अब घरघरमा श्रीमद्भागवत गीता 

काठमाडौँ, २१ साउन । घरघरमा श्रीमद्भागवत गीता पु¥याउने अभियानको घोषणा गरिएको छ । 

गीता प्रेस बिक्री केन्द्रले आइतबार यहाँ आयोजना गरेको श्रीमद्भागवत गीता र सरल गीता विमोचन समारोहमा घरघरमा गीता पु¥याएपछि प्रत्येक नेपालीका हातहातमा पु¥याउने लक्ष्यसमेत सार्वजनिक गरियो । 

कार्यक्रममा पशुपतिनाथका मूल भट्ट रावलगणेश भट्टले नेदरल्याण्ड र अमेरिकाजस्ता देशमा कक्षा ५ देखि गीता अध्ययन अध्यापन भए पनि नेपाल र भारतजस्ता वैदिक ज्ञानको उत्पत्ति भएको देशमा नपढाइनु दुःखद् रहेको बताए। 

सांसद हृदयेश त्रिपाठीले सभ्यतामा परिवर्तन भए आस्था नरहने भएकाले वैदिक सनातन परम्पराको जर्गेना हुनुपर्नेमा जोड दिए। पशुपति विकास कोषका सदस्यसचिव डा प्रदीप ढकालले प्रत्येक देशको नेतृत्वका पाँच जना र विश्वका एक हजार नेतृत्व वर्गलाई गीता अध्ययन गराएमा विश्वशान्ति स्थापना हुने विचार व्यक्त गरे। 

कार्यक्रममा भारतीय राजदूतावासका मिशन उपप्रमुख डा अजय कुमार, नेपाल मारवाडी राष्ट्रिय परिषद्का अध्यक्ष पवन मित्तल, चौधरीग्रुपका महाप्रबन्धक मधु पौडेल, गीता प्रेसका प्रधानसम्पादक डा लालमणि तिवारी, गीता प्रेस सेवा केन्द्र नेपालका अध्यक्ष जयकिसन सारडालगायतले विश्वमै बढी भाषामा अनुवाद भएको र धेरै बिक्रीको अभिलेख रहेको गीता नेपालीको हातहातमा पु¥याइनुपर्नेमा जोड दिए। 

गीता प्रेसले पहिलोपटक नेपालीमा अनुवाद गरेको पुस्तकमा ३०० पृष्ठ छ । पुस्तकको मूल्य २९ पर्छ । पुस्तकलाई आचार्य लक्ष्मण भण्डारीले अनुवाद गरेका हुन्। रासस

कर्कोटक नागको बासस्थान टौदहमा मेला

काठमाडौँ, ३१ साउन । कीर्तिपुर नगरपालिकामा रहेको टौदहमा नागपञ्चमीका अवसरमा आज मेला लागेको छ ।  कर्कोटक नागको बासस्थानको रूपमा परिचित उक्त दहमा

चट्याङ, अग्नि र सर्पको भयबाट बच्न नागपूजा

काठमाडौँ, ३१ साउन ।  प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार घरका मूलढोकामा नागको तस्वीर टाँसी पूजार्चना

 ध्यानबाट यसरी हुन्छ प्रकाशको उत्पति

बाहिर संसारमा विभिन्न प्रकारका वस्तुहरु रहेका हुन्छन्, सूर्यको प्रकाश परेपछि ती वस्तुहरु प्रकाशित हुन्छन् । हामी आँखाले ती बाहिरी वस्तुलाई देख्न

 दरबारमा ठूला घण्ट नबजेको वर्षाैं भयो

ललितपुर । विश्व सम्पदामा सूचीकृत पाटन, भक्तपुर र काठमाडौँका तीनै दरवारमा रहेका ठूला घण्ट नबजेको वर्षाै भएको छ। यी दरवार क्षेत्र विश्व सम्पदामा समावेश