमार्फत कार्यालयमा कामको शुरुआत गरेका छन्। उनले काठमाडौँ—तराई÷मधेश दु्रतमार्ग आयोजना कार्यान्वयनका लागि गठित निर्देशक समितिको अध्यक्षको सम्पूर्ण कार्यभार पनि बलाध्यक्ष रथी हेमन्तराज कुँवरलाई आजकै मितिदेखि हस्तान्तरण गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । रासस

 चिकित्सकको चेतावनीबाट सरकार पछि हट्यो

काठमाडौँ, ३१ साउन । सरकारले  चिकित्सकहरुको चेतावनीपछि एक कदम पछि हट्दै भदौ १ गतेदेखि लागू हुन थालेको मुलुकी अपराध (सहिंता) ऐन २०७४ मा चिकित्सकको दण्ड

 मनाङ सडक तीन ठाउँमा अवरुद्ध

मनाङ, ३१ साउन ।  हिमालपारीको जिल्ला मनाङ सडक खण्ड तीन ठाउँमा अवरुद्ध भएको छ । बाढी र पहिरोका कारण तीन ठाउँमा सडक अवरुद्ध भएपछि यात्रुहरू समस्यामा

 दुर्घटनामा धेरै दुइपाङ्ग्रे चालकको मृत्यु

काठमाडौँ, ३१ साउन । काठमाडौँ उपत्यकामा सवारी साधनको दुर्घटनामध्ये मोटरसाइकल र स्कुटर चालकको धेरै ज्यान जाने गरेको छ । महानगरीय ट्राफिक प्रहरी

बिम्स्टेकको सम्पूर्ण तयारी  पूरा गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ, ३१ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) शिखर