सुनुवाइ समितिको निर्णयमा सत्ता र प्रतिपक्षबीच आरोपप्रत्यारोप

काठमाडौं, २१ साउन । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले संसदीय सुनुवाइ समितिले   दीपकराज जोशीलाई प्रधानन्यायाधीश नियुक्त गर्न अस्वीकार गर्ने भनी शुक्रबार गरेको निर्णय अस्वीकार गर्ने घोषणा गरेको छ । 

प्रतिनिधिसभाको आजको बैठकको प्रारम्भै नेपाली काँग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले विनाआधार प्रस्तावित प्रधानन्यायाधीशलाई अयोग्य घोषणा गर्ने निर्णय भएको आरोप लगाए । 

कार्कीले भने, “दीपकराज जोशी प्रधानन्यायाधीशका लागि अयोग्य हुने हो भने उहाँको नाम सिफारिश गर्ने प्रधानमन्त्रीको हैसियत के हुने ? विनाप्रमाण आग्रह र पूर्वाग्रहका आधारमा गरिएको निर्णय गलत छ, यसलाई अवैध घोषणा गर्दछौँ, निर्णय मान्दैनौँ ।” 

उनले समितिको पछिल्लो निर्णयले न्यायिक स्वतन्त्रता नमानेको देखाएको उल्लेख गर्दै यसबाट संविधान कार्यान्वयनमै चुनौती आउने बताए । 
काँग्रेस संसदीय दलका सचेतक पुष्पा भुसालले ‘लोकतन्त्रको रक्षक न्यायपालिकामाथि हस्तक्षेप भएको’ विषय छलफलमा ल्याइँदा कसरी नियम पालनसम्बन्धी प्रश्न उठ्यो भनी प्रश्न गरिन् । उनले भनिन्, “शक्तिपृथक्कीरणको सिद्धान्तको पालनाका आधारमा अघि बढ्नुपर्छ भन्दा आपत्ति गर्नुपर्ने कुरा कुन नियममा छ, प्रतिपक्षले जनताको कुरा किन सदनमा उठाउन नपाइने ? प्रतिपक्षले ससदीय सुनुवाइ समितिसम्बन्धमा उठाएको विषयलाई गम्भीरतापूर्वक लिनुस् ।” 

काँग्रेसका सांसदको उक्त भनाइको प्रतिवाद गर्दै सत्तापक्षका विरोध खतिवडाले प्रतिपक्षको भूमिका उच्छृङ्खलतातिर उन्मुख भएको आरोप लगाए । उनले भने, “लोकतन्त्रमा दुई तिहाइलाई एक तिहाइले नियन्त्रण गर्न मिल्छ कि मिल्दैन, यदि नियन्त्रण गर्न खोज्ने हो भने हामी त्यसलाई प्रतिवाद गर्न तयार छौँ ।” 

नेकपाकै हृदयेश त्रिपाठीले समितिको निर्णयलाई चुनौतीलाई दिने अधिकार र छुट कसैलाई पनि छैन भन्दै आपत्ति जनाए । उनले भने, “यदि सुनुवाइ समितिको विषयलाई सदनमा छलफल गर्न प्रतिपक्ष तयार छ भने हामी पनि प्रतिवाद गर्न तयार छाँै । समितिको निर्णय संसद्मा छलफलमा नल्याउन मिल्दैन ।” 

नेकपाकी पूर्णाकुमारी सुवेदीले विधिसम्मत प्रक्रिया पु¥याएर समितिबाट भएको भएको निर्णयप्रति प्रश्न उठाउनाको औचित्य रहन्न भनिन् ।
त्यसपछि समितिको निर्णयप्रति सत्तापक्ष र प्रतिपक्षबीचको विवाद शान्त तुल्याउने क्रममा सभामुख कृष्णबहादुर महराले सदनमा सांसदले उठाएको विषयमा गम्भीर ध्यानाकर्षण भएको बताउँदै समितिको प्रतिवेदन सदनमा पेश भएपछि छलफल गरिने जानकारी दिए । रासस
 

 रहेनन् भारतीय पूर्व प्रधानमन्त्री बाजपेयी

काठमाडौं । हाल सत्तारुढ भारतीय जनता पार्टीका संस्थापक नेता अटलबिहारी वाजपेयीको ९३ वर्षको उमेरमा बिहीबार अपराह्न निधन भएको छ । उनी भारतका एक उच्च तहका

महङ्गा गाडी र डोजर नकिन्न जनप्रतिनिधिलाई प्रधानमन्त्रीको सुझाव

काठमाडौँ, ३१ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तहमा देखिएको अनियमितता, भ्रष्टाचार र जनप्रतिनिधिले उपभोग गरेका सुविधाका विषयमा चासो

माहिर खेलाडी अजित डोभलसँग सिंगापुरमा देउवाको भेट भयो ?

काठमाडौं । भारतमा असाध्यै शक्तिशाली मानिन्छन् अजित डोभल । त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीपछिका शक्तिशाली उनै डोभल मानिन्छन् । र, अजित डोभल

  बामदेव उपचुनाव लड्ने भित्री तयारीले सत्तारुढ दलमा खटपट

काठमाडौं । नेकपाका नेता बामदेव गौतमलाई कुनै हिमाली जिल्लाबाट उपचुनाव जिताएर संघीय संसदमा भित्र्याउने कुराले सत्तारुढ दलभित्र ठूलै कम्पन उत्पन्न