निगमका दुवै जहाज १२ मेट्रिक टन कम क्षमताका भएको खुलासा,अधिकारीहरु छानविनको दायरामा

काठमाडौं, १३ साउन । नेपाल सरकार ग्यारेन्टी बसेर सरकारी स्वामित्वमा कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट २४ अर्ब ऋण लिई नेपाल वायुसेवा निगमले जालझेलपूर्ण खरिद प्रक्रिया अपनाएर त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उतारेका एअरबस ३३०—२०० सेरिजका दुईवटै वाईड बडीका जहाजहरु आपूर्तकले टेण्डरमा प्रस्ताव गरेकोभन्दा १२ मेट्रिक टन भन्दा कम क्षमता भएको पुष्टी भएको छ ।

आशान्यूज डट कमलाई प्राप्त टेण्डर मूल्यांकन समितिको प्रतिवेदनमा स्पष्टसंग यस कुराको किटानी भएको छ ।

निगमका महाप्रबन्धक सुगतरत्न कंशाकारको २०७३ कार्तिक २३ गते तद्अनुसार ८ नोभेम्बर २०१६को निर्णयअनुसार प्राविधिक तर्फका कायममुकायम नायब महाप्रबन्धक रमेशबहादुर शाहको संयोजकत्वमा गठित ११ सदस्यीय मूल्यांकन उपसमितिले गरेको मूल्यांकनमा टेण्डरमा सहभागी एएआर इन्टरनेशनल इन्कले प्रस्ताव गरेका जहाजको अधिकतम उडान भार(मेक्सिमम टेकअफ वेट MTOW) २४२,००० केजी अर्थात २४२ मेट्रिक टन उल्लेख गरेको छ ।

एएआर कर्पको आर एफ पीको सारांशमा प्रस्तावित जहाजको अधिकतम उडान भार २४२ मेट्रिक टन हुनेछ, खाली जहाजको तौल ११६.७३२ मेट्रिक टन भएको यस विमानले इन्धन र अन्य भुक्तानीभार(पेलोड) गरि १२५.२७८ मेट्रिक टनको क्षमता प्रदान गर्ने छ भन्ने उल्लेख भएको छ । प्रतिवेदनमा भनिएको छःPayload (with Fuel): The current MTOW is 242,000 kg and the OEW of 116,732 Kg,  giving the maximum capacity for fuel and payload of 125,278 kg.

झूटको सहारा कतिञ्जेल

 

जहाज खरिदका सम्बन्धमा सुरुदेखि नै जालझेल गरेर अढाई अर्ब कमिशन र प्रति जहाज करिब दुई दुई अर्ब मूल्य बढाएर करिब साढे ६ अर्ब रकम पचाउन निगम ब्यवस्थापनले केही हप्ता पहिले सार्वजनिक रुपमा विज्ञप्ति नै जारी गरेको थियो ।

त्यसमा निगम ब्यवस्थापनले उत्पादन सिरियल नम्बर(एमएसएन) सामान्य कुरा भएको र जहाजको अधिकतम् उडान भार टेण्डर अर्थात (आरएफपी) मा नतोकिएको उल्लेख गर्दै सो भार खरिद संझौता मुताविक भएको उल्लेख गरेको थियो । निगम व्यवस्थापनले एअरबसले ३३०-३०० सेरिजका जहाजमा अधिकतम उडानभार नै घटाएको सगर्व घोषणा गरेकोले भार कम भएको ल्याएर पनि केही विग्रेको छैन भन्ने सन्देश दिन खोजेको थियो ।

 

तर प्रमाणहरुले २४२ मेटिक टन क्षमताको जहाज प्रस्तावित गरि मूल्यांकन गरेर २३० मेटिक टनको जहाज किन्नु सिधै भ्रष्टाचार प्रमाणित हुन जान्छ । एअरबसको मूल्य सूचीको द्रष्टब्यमा विमानहरुको मूल्य तिनीहरुको तौल र आन्तरिक सजावट र इञ्जिन आदिको चयनले फरक पर्ने स्पष्ट उल्लेख गरेको छ । अर्थात २४२ टन क्षमताको जहाजको मूल्य निर्धारण गरेर प्रति जहाज १०४.८ संझौता गरेभन्दा सानो तथा कम तौलको २३० मेटिक टनको जहाज ल्याउदा जहाजको मूल्यमा पर्ने अन्तरको रकम कसले खायो ?

