एक्सरे सेवा मापदण्डविपरीत


बुटवल, २२ साउन । बुटवलका अधिकांश एक्सरे सेवा मापदण्डविपरीत सञ्चालन भएको पाइएको छ ।

नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले बुटवलमा गरेको अनुगमनका क्रममा विभिन्न अस्पताल, निजी क्लिनिक, पोलिक्लिनिकलगायतमा एक्सरे सेवा उपलब्ध गराउँदै आएको जनशक्तिले अनुभवका आधारमा मात्र काम गरिरहेको जनाएको छ ।

“मैले पाँच वर्षको अनुभवका आधारमा मात्र काम गरिरहेको छु,” बुटवलस्थित सन्तोष मेडिकलको एक्सरे सेवामा कार्यरत मीनबहादुर जिसीले भने । उनले एक्सरे गर्न जानेको व्यक्तिसँग सिकेका आधारमा सो काम गरेको बताए ।

बुटवलस्थित मंगलम पोलिक्लिनिकको एक्सरे सेवामा कार्यरत हार्दिककुमार श्रेष्ठले सिएमए पास गरेका छन् । उनले एक्सरे सेवामा नियमित काम गर्दै आएका छन् । सो पोलिक्लिनिक बिनादर्ता अवैधरूपमा सञ्चालनमा रेहेको र उक्त पोलिक्लिनिकका कार्यकारी निर्देशक मनोज पन्तले दर्ता प्रक्रियामा रहेको बताए । परिषद्ले अनुगमन गरेका केही ठाउँबाहेक अधिकांश एक्सरे सेवा बन्द गरिएको छ ।

बुटवलको मेडिटेक इन्टरनेशनल अस्पताल प्रालि र बुटवल हस्पिटल प्रालिमा पनि दक्ष जनशक्ति छैन । दक्ष जनशक्ति नहुँदा अनुभवका आधारमा एक्सरे सेवा प्रदान गरिँदै आएको छ । नेपाल स्वास्थ्य व्यवसायी परिषद्का निरीक्षणविज्ञ एवं नेपाल रेडियोलोजिकल सोसाइटीका अध्यक्ष मुकेशकुमार झाले परिषद्मा दर्ता नभइ एक्सरे सेवा सञ्चालन गर्न नपाउने बताए । उनले बुटवलको एक्सरे सेवाको गुणस्तरीय नभएको बताएका छन् । बिरामीको स्वास्थ्यमा खेलवाड गरिएको उल्लेख गर्दै उनले बुटवलमा रेडियोग्राफरको संख्या पनि न्यून रहेको बताए ।

नेपाल स्वास्थ्य व्यवसायी परिषद्का निरीक्षणविज्ञ नारायण शर्माले बुटवलका एक्सरे सेवा कक्ष मापदण्डअनुसार सञ्चालन नभएको बताए । एक्सरे सेवा दिँदै आएका सञ्चालकले एक्सरे कक्षको क्षेत्रफल बढाउने, एक्सरे सेवामा रेडियोग्राफर राख्ने र एक्सरे सेवा दिँदा विकीरण (रेडिएसन) बाट बच्न सतर्कता अपनाउने आश्वासन दिएका छन् । परिषद्ले बुटवलको लुम्बिनी नर्सिङहोम, तिलोत्तमा अस्पताल, पुष्पा फार्म, लुम्विनी एक्सरे सेवा र आस्था एक्सरे सेवाको पनि अनुगमन गरेको थियो । रासस

 

सावधान ! बाथरोगले मिर्गौला पनि नष्ट गर्न सक्छ

काठमाडौं । जनचेतनाको अभावले बाथरोग ठूलो समस्या बन्दै गएको सम्बद्ध विज्ञहरूले बताएका छन् । यसबारे चेतना अभिवृद्धि नहुँदा तथा खानपानमा ध्यान

एक शेरबहादुरको सिंगापुरमा उपचार हुँदै,अर्का शेरबहादुरको उपचार नपाएर मृत्यु

काठमाडौं, २४ साउन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा स्वास्थ्योपचार गर्न बुधबार सिंगापुर उडेका छन्। उनी त्यहाँको कुनै सुविधा सम्पन्न

यी ११ फाइदाहरुका कारण मेवाको उपभोग हितकारी

काठमाडौं, २० साउन । मेवा सामान्यतया फरक फरक भुगोलमा पाइने तथा भिटामीन ‘सी’ को खानी भएको अद्भुद फल हो । यसको सेवनले मानव शरिरमा विभिन्न प्रकारका

मुटुलाई स्वस्थ राख्ने ५ तरिका

  मानव शरिरको अत्यन्त्यै महत्वपूर्ण अंग मुटुलाई स्वस्थ राख्न सकेमा हृदयघात र पक्षघात जस्ता अकस्मात् हुन सक्ने शारिरीक दुर्घटनालाई कम गर्न सकिन्छ