उचित बासको व्यवस्था गर्न सुकुम्वासीको माग

विराटनगर, ७ साउन । विराटनगर महानगरपालिका–१ स्थित श्रीनगर टोलमा बसोबास गर्ने सुकुम्वासी वडा कार्यालयले दिएको सूचनाबाट समस्यामा परेका छन् ।

सडक चौडा पार्ने र सडकसँग जोडिएको जग्गामा पार्क बनाउने वडा कार्यालयको योजनाले त्यस स्थानमा बस्ने सुकुम्वासीलाई तीन दिनभित्र घर टहरा हटाउन पत्र पठाएको छ । करीब आठ घरपरिवार सो स्थानमा लगभग ३० वर्षदेखि बस्दै आएका छन् भने उनीहरूको आर्थिक अवस्था निकै कमजोर रहेको पीडितले आइतबार पत्रकार सम्मेलन गरी जानकारी दिएका छन् ।

उचित बासको व्यवस्था नगरी घरटहरा हटाउन पठाएको निर्देशनले मानसिक तनाव बढेको र संविधानले दिएको नागरिकको आवासको अधिकार हनन भएकोमा उनीहरूले चिन्ता व्यक्त गरेका छन् ।

पीडित हसिना खातुन, मो साहाजाद, मो जमिल, मो एकदिल, मो रियाज, मो झांगिर, फारुक खां र सोमनी कामतले एकै स्वरमा हामीलाई वडा कार्यालयले अन्याय गर्नु हुँदैन भन्दै आवाज उठाए ।

श्रीनगर टोल संगठनका अध्यक्ष लक्ष्मी खड्काले पीडितलाई उचित व्यवस्थापन नगरी वडा कार्यालयको एकल निर्णय प्रजातान्त्रिक होइन भने । रासस
 

उपत्यकामा ३ करोड लिटर खानेपानी थप

काठमाडौँ, २ भदौ । उपत्यकाको खानेपानी वितरण सञ्जालमा दैनिक तीन करोड लिटर पानी थप भएको छ । उपत्यकाका ७० हजार धारामा थप पानी जाने काठमाडौँ उपत्यका

नुवाकोटमा पहिरोले १० घर बगायो

नुवाकोट । बाढीपहिरोले यहाँका विभिन्न स्थानमा १० घर बगाएको छ ।  घर बगाउँदा लाखौँको क्षति भएको छ । जिल्लामा विभिन्न स्थानमा गएराती आएको बाढीपहिरोले

नागरिकता संशोधन विधेयकमा एनआरएनका नौ असहमति

काठमाडौं, २ भदौ । नेपालको नागरिकता संशोधन गर्न बनेको विधेयमा गैरआवासीय नेपालीको संविधानमा उल्लेख भइसकेको अधिकार खोसिएको भन्दै आपत्ति जनाएको छ ।

 पुल बगाएपछि विद्यार्थी मारमा 

जाजरकोट, २ भदौ  । बाढीले केही पुल बगाएपछि नलगाड नगरपालिकाका बासिन्दालाई समस्या भएको छ । पुल तर्न नसक्दा विद्यार्थी विद्यालय जानबाट बञ्चित भएका छन्