* Price depends on design weights, engines choice and level of selected customisation.

Airbus Press Office ,

31707 Blagnac Cedex, France                                                                                            Phone: +33 (0)5 61 93 10 00
Email: media@airbus.com
Web: airbus.com
Follow us on twitter: twitter.com/Ai

नियोजित रुपमा भ्रष्टाचार

प्रस्तावकले हाल निगमले जहाज ल्याएकै मूल्यमा २४२ मेट्रिक टनको जहाज ल्याउने प्रस्ताव गर्दागर्दै निगमको व्यवस्थापनले किन २३० मेट्रिक टन भार भएको जहाज ल्यायो ?यो प्रश्न निकै संवेदनशील भएको छ ।

 

तर खोजमा विषय त्यो भन्दा पनि गम्भिर भएर आयो । संबन्धित कम्पनीले त्यति नै मूल्यमा २४२ मेट्रिक टनको जहाज दिन प्रस्ताव गर्दागर्दै निगम व्यवस्थापनले १२ मेट्रिक टन कम क्षमता भएको जहाज ल्याउने धृष्टता कसरी गर्यो ? जबकी मूल्यांकन समितिले उसले प्रस्ताव गरेको मूल्य र २ सय ४२ टन क्षमताबाट हुने आर्थिक लाभलाई ध्यानमा राखेको प्रष्ट देखिन्छ । सञ्चालक समितिले समेत उपसमितिको सोही प्रतिवेदनका आधारमा एएआर इन्कबाट जहाज खरिद गर्ने निर्णय गरेको देखिन्छ ।

सुरुदेखि जाली काम, कैले लाग्ला घैटामा घाम

नयाँ जहाज खरिद गर्दा निगमको आर्थिक नियमावली २०६५ अनुरुप निर्माता कम्पनीसंग मात्र प्रस्ताव माग गर्नुपर्ने भएपछि २४ अर्बको खरीदमा आउने १० प्रतिशत अर्थात लगभग अढाई अर्ब कमिशन पचाउन निगम व्यवस्थापनले सो प्रावधानलाई छल्ने प्रपञ्च रचेको देखिन्छ ।


निगम व्यवस्थापनले २६ सेप्टेम्बर २०१६ मा सार्वजनिक गरेका जहाज आपूर्तिको प्रस्ताव आह्वानमा नयाँ विमान ल्याउने प्रावधान छलेर पुरानो विमान खरिद गर्ने विधि अंगीकार गरियो । यसो गर्दा आफूसंग मिलेमतो गर्ने उत्पादक,लिजिड. कम्पनी , बैंकर र विमान सञ्चालक कम्पनीहरु जो पनि सहभागि गराउन सकिने भयो ।

निगमको सूचनामा १००० घण्टाभन्दा कम उडेको पुरानो विमान भनिएको थियो । तर सहभागी मध्ये एस टी, एरोस्पेस, सौर्य एअर सपोर्ट र एएआर इन्कले नयाँ जहाज आपूर्ति गर्ने प्रस्ताव गरे । निगम व्यवस्थापनले त्यसलाई सहर्ष स्वीकार गर्यो । महालेखा परीक्षकको वार्षिक प्रतिवेदन २०७४ मा यस विषयलाई गम्भीर ढंगले उठाइएको छ । नियमावलीमा किटानी भएको व्यवस्थालाई नियोजित रुपमा निष्क्रिय पारी आफूखुसी अधिकारको प्रयोग गरिएको स्वेच्छाचारी प्रवृत्ति र अख्तियारको दुरुपयोगको रुपमा यसलाई ब्याख्या गरिएको छ ।

समझदारीमा एएआर विक्रेता,खरिद बिक्रीमा हाई फ्लाई आयरल्याण्ड !

