यी ११ फाइदाहरुका कारण मेवाको उपभोग हितकारी

काठमाडौं, २० साउन । मेवा सामान्यतया फरक फरक भुगोलमा पाइने तथा भिटामीन ‘सी’ को खानी भएको अद्भुद फल हो । यसको सेवनले मानव शरिरमा विभिन्न प्रकारका फाइदाहरु दिने हुनाले पनि मेवाको नियमित सेवन गर्नु हितकारी छ ।

बहुगुणी मेवाका फाइदाहरु यि हुन् ।

१. कोलस्ट्रोल घटाउँछ

मेवामा प्रशस्त मात्रामा फाइबर, भिटामिन ‘सी’ र एन्टिअक्सिडेन्ट पाइने भएकाले पनि यसले शरिरमा भएको कोलस्ट्रोल नष्ट गर्ने तथा थप कोलस्ट्रोल बन्नबाट रोक्छ । मुटुको समस्याहरु कोलस्ट्रोलबाट शुरु हुने भएकोले पनि शरिरको कोलस्ट्रोल नियन्त्रीत राख्नु पर्दछ ।

२. तौल घटाउन मद्दत गर्छ

शरिरको तौल बढेर हैरान भएकाहरुका लागि मेवा वरदान नै हो । न्यून क्यालोरी भएको मेवा खाँदा पेट छिटै भरिने तथा यसमा भएको फाइबर तत्वले ट्वाइलेट जाँदा पेट सफा बनाउने भएकाले यसले तौल घटाउने कार्यमा सहयोग गर्दछ ।

३. रोग प्रतिरोधक क्षमता बढाउने

हाम्रो दैनिक स्वभावका कारण शरिर विभिन्न रोगहरुको जोखिममा हुने गर्छ । यस्तोमा मेवाले शरिरमा रोग प्रतिरोधक क्षमता बढाउने हुनाले शरिर स्वस्थ पनि रहन्छ । एउटा सिंगो मेवामा शरिरलाई चाहिने भिटामीन ‘सी’ को आवश्यकताको तुलनामा २ सय प्रतिशत हुने हुँदा यसले शरिरलाई निरोगी बन्न मद्दत गर्दछ ।

४. मधुमेह रोगीलाई फाइदाकारी

मधुमेहबाट पिडितहरुले गुलियो खान नपाउँदा दिक्क मान्ने गरेका हुन्छन् । यस्तोमा पाकेको मेवा सेवन गर्दा गुलियोको तिर्सना पनि मेटिने तथा यसमा सुगरको मात्रा अति न्यून हुनाले मधुमेह रोगीलाई मेवा अत्यन्त्यै उपयोगी हुन्छ । त्यस्तै मधुमेह नभएकाहरुले पनि मेवा सेवन गर्नाले यो रोग लाग्नबाट बच्न सकिन्छ ।

५. आँखाको लागि उपयोगी

मेवामा भिटामीन ए पनि प्रशस्त पाइने हुँदा यसले आँखाको दृष्टिलाई तेजिलो बनाउन मद्दत गर्दछ । शरिरको अति महत्वपूर्ण अंग आँखाको ज्योतीलाई जोगाइ राख्ने हो भने सुपथ र सहज तरिका मेवाको सेवन गर्न हिच्कीचाउनु भएन ।

६. हाडजोर्नीको समस्याबाट बचाउ

एक अध्ययनका अनुसार भिटामिन सी कम प्रयोग गर्ने मानिसहरुको शरिरमा हाडजोर्नीको समस्या अन्यको तुलनामा ३ गुणा बढि हुन्छ । सोही कारण पनि प्रशस्त मेवा खानाले शरिरमा हुन सक्ने हाडजोर्नीको समस्याबाट बच्न पनि मेवा सेवन गर्नुपर्छ ।

७. पाचन शक्ति बलियो

हाम्रो व्यस्त जिवनशैलीको कारण बजारतिर जस्तो पाइन्छ त्यस्तै खानेकुरा खाइने तथा जंक फुडको प्रयोग अधिक गर्नाले हाम्रो पाचन स्वास्थमा असर पारिरहेको हुन्छ । यस्तोमा नियमित मेवाको सेवन गर्नाले हाम्रो पाचन क्रियामा सक्रिय हुने इन्जाइमलाई बलियो बनाउने तथा यसमा रहेको फाइबर तत्वले पाचन क्रियालाई सहज बनाउने हुनाले पनि मेवा पाचन कार्यको लागि सहयोगी छ ।

