राजवंशीको ५ विकेट र पारसको शतक सहित नेपाल विजयी

काठमाडौं, ६ साउन । इंग्ल्याण्ड भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले पहिलो अभ्यास खेलमा ह्याम्पशायर हग्सलाई २ सय ४३ रनको विशाल अन्तरले पराजित गरेको छ ।

खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेकोमा निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै ३ सय ६२ रनको विशाल योगफल तयार पारेको थियो । तेश्रो नम्बरमा ब्याटिङ गर्न आएका कप्तान पारस खड्काले सुरुदेखि आक्रामक खेल्दै १ सय ६ बलमा १६१ रनको तगडा इनिङ खेलेपछि नेपालले उक्त योगफल बनाउन सम्भव भयो । १९ चौका र ७ छक्का प्रहार गरेका पारसले चौथो विकेटको लागि दिपेन्द्र सिंह ऐरीसँग १ सय १० रन र पाँचौ विकेटको लागि आरिफ शेखसँग १ सय २ रनको साझेदारी गरेका थिए ।

खेलको ३८ औं ओभरमा पारस आउट भएपछि रोहित पौडेलले नेपालको रन गतिलाई निरन्तरता दिएका थिए । रोहितले ३४ बलमा ५ चौका र १ छक्का सहित ४४ रन बनाए भने दिपेन्द्र सिंह ऐरीले ४६ बलमा ५ चौका सहित ३७ रन बनाए । त्यस्तै आरिफ, करन केसी, सन्दीप लामिछाने, ललित भण्डारी, शरद भेषावकर र सुभाष खकुरेलले  क्रमशः २७, १८, १६, १६, १४ र ११ रन बनाए ।

ह्याम्पशायरका लागि माइल्स कोभर र जोन पोर्टलले ३÷३ विकेट लिए । त्यस्तै १० ओभरमा १ सय ९ रन खर्चिने जेम्स ग्रिनले पनि २ विकेट लिन सफल भए भने ओलिभर कक्सले १ विकेट लिएका छन् । यस इनिङमा १० ओभरमा १ सय १ रन दिने अर्का बलर एड टाइबोटले पनि १ विकेट लिएका छन् ।

३ सय ६३ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको ह्याम्पशायर हग्सले ३७.१ ओभरमा सबै विकेट गुमाएर १ सय १९ रन मात्र बनाउन सक्यो । ह्याम्पशायरका लागि ह्यारी फिसरले ३५ बलमा ३३ रन बनाए । त्यस्तै आर्ची नाइट, टम बाउचर र माइल्स कोभरले क्रमशः २२, २२ र १८ रन बनाउन सकेपनि अन्य खेलाडिले दोहोरो संख्यामा रन जोड्न नसकेपछि ठुलो अन्तरले पराजित भएको छ ।

बलिङमा नेपालका लागि लेफ्ट आर्म स्पीनर ललित नारायण राजवंशीले १० ओभरमा ३४ रन दिंदै ५ विकेट लिएका छन् । उनको उक्त घातक स्पेलको क्रममा ४ ओभर मेडन पनि राखेका थिए । त्यस्तै किफायती बलिङ गरेका सन्दीप लामिछानेले ८ ओभरमा २ मेडन राख्दै १८ रन दिइ २ विकेट लिएका छन् भने पार्ट टाइम बलर दिपेन्द्रले पनि २ विकेट लिए । पेसर करन केसीले पनि १ विकेट झार्न सफल भए ।

यस खेलमा नेपालले प्रमुख बलरहरु सोमपाल कामी, शक्ति गौचन र बसन्त रेग्मी र ब्याटसम्यान अनिल साहलाई बेन्चमा राखेको थियो ।

नेपालले दोश्रो अभ्यास खेल सोमबार स्थानी सेन्ट क्रस टोलीसँग टि–२० खेलको रुपमा खेल्नेछ ।

यस्तो छ नेपाली टोलीको श्रीलंका भ्रमण तालिका

काठमाडौं, २ भदौ । एसिया कप छनौटको लागि मलेसिया जाने नेपाली टोलीले श्रीलंकामा ३ अभ्यास खेल्ने तालिका रहेको छ । अगस्ट २० मा श्रीलंका जाने नेपाली टोलीले

यस्तो छ एसिया कप छनौट खेल्ने नेपाली टोली

काठमाडौं, २ भदौ । टेष्ट क्रिकेट खेल्ने ५ एसियाली राष्ट्र सम्मीलित एसिया कप खेल्ने अवसर पाइने छनौट प्रतियोगिता लक्षित १५ सदस्यीय नेपाली टोलीको घोषणा

साफ यू–१५ नेपाल चौथो

काठमाडौँ, २ भदौ । भुटानमा जारी साफ यू–१५ महिला फूटबल च्याम्पियनसिपमा नेपालले चौथो स्थान हासिल गरेको छ ।  तेस्रो स्थानका लागि आज भएको खेलमा नेपाल

एसियाकपको छनोटका लागि १५ सदस्यीय टोली घोषणा

 काठमाडौँ, २ भदौ  । एसिया कप क्रिकेट प्रतियोगिताको छनोट खेलका लागि पारस खड्काको कप्तानीमा १५ सदस्यीय टोली आज घोषणा गरिएको छ ।  टोलीको मुख्य