निगमको टेण्डरमा सहभागिता जनाउन एएआर इन्टरनेशनल इन्कले आफैले विड गरेको छ । तर मूल्यांकनमा सबैभन्दा कम आएपछि यसले जर्मन एभियसन क्यापिटल,जीएमबीएच र हाईफ्लाई ट्रान्स्पोर्ट एरोज एसए पोर्चुगलसंग कन्सोर्टिमय बनायो । जबकी आरएफपीमा प्रस्ताव स्वीकृत भएपछि कन्सोर्टिमय बनाउन पाउने,साझेदार थप्ने र नयाँ कम्पनी बनाउन सक्ने बारेमा कुनै कुरा उल्लेख छैन ।


नेपाल एअरलाइन्सका तर्फबाट २६ जनवरी २०१७ मा एअरबसको ३३०—२०० सेरिजका दुईवटा वाइड बडी विमान आपूर्ति गर्ने संझौता गर्दा कन्सोर्टियमका तर्फबाट एएआर इन्टरनेशनल इन्कका प्रतिनिधिले विक्रेताको रुपमा हस्ताक्षर गरेका थिए ।

तर अफ्रिल ७ मा निगमसंग भएको अन्तिम खरिद—बिक्री संझौतामा भने विक्रेताको रुपमा आरएफपी र प्रारम्भिक समझदारी गर्दा भने टेण्डर र मूल्यांकनका समयमा संसारमा कहि पनि अस्तित्वमा नै नरहेको वा दर्ता नै नभएको हाइफ्लाई एक्स आइरल्याण्ड विक्रेता बनेको छ । यो कम्पनी २०१७ को फेब्रुअरी २१ मा आयरल्याण्डको डब्लिनमा दर्ता भएको थियो ।

यो समझदारी गर्दा नै जहाजको अधिकतम् उडान भार २४२ मेट्रिक टनबाट घटाएर २३० मेट्रिक टनमा सीमित गरेको देखिन्छ । यो संझौतामा क्रेताको तर्फबाट निगमका महाप्रबन्धक सुगतरत्न कंशाकारले हस्ताक्षर गर्नुभएको छ भने प्राविधिक तर्फका उपमहाप्रबन्धक रमेशबहादुर शाह साक्षी बस्नुभएको छ ।

विक्रेताको तर्फबाट एएआर इन्टरनेशल इन्कका आधिकारिक प्रतिनिधिका रुपमा दीपक शर्माले हस्ताक्षरगर्नुभएको छ भने अपरेशनका निक पेस साक्षी बस्नुभएको छ ।

अन्तिम खरिद बिक्री संझौतामा क्रेताको तर्फबाट निगमका महाप्रबन्धक सुगतरत्न कंशाकारले हस्ताक्षर गर्नुभएको छ भने बिक्रेताको तर्फबाट हाईफ्लाई एक्स आयरल्याण्डका निर्देशक क्रिश्चियन न्हुलेन, जर्मन एभिएसन क्यापिटलका फाइनान्स डाइरेक्टर ओलेग कलित्सु,एएआर इन्टरनेशनल इन्कका इन्टरनेशनल सप्लाई चेनका अध्यक्ष दीपक शर्मा र हाईफ्लाई ट्रान्सपोर्ट एरोज एसए(हाइ—फ्लाई एअरलाइन्स,पोर्चुगल)का मध्यपूर्व उपाध्यक्ष जोसे गुल्हर्म मोरैरले हस्ताक्षर गर्नुभएको थियो ।

प्रतिबद्धता शुल्क हाईफ्लाईको खातामा र मूल्य चाहिं दलालको दलालकोमा

जनवरी २६ ,२०१७ को समझदारी पत्रमा जहाज किन्ने प्रतिबद्धता शुल्क प्रतिजहाज ५ लाख डलरका दरले १०लाख डलर( १ मिलियन डलर) हाई—फ्लाई ट्रान्सपोर्ट एरोज पोर्चुगलको नामाका रहेको स्वीस खाता (Bank Credit Suisse, paradeplatz 8, Zurich, 8070,Switzerland, IBAN : CH86048350766097222000,SWIFT:CRESCHZZ80L)मा जम्मा गर्नुपर्ने र सामान आपूर्तिपूर्वको भुक्तानी विक्रेताले भनेको खातामा पठाउनुपर्ने उल्लेख छ ।

