संसद अवरोध नगर्न ट्वीट मार्फत विपक्षीसँग मोदीको आग्रह

नयाँ दिल्ली, ४ साउन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संसदको काम कारबाहीलाई अवरुद्ध नगर्न प्रमुख विपक्षी दलसँग आग्रह गरेका छन् ।
मोदीले वर्षे अधिवेशन सुचारू गर्न दिन विपक्षी काँग्रेस र अरु दलका सदस्यहरुसँग आग्रह गरेका हुन्। शुक्रबार बिहान ट्वीट गरेर उनले संसदीय कामकाज सुनिश्चित गर्न दिन राजनीतिक दलहरुसँग आग्रह गरेको बताइएको छ। 

यो संसदको वर्षे अधिवेशन भएकोले यसले कानुन निर्माणदेखि अरु धेरै काम गर्नुपर्ने भएको र सरकार कुनै पनि दलले उठाएका जुनसुकै विषयमा पनि छलफल गरी त्यसबाट समाधान निकाल्न तयार भएको भन्दै संसद सुचारु गर्न मोदीले आग्रह गरेका हुन्। 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय संसदमा बिहीबारबाट उत्पन्न अवरोध हटाउन विपक्षी काँग्रेससँग आग्रह गरेको शुक