८. महिलाको महिनावारी पिडा कम गर्छ

कतिपय महिलालाई महिनावारी हुँदा खपिनसक्नु पिडा हुने गर्दछ । यस्तोमा मेवाको प्रयोग गर्दा यसमा रहेको ‘पापाइन’ नामक तत्वले रगतको बहावलाई नियमित गर्ने हुँदा महिनावारीको बेला हुने पिडालाई कम गर्दछ ।

९. जवान देखिन सहयोगी

उमेर घर्किदै जाँदा पनि उमेर भन्दा अनुहार कलिलै देखियोस् भन्ने चाह सबैमा हुन्छ । तथापी खान्की स्वभावले त्यो सम्भव भइरहेको हुँदैन । यस्तोमा भिटामिन सी, इ, एन्टिअक्सिडेन्ट जस्ता तत्वले भरिपूर्ण मेवाको सेवनले शरिर तन्दरुस्त हुनुको साथै कलिलो पनि देखिन्छ । यि तत्वहरुले छाला चाउरिन नदिने तथा छाला गढ्ने समस्यालाई कम गर्ने हुनाले पनि अनुहार तथा शरिरको अन्य भागलाई कलिलो देखाउन मद्दत गर्दछ ।

१०. क्यान्सरको प्रतिरोध

मेवाका हुने एन्टिअक्सिडेन्ट, फिटोन्यूट्रियन्ट र फ्लाभोनोइड जस्ता तत्वले शरिरको कोषहरुलाई मर्न दिंदैन । त्यस्तैगरी अध्ययनहरुले देखाएअनुसार मेवा खाने पुरुषको शरिरमा पेट तथा प्रोस्टेट क्यान्सरको खतरा कम हुने गरेको छ ।

११. तनाव कम गर्न सहयोगी

आजकलको व्यस्त समयमा दिनभर काम गर्दा भोगिएका घटनाक्रमहरुले मानसिक तनाव पनि उत्तिकै हुने गर्दछ । यस्तोमा नियमित मेवाको सेवन गर्दा उक्त तनाव तथा शारिरीक थकान हटाउन सहज हुन्छ । एक अध्ययनका अनुसार २०० मिलिग्राम भिटामिन सी ले हाम्रो शरिरमा रगतको बहावलाई नियन्त्रण गर्ने हुनाले पनि तनाव कम हुन्छ ।

मेवा हाम्रो भुगोलमा सजिलै पाइने फल हो । तुलनात्मक रुपमा सुपथ पनि हुने यो फल बहुगुणी भएकोले यसको नियमित सेवनले शरिरलाई फाइदा पुग्दछ । यस्तोमा दैनिक खान्कीमा मेवालाई स्थान दिनु अत्यन्त्यै फाइदाजनक छ । (एजेन्सीको सहयोगमा)

सावधान ! बाथरोगले मिर्गौला पनि नष्ट गर्न सक्छ

काठमाडौं । जनचेतनाको अभावले बाथरोग ठूलो समस्या बन्दै गएको सम्बद्ध विज्ञहरूले बताएका छन् । यसबारे चेतना अभिवृद्धि नहुँदा तथा खानपानमा ध्यान

एक शेरबहादुरको सिंगापुरमा उपचार हुँदै,अर्का शेरबहादुरको उपचार नपाएर मृत्यु

काठमाडौं, २४ साउन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा स्वास्थ्योपचार गर्न बुधबार सिंगापुर उडेका छन्। उनी त्यहाँको कुनै सुविधा सम्पन्न

एक्सरे सेवा मापदण्डविपरीत

बुटवल, २२ साउन । बुटवलका अधिकांश एक्सरे सेवा मापदण्डविपरीत सञ्चालन भएको पाइएको छ । नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले बुटवलमा गरेको अनुगमनका क्रममा

मुटुलाई स्वस्थ राख्ने ५ तरिका

  मानव शरिरको अत्यन्त्यै महत्वपूर्ण अंग मुटुलाई स्वस्थ राख्न सकेमा हृदयघात र पक्षघात जस्ता अकस्मात् हुन सक्ने शारिरीक दुर्घटनालाई कम गर्न सकिन्छ