तर निगमको जहाज खरिद प्रक्रियामा संलग्न पात्रहरुले स्वीस बैंकको खाताबाट कारोबार गर्दा पनि कमिशन र मूल्यमा खाने मार्जिनको रकम सहजै पचाउन सक्ने अवस्था देखेनन। अब जहाज आपूर्तिको काम आफ्नो समूहमा आउने पक्का भएपछि दुवै थरि रकम खान आयरल्याण्डको डब्लिनमा हवाई जहाजको पार्टपूर्जा विक्री गर्ने उद्देश्य भएको हाइफ्लाई एक्स आयरल्याड नामक कम्पनी २०१७ को फेब्रुअरी २१ मा दर्ता गराए ।

यो कम्पनीलाई पनि आफ्नो कन्सोर्टियममा राखेर उसलाई विक्रेता बनाइयो । र ७ अप्रिल २०१७ मा नेपाल वायुसेवा निगमसंग हवाई जहाज विक्री र खरिद संझौता गरियो । अब प्रश्न उठ्छ हाईफ्लाई एक्स टेण्डरमा सहभागी नै भएको छैन, उ कसरी विक्रेता हुन सक्छ ?

यो संझौतामा अन्य कुराको अतिरिक्त जहाज खरिद विक्रीको काममा सघाउन जर्मनीको म्युनिखमा रहेको नर्टन रोज फुल ब्राइट नामक कम्पनीलाई एस्क्रो एजेण्ट नियुक्त गरियो । उसको नाममा जर्मनीको युनि क्रेडिट बैंक एजी(पुरानो हाइपरभेरेन्स बैंक)मा खाता खोली निगमले पठाउने पैसा त्यसमा जम्मा हुने र एअरबसलाई तिर्नुपर्ने रकम सोही खाताबाट न्यूयोर्कमा रहेको डच बैंक ट्रष्ट कम्पनी अमेरिका मार्फत एअरबसको खाता नंं ०४८८७१९८ मा पठाउने संझौता गरियो (Beneficiary Name: AIRBUS SAS,Account Identification :04887198)with (DEUTSCHE BANK Trust Company Americas,SWIFT: BKTRUS 33, ABA : 021001033, Global Transction Banking,Floor 25, 60 Wall Street, New York,NY, USA).


यसले के सिद्ध गर्दछ भने निगमले पठाएको जति पैसा एअरबसको खातामा पठाइएको छैन, एअरबससंग कम दाममा जहाजको मूल्य छिनेकोले उब्रेको रकम खान एस्क्रो एजेण्ट र एकाउण्टको व्यवस्था गरिएको छ ।

दोस्रो किस्ता रकम बुझाउने बेलामा निगमलाई पहिलो किस्ता रकम बुझाएको भुक्तानी रसिद संलग्न गर्न सञ्चयकोष, नागरिक लगानी कोष र नेपाल राष्ट्र बैंकले ताकेता गरेपछि निगम व्यवस्थापनले निगमले पठाएको रकम पाएको भन्ने काइते पाराको पत्र संबन्धित अधिकारीहरुलाई उपलब्ध गराएको थियो । जबकी यस अगाडि निगमले खरिद गरेका साँघुरो आकारका ३२०—२०० सेरिजका एअरबसका दुईवटा जहाजको खरिदमा निगमले पठाएको रकम प्राप्त भएको पत्र पठाउदा पाएको रकमको किटानी अंक र अक्षरमा गरेरै पत्राचार हुुने गरेको थियो । निगमले आफ्नो बैंक मार्फत सिधै एअरबसको खातामा पैसा पठाउने गरेको थियो ।

 

जहाज फेरेको फेर्यै

२४२ मेट्रिक टन क्षमताको जहाज प्रति थान १०४.८ मिलियन डलरमा प्रस्ताव गरेकोले टेण्डर प्रस्ताव मूल्यांकन समितिले एएआर इन्टरनेशनल इन्कको प्रस्तावलाई अन्य प्रस्तावको तुलनामा न्यूनमूल्यांकित प्रस्तावको रुपमा निगमको सञ्चालक समितिसमक्ष पेश गरेको थियो ।

