सङ्घीयताका नाममा विश्व बैंकको १० अर्ब ऋण थपियो 

काठमाडौँ, २३ साउन । साझेदारीको पचास वर्ष पुग्दा पनि नेपालले विश्व बैंकको ऋण थप्न छोडेको छैन। द्वन्द,शान्ति,व्यवस्थापन र बिकासका अनेक लोकप्रिय एजेण्डा तेस्र्याउँदै विश्व बैंकले नेपालमाथि हरेक वर्ष ऋण थप्दै आएको छ। सतहमा सहयोगको ठूलो गुन लाएको देखिएपनि नेपालीलाई स्वावलम्बी होईन परमुखापेक्षी बनाउन सिध्द हुँदै आएको विश्व बैंकको सहयोगकै बुई चढेर नेपालमा अस्थिरताका नारा भित्रिएको जानकारहरु बताउँछन्। 

अहिले फेरि सङ्घीयता कार्यान्वयन, समावेशी विकास, वित्तीय क्षेत्र सुधार र सुदृढीकरणको नयाँ एजेण्डामा विश्व बैंकले नेपाललाई १० अर्ब रुपैयाँको ऋणको भार थपिदिएको छ। 

समाचार अनुसार, नेपालको विकासमा बैंकको साझेदारी एवं सहायतामा केन्द्रित रहेर मंगलबारदेखि बैंकको प्रधान कार्यालय वासिङ्टन डिसीमा जारी बैंकको बोर्ड बैठकले वित्तीय क्षेत्रमा मध्यमकालीन सुधार कार्यक्रम कार्यान्वयन गर्न उक्त रकम ऋणस्वरुप नेपाल सरकारलाई प्रदान गर्न स्वीकृति दिएको हो। 

  नेपालका आवश्यकता तथा पाँच वर्षे साझेदारी ढाँचा प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले नेपाली जनतालाई सुशासन, न्याय, सुरक्षा, आधाभूत सेवा प्रवाह गर्न तथा संघीयतातर्फको नेपालको यात्रालाई सघाउन साझेदारी रणनीति उपयोगी हुने भन्दै विश्व बैंकको स्तुतिगान गाएका थिए। 

 बैंकका नेपाल निर्देशक चिम्याओ फ्यानले निकट भविष्यमा प्राप्त हुने उक्त ऋण सहायताबाट नेपालको गरिबी घटाउन, रोजगारीका अवसर सिर्जना गर्न तथा समावेशी विकासमा भरथेग गर्न मद्दत पुग्ने दावी गरेका थिए।

यता गरीबी निवारणका नाममा स्थापित गरीबी निवारण कोषले परिचालन गरेको गाउँस्तरीय कार्यक्रमले गाउँले किसान र सर्बसाधारणलाई स्वावलम्बी बनाउनु भन्दा परनिर्भर बन्न प्रेरित गरिरहेको भनेर टिकटिप्पणी हुने गरेको छ। 

प्रधानमन्त्रीको नेतृत्वमा रहेको गरीबी निवारण कोषका कर्मचारी र प्रशासनयन्त्रका उच्चपदस्थ कर्मचारीको मिलेमतोमा कोषको बजेट वितरण हुनेगरेको कोष सम्बध्द एक पूर्व सदस्यले बताएका छन्। 

  घिसिङको कार्यकालमा इतिहासमै कम चुहावट, प्राधिकरणको खुद नाफा लक्ष्यभन्दा बढी 

काठमाडौँ, २९ साउन । नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्ष २०७४/७५ मा प्रक्षेपित भन्दा बढी आम्दानी हुने जनाएको छ । सो आवमा प्राधिकरणले एक अर्ब एक

 हिमालय ड्रग कम्पनीको नयाँ क्रिम बजारमा 

काठमाडौं । हिमालय ड्रग कम्पनीले ‘युथ इटरनिटि’ नाम गरेको छालाको हेरचाह  गर्ने क्रीमहरु बजारमा ल्याएको छ। यस युथ इटर्नि्टि रेन्जका क्रिमहरु

वाइडबडी खरिदमा ६ अर्ब ५९ करोड घोटाला, मर्मतको घाटा अलग्गै

काठमाडौं । नेपाल वायुसेवा निगमले एक महिनाको बीचमा अन्तराष्ट्रिय विमानस्थलमा उतारेका एअरबस निर्मित ३३०-२४३ (पहिले ३३०-२०० भनिएका) सेरिजका वाईड बडीका

वाइड बडी खरिदमा अढाई देखि ३ अर्ब दलाललाई बढी तिरेको पुष्टि

काठमाडौं । नेपाल वायुसेवा निगमले जहाज निर्माता कम्पनी एअरबसले दिने मूल्यभन्दा अढाईदेखि ३ अर्ब रुपैया बढी मूल्य तिरेर कम क्षमताका दुईवटा वाइड बडी