झुक्याएर मिर्गौला लिने व्यक्ति प्रहरीको फन्दामा

भक्तपुर, ४ साउन । झुक्याएर मिर्गौला झिकी आफ्नै बाबुलाई प्रत्यारोपण गराउने मुख्य अभियुक्त मानिएका २४ वर्षीय आशिष बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ । 

काभ्रेपलाञ्चोक बनेपा नगरपालिका– २ टुकुचाका २९ वर्षीय कुमार गिरीको मिर्गौला झिकेर कानेपोखरी गाउँपालिका– १ मोरङ स्थायी घर भई हाल भक्तपुर नगरपालिका–१ सल्लाघारीमा डेरा गरी बस्ने ५१ वर्षीय थर्कबहादुर बस्नेतलाई प्रत्यारोपण गराई फरार रहेका उनका छोरा आशिषलाई प्रहरीले तीन महिनापछि बानेश्वरबाट पक्राउ गरेको हो । 

पीडित कुमारलाई ललाइफकाई, प्रलोभनमा पारेर थर्कबहादुरको छोरा हो भनी कीर्ते कागज र छाप प्रयोग गरी मिर्गौला झिकेर थर्कबहादुरलाई प्रत्यारोपण गराएको घटना बाहिर आएपछि प्रहरीले उनलाई पक्राउ गरे पनि छोरा आशिष भने फरार रहेका थिए । 

मानव शरीर अंग प्रत्यारोपण र सरकारी छाप कीर्ते मुद्दा दर्ता भएकाले पक्राउ परेका आशिषलाई आजै भक्तपुर जिल्ला अदालतमा पेश गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता रेवतीरमण पोखरेलले जानकारी दिए। रासस

उपत्यकामा ३ करोड लिटर खानेपानी थप

काठमाडौँ, २ भदौ । उपत्यकाको खानेपानी वितरण सञ्जालमा दैनिक तीन करोड लिटर पानी थप भएको छ । उपत्यकाका ७० हजार धारामा थप पानी जाने काठमाडौँ उपत्यका

नुवाकोटमा पहिरोले १० घर बगायो

नुवाकोट । बाढीपहिरोले यहाँका विभिन्न स्थानमा १० घर बगाएको छ ।  घर बगाउँदा लाखौँको क्षति भएको छ । जिल्लामा विभिन्न स्थानमा गएराती आएको बाढीपहिरोले

नागरिकता संशोधन विधेयकमा एनआरएनका नौ असहमति

काठमाडौं, २ भदौ । नेपालको नागरिकता संशोधन गर्न बनेको विधेयमा गैरआवासीय नेपालीको संविधानमा उल्लेख भइसकेको अधिकार खोसिएको भन्दै आपत्ति जनाएको छ ।

 पुल बगाएपछि विद्यार्थी मारमा 

जाजरकोट, २ भदौ  । बाढीले केही पुल बगाएपछि नलगाड नगरपालिकाका बासिन्दालाई समस्या भएको छ । पुल तर्न नसक्दा विद्यार्थी विद्यालय जानबाट बञ्चित भएका छन्