निगमको टेण्डरमा सहभागिता जनाउदा एएआर इन्टरनेशनल इन्कले १८४० देखि १८९० सम्मको उत्पादन सिरियल नम्बर भएको जहाज उपलब्ध गराउने उल्लेख गरेको थियो । निगमको वेभसाइटमा निगममा एअरबसबाट उत्पादित १८४५ र १८५४ नम्बरको विमान आउने उल्लेख गरियो तर जहाजको उत्पादन हेर्न फ्रान्सको टुज्लुमा पुगेको निगमको टोलीलाई १८७२ र १८७८ नम्बरको जहाज देखाइयो ।


निगमले पहिले उल्लेख गरेको उत्पादन क्रम संख्या भएको जहाज तिब्बत एअर र स्पेनको आइबेरिया नामक कम्पनीले उडाइरहेका छन् । यी दुवै जहाजको अधिकतम उडान भार २४२ मेट्रिक टन नै रहेको छ । अहिले ल्याइएका दुवै विमानको अधिकतम उडान भार जम्मा २३० मेट्रिक टन रहेको छ ।

उडान भारको असर गन्तव्यदेखि कार्गो र प्यासेञ्जरसम्म

अधिकतम् उडान भएका जहाजको इन्धन भर्ने ट्यांकी, जहाजको आकार, जहाजको कार्गो स्पेस र यात्रु सीट संख्या बढी हुन्छ ।यस्ता जहाजहरु लामो गन्तव्यमा सहजै उत्रन सक्छन् । टेण्डरमा उल्लेख गरेको भन्दा कम क्षमताको जहाज ल्याएकोले यो जहाज काठमाडौंदेखि सीधै अष्ट्रेलियाको सिड्नी,मेलबर्न, ब्रिसबेनमा पुग्न कठिनाई हुने विमान चालक र इन्जिनियरहरुले दावी गरेका छन् ।  

आशा न्यूज डट कम (http://aashanews.com) का अनुसार,जहाजको खरिद सम्बन्धी व्यापारिक प्रतिवेदन तयार पार्दा र जहाज सञ्चालन हुने संभाव्य गन्तव्यहरुको सूचि टेण्डरमा उल्लेख गर्दा निगमले अष्ट्रेलियाको सिड्नी,मेलबर्न, ब्रिसबेन सहित लण्डनको गेटविक र हेथ्रो, फ्रांकफर्ट,टेकिया,सोल,बेइजिड., चेन्नाई, मुम्बई, दिल्ली,ओसाका, संघाई, हंगकंग ,गोञ्जाउ, क्वालालम्पुर, बैंकक, सिंगापुर,दोहा र दुबाईलाई उल्लेख गरेको छ ।

  घिसिङको कार्यकालमा इतिहासमै कम चुहावट, प्राधिकरणको खुद नाफा लक्ष्यभन्दा बढी 

काठमाडौँ, २९ साउन । नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्ष २०७४/७५ मा प्रक्षेपित भन्दा बढी आम्दानी हुने जनाएको छ । सो आवमा प्राधिकरणले एक अर्ब एक

 हिमालय ड्रग कम्पनीको नयाँ क्रिम बजारमा 

काठमाडौं । हिमालय ड्रग कम्पनीले ‘युथ इटरनिटि’ नाम गरेको छालाको हेरचाह  गर्ने क्रीमहरु बजारमा ल्याएको छ। यस युथ इटर्नि्टि रेन्जका क्रिमहरु

वाइडबडी खरिदमा ६ अर्ब ५९ करोड घोटाला, मर्मतको घाटा अलग्गै

काठमाडौं । नेपाल वायुसेवा निगमले एक महिनाको बीचमा अन्तराष्ट्रिय विमानस्थलमा उतारेका एअरबस निर्मित ३३०-२४३ (पहिले ३३०-२०० भनिएका) सेरिजका वाईड बडीका

वाइड बडी खरिदमा अढाई देखि ३ अर्ब दलाललाई बढी तिरेको पुष्टि

काठमाडौं । नेपाल वायुसेवा निगमले जहाज निर्माता कम्पनी एअरबसले दिने मूल्यभन्दा अढाईदेखि ३ अर्ब रुपैया बढी मूल्य तिरेर कम क्षमताका दुईवटा वाइड बडी