पार्किङ शुल्क बढाउँदै जनतालाई मर्का पार्ने तयारी

काठमाडौं, ६ साउन । सवारी साधनको चाप बढिरहँदा काठमाडौं महानगरपालिकाले (कामपा) काठमाडौंको मुख्य क्षेत्रमा पार्किङ शुल्कलाई करिब ५ गुणा सम्म बढाउने निर्णय गरेको छ ।

यो सँगै बजेट घोषणाको क्रममा सवारी साधनको नविकरण शुल्क बढाउँदै सवारी धनिलाई आर्थिक भार पारेकोमा पार्किङ शुल्क बढाएर थप आर्थिक दोहन गर्ने निती कामपाले लिएको छ ।

सार्वजनिक यातायतको लागि छुट्टै पार्किङ क्षेत्र बनाउने तयारीमा लागेको महानगरपालिकाले शुल्क बढाउने निर्णय कार्यान्वयन गरेमा सवारी धनीहरुलाई थप आर्थिक भार पर्ने पक्का छ ।

हाल कानूनतः दुई पांग्रेलाई प्रतिघण्टा ५ रुपैंया पार्किङ शुल्क लिने नियम भएकोमा यो शुल्क वृद्धि भइ प्रतिघण्टा २५ रुपैंयासम्म पुग्नेछ । त्यस्तै चार पांग्रेले हार प्रतिघण्टा पार्किङ शुल्क रु २० लिन पाउनेमा यो वृद्धि भइ प्रतिघण्टा रु ८० सम्म लिने व्यवस्था लागु गर्ने महानगरपालिकाको तयारी छ । त्यस्तै ठुला गाडिहरुलाई प्रतिघण्टा रु १०० सम्म पार्किङ शुल्क लाग्नेछ ।

कामपाले दिएको जानकारी अनुसार हाल काठमाडौंको ८२ वटा त्यस्ता पार्किङ क्षेत्रलाई अति व्यस्त र व्यस्त क्षेत्रको रुपमा वर्गीकरण गरिएको छ । न्यूरोड, कान्तिपथ, दरबारमार्ग, पुतलिसडक, धर्मपथ बानेश्वर र त्रिपुरेश्वर क्षेत्रलाई अति व्यस्त क्षेत्रको रुपमा वर्गीकरण गरिएको छ ।

अति व्यस्त क्षेत्रको तुलनामा व्यस्त क्षेत्रको पार्किङ शुल्क केहि कम हुनेछ । व्यस्त क्षेत्रमा दुई पांग्रेको प्रतिघण्टा रु १५ र चारपांग्रेको प्रतिघण्टा रु ४० पार्किङ शुल्क लाग्नेछ ।

साउन १ गतेदेखि लागु गर्ने भनिएको यो नियम पार्किङ क्षेत्रहरु निर्धारण हुन नसकेकोले लागु नभएपनि केहि दिनमै यो नियम लागु हुने कामपाले जानकारी दिएको छ ।

 

  घिसिङको कार्यकालमा इतिहासमै कम चुहावट, प्राधिकरणको खुद नाफा लक्ष्यभन्दा बढी 

काठमाडौँ, २९ साउन । नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्ष २०७४/७५ मा प्रक्षेपित भन्दा बढी आम्दानी हुने जनाएको छ । सो आवमा प्राधिकरणले एक अर्ब एक

 हिमालय ड्रग कम्पनीको नयाँ क्रिम बजारमा 

काठमाडौं । हिमालय ड्रग कम्पनीले ‘युथ इटरनिटि’ नाम गरेको छालाको हेरचाह  गर्ने क्रीमहरु बजारमा ल्याएको छ। यस युथ इटर्नि्टि रेन्जका क्रिमहरु

वाइडबडी खरिदमा ६ अर्ब ५९ करोड घोटाला, मर्मतको घाटा अलग्गै

काठमाडौं । नेपाल वायुसेवा निगमले एक महिनाको बीचमा अन्तराष्ट्रिय विमानस्थलमा उतारेका एअरबस निर्मित ३३०-२४३ (पहिले ३३०-२०० भनिएका) सेरिजका वाईड बडीका

वाइड बडी खरिदमा अढाई देखि ३ अर्ब दलाललाई बढी तिरेको पुष्टि

काठमाडौं । नेपाल वायुसेवा निगमले जहाज निर्माता कम्पनी एअरबसले दिने मूल्यभन्दा अढाईदेखि ३ अर्ब रुपैया बढी मूल्य तिरेर कम क्षमताका दुईवटा वाइड बडी