नक्कली भिषामा नेपाल छिर्न खोजेपछि..


काठमाडौं, २३ साउन । असार ३१ गते क्यामरुनका एक जोडी रोमारिक बेट्टाट एनगुइफाङ र भेनेस्सा येनेन कतार एयरवेजबाट दिल्लीको बाटो हुँदै नेपाल आएका थिए ।

अध्यागमन विभागले उनिहरुको भिषा जाँच गर्ने क्रममा नक्कली भिषा लिएर आएको थाहा पाएपछि उक्त जोडीलाई फर्काउने निर्णय गरेको थियो ।

उनिहरु शंकाको घेरामा पर्नुको कारण उनिहरु दिल्लीबाट काठमाडौं आउँदा कतार एयरवेजबाट आएका थिए । दिल्लीबाट नेपाल आउँदा नेपाली र भारतीय एयरलायन्सहरु प्रशस्तै हुँदाहुँदै कतार एयरवेजबाट आएपछि उनिहरुमाथी थप छानविन भएको थियो ।

अनुसन्धानको क्रममा उनिहरु दिल्लीबाट कतार गएकोमा कतारमा छिर्न नदिएपछि नेपाल आएको पत्ता लागेको थियो । त्यसमाथी नेपाल आउने क्रममा नक्कली भिषा लिएर आएपछि उनिहरुलाई नेपाल छिर्न नदिइने निर्णय भएको थियो ।

रोमारिक र भेनेस्साले एकतर्फि टिकटमात्र लिएर आएकाले उनिहरुलाई साउन २१ गतेमात्र फर्काउन सकिएको थियो । यसरी नक्कली भिषामा आएकामा उनिहरुलाई जनही रु १०,००० जरिवाना तथा एक वर्ष नेपाल आउन प्रतिबन्ध पनि लगाइएको जानकारी अध्यागमन विभागले दिएको छ ।

पछिल्ला समय अफ्रिकी मुलुकबाट नेपालमा गलत कागजात लिएर आउनेको संख्या बढ्दो क्रममा छ ।

 

प्रधानमन्त्रीको हिमालयन एयरलाईन्स प्रेम, यस्तो छ रहस्य

काठमाडौं । उच्च हिमाली भेगमा लेक लागेका 'बिरामी' पर्वतारोही र पदयात्रीलाई उध्दार गर्ने नाममा भैरहेको ठूलो चलखेलमा संलग्न व्यवसायीमाथि कार्वाही

दोहामा ग्राउन्डेड जहाज बन्न अझै समय लाग्ने

काठमाडौं । गत शनिबार दोहाबाट काठमाडौंको लागि उडान भर्ने बेला समस्या देखिएको नेपाल एयरलायन्सको न्यारो बडि एयर बस बन्न अझै ५–६ दिन लाग्ने नेपाल

पर्यटकलाई सौराहा प्यारो

रत्ननगर, २३ साउन । जंगल सफारीका लागि चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटकमध्ये ८० प्रतिशत बढीले सौराहा प्रवेशद्वारको प्रयोग गर्ने गरेका छन्

बाँके राष्ट्रिय निकुञ्जका १७२ वन्यजन्तु मारिए

बाँके । बाँके राष्ट्रिय निकुञ्जभित्र पर्ने पूर्व–पश्चिम महेन्द्र राजमार्ग र सिक्टा सिँचाइ आयोजनाको नहरका कारण वन्यजन्तु संरक्षणमा चुनौती