नेपाली क्रिकेटरलाई सिकाउन ब्याटिङ प्रशिक्षक आउने

काठमाडौं । अन्तर्राष्ट्रिय एकदिवसिय मान्यता पाएको नेपाली टोलीको ब्याटिङ प्रशिक्षकको भूमिकामा भारतीय नागरिक अपूर्व सुबोधभाइ देसाई प्रशिक्षकको रुपमा नेपाल आउने पक्का भएको छ। 

पुबुदु दासानायाकेको बहिर्गमनपछि नेपाली टोलीको प्रशिक्षकको हैसियतमा जगत टमाटाले काम गरेपनि बेला बेलाको प्रतियोगिता लक्षित गर्दै भारतीय प्रशिक्षकहरु ल्याउने परम्पराले यसपटक पनि निरन्तरता पाएको छ। यसअघि मोन्टी देसाई, उमेश पटवाल र सुलक्षण कुलकुर्णीले प्रतियोगिता लक्षित अल्पकालिन प्रशिक्षकको हैसियतमा काम गरिसकेका छन्। यी सबैमा मोन्टी देसाईको प्रशिक्षण नेपाली खेलाडिको लागि सबैभन्दा उपयोगी सिद्ध भएको थियो।

आगामी एसिया कप छनौटलाई लक्षित गर्दै नेपालले सम्भावित तथा इच्छुक प्रशिक्षकको विकल्पमा अपूर्व देसाईलाई छनौट गरेको थियो। नेपाल क्रिकेट संघ (क्यान) हाल निलम्बनको अवस्थामा भएकोले देसाईको छनौटलाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सील (आईसीसी) का प्रतिनिधिले स्वीकार गरेका हुन्। 

लेभल ‘सी’ प्रशिक्षण पुरा गरेका देसाई  भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) सँग नजिक रहेर काम गरिरहेका छन्। भारतीय क्रिकेटर दिनेश कार्तिकको प्रशिक्षकको रुपमा कामगरिरहेका उनले क्लब लेभल तथा केहि प्रथम श्रेणीको क्रिकेट पनि खेलेका थिए। 

देसाई साउन ३० गते नेपाल आउने भएपनि त्यसअघि नै नेपाली टोलीहरु बन्द प्रशिक्षणमा रहनेछन्।

एसिया कप छनौट प्रतियोगिता भदौ १३ गते देखि मलेसियामा आयोजना हुँदैछ। उक्त प्रतियोगितामा नेपाल बाहेक, ओमान, हङकङ, युएई, सिंगापुर र मलेसिया सहभागी हुनेछन्। राउन्ड रोबिन लिगमा खेलिने यस प्रतियोगिताको फाइनल खेल भदौ २१ गते हुनेछ। 

यस प्रतियोगिताबाट एक मात्र टोली छनौट हुने व्यवस्था रहेको छ। यसमा छनौट भएमा नेपालले भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका तथा अफगानिस्तान सम्मिलित एसिया कप प्रतियोगिता खेल्न पाउनेछ। भाद्र ३० देखि सुरु हुने एसिया कपमा नेपाल छनौट भएमा भारत र पाकिस्तानको समुहमा पर्ने हुँदा नेपालले थप अन्तर्राष्ट्रिय एकदिवसिय प्रतियोगिता खेल्न पाउनेछ।  

 
 

सन्दीपले २ विकेट लिएपनि सेन्ट किट्स पराजित

काठमाडौं, ३१ साउन । क्यारेबियन प्रिमियर लिग (सिपिएल) मा नेपाली स्टार सन्दीप लामिछानेले सेन्ट किट्स एण्ड नेभिस पेट्रियोट्सको तेश्रो खेलमा २ विकेट

विश्वकप रंगशालामा नेपालीको मृत्यु

काठमाडौँ  ।  सन् २०२२ को लागि कतारमा हुन गइरहेको विश्वकप रंगशालाको लागि निर्माणधीन अल वक्रा रंगशालामा मोरङका २३ वर्षीय तेजनारायण थारुको मंगलबार

 सिपिएलमा सन्दीपको तेश्रो खेल भोलि बिहान ४ः४५ बजे

काठमाडौं, ३० साउन । नेपाली स्टार सन्दीप लामिछानेको क्यारेबियन प्रिमियर लिग (सिपिएल) अन्तर्गत तेश्रो खेल नेपाली समयअनुसार भोलि बिहान ४ः४५ मा हुने

नेपाली खेलाडी आइसिसिको बरियतामा

  काठमाडौँ, २९ साउन । पहिलो अन्तर्राष्ट्रिय एकदिवसीय प्रतियोगिता खेलेलगत्तै नेपाली खलाडी बरियतामा समावेश भएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट