सरकारी कार्यालयमा विचौलियाको बिगबिगी 

काठमाडौं, २४ साउन । सरकारी कार्यालयहरुमा कर्मचारीकै प्रोत्साहनमा बिचौलियाको बिगबिगी बढेको छ। सर्बसाधारण सेवाग्राहीलाई भन्दा विचौलियामार्फत आएको कामलाई कार्यालयका कर्मचारीले बढी प्रथामिकता दिने गरेको पाइएको छ।

राष्ट्रिय सतर्कता केन्द्रले हालै मालपोत कार्यालय चावहिल र यातायात व्यवस्था कार्यालय ठूलो भ¥याङमा गरेको निगरानीमा यस्तो पाइएको हो। केन्द्रका प्रवक्ता विष्णुराम लामिछानेले दुई कार्यालयमा निगरानीको प्रतिवेदनमा सेवाग्राहीभन्दा विचौलियबाट छिटो काम हुने गरेको बताए। 

केन्द्रले तयार पारेको प्रतिवेदनमा मालपोत कार्यालयका कर्मचारीद्वारा आफ्नो कामका लागि आफँै आएकालाई भन्दा लेखापढी सेवामार्फत आएका कामलाई विशेष महत्व दिने गरेको देखिएको छ। पहिलो र पछि आउने बीच पनि कुनै फरक नदेखिएको पाइएको छ। सो मालपोत कार्यालयमा जग्गा रजिष्ट्रेशन पास गर्दा विचौलियासँगको मिलेमतोमा कर्मचारीलाई घुस लिने गरेको पाइएको प्रतिवेदनमा छ। 

‘‘कन्काई माई लेखापढी सेवाका तिलकप्रसाद घिमिरेले सात हजार सेवा शुल्क लाग्ने बताउनुभयो । उहाँले त्यसमध्ये तीन हजार आफूहरुको र बाँकी चार हजार मालपोत कार्यालको कम्प्युटर, मोठ र रजिष्ट्रशन पास लगायतका फाँटहरुमा कार्यालय समय सकिएपछि बुझाउनुपर्ने बताउनुभयो,” प्रतिवेदनमा छ । 

‘‘महालक्ष्मी कानून सेवाका अनिल लामाले जग्गा रजिष्ट्रेशन गर्दा कम्प्युटर, रोक्का फाँटमा तीन हजार बुझाउनु परेको र विष्णुलक्ष्मी कानून सेवाका सीता अधिकरीले घरजग्गा पासको शुरु देखिको सम्पूर्ण काम गरेबापत सेवा शुल्क ६ हजार लाग्ने बताउनुभयो । त्यसबापत जुन जुन फाँटमा काम गरेको छ सो फाँटलाई तीन हजार बाँड्नुपर्ने बताउनुभयो ।’’ प्रतिवेदनमा सेवा शुल्कको नाममा आफूखुशी लिने गरेको पाइएको उल्लेख छ। 

यातायात कार्यालय ठूलो भ¥याङमा गरिएको निगरानीमा कार्यालय प्रमुख गोकर्णप्रसाद उपाध्याय आफ्नो कक्षमा नबसी अन्यत्र बस्ने गरेको पाइएको प्रतिवेदनमा उल्लेख गरिएको केन्द्रका सहसचिव लामिछानेले बताए। 

कार्यालय प्रमुख उपाध्याय जतिबेला पनि बाहिर भन्ने बोर्ड झुण्ड्याएर र अन्य कोठामा बसेर काम गर्दा सेवाग्राहीले उनीसँग गुनासोसमेत राख्न नपाएको प्रतिवेदनमा छ। सोही कार्यालयका शाखा अधिकृत शालिग्राम पौडेलसमेत कार्यकक्षमा कम बस्ने पाइएको छ। 

प्रतिवेदनमा मिलेमतोमा कार्यालयका कर्मचारीले कानूनी सेवा केन्द्र र अनलाइन फारम भर्ने बसेकासँग ४० हजारमा मोटरसाइकल र ६० हजारमा चारपाङ्ग्रे सवारीसाधानको अनुमतिपत्र उपलब्ध गराउँदै आएको पाइएको छ। ‘‘महँङ्गो भयो मिलाइदिनुभन्दा बेलुका कुरा गर्छु दुई÷पाँच हजार कम होला नत्र हुँदैन भन्ने प्रतिक्रिया आयो, कार्यालयबाहिर टहरो वा भाडाका घरमा भएकाले नै कर्मचारीसँग मिलेमतो गरेर लाइसेन्स बनाउने बुझियो,’’ प्रतिवेदनमा छ। 

विदेशी सवारी चालक अनुमति पत्रको नेपालीकरण गर्न विचौलियाले कर्मचारीको मिलेमतोमा १० हजारमा बनाउने गरेको प्रतिवेदनमा छ । केन्द्रका कर्मचारीले सेवाग्राही भएर यातायात कार्यालय र मालपोत कार्यालयमा गत साउन १६ देखि १८ सम्म निगरानी गर्नुभएको थियो। केन्द्रका सहसचिव लामिछानेले अनियमितता गरेका कर्मचारीलाई आवश्यक कारवाहीका लागि माथिल्लो कार्यालयलाई जानकारी गराइएको बताए।रासस

शंकरले छोरा र भाइको हत्या

जाजरकोट, ३० साउन  ।  रुकुम ९पश्चिम०को मुसीकोट नगरपालिका–१४ मा एक व्यक्तिले आज आफ्नै छोरा र भाइको हत्या गरेका छन् ।  छिवाङ चौताराका ३६ वर्षीय

 बलात्कारीलाई आजीवन जेल सजाय हुने कानून आउँदै

काठमाडौं । सरकारले बलात्कारीलाई आजीवन कारावास हुने गरी विद्यमान कानूनमा संसोधन गर्ने तयारी गरेको छ। बलात्कारीलाई आजीवन कारावास हुने गरी कानून

सेवाका नाममा धर्म प्रचार गर्ने एनजियो/आइएनजीओ खारेज हुने

काठमाडौं । अब नेपालमा दुई खालका गैरसरकारी संस्था (एनजीओ) हुनेछन् । विदेशीसँग सहयोग लिन पाउने र नपाउने एनजीओ राष्ट्रिय सदाचार नीतिले प्रस्ताव गरेको छ ।

अधुरै रह्यो निशानको फुटबल खेलाडी बन्ने चाहना  

  भक्तपुर । “आमा म एकछिन खेलेर आउँछु है” भन्दै प्रायः फुटबल खेल्न जाने काठमाडौँ महानगरपालिका–३२ काँडाघारी टाउन प्लानिङस्थित चमेली खड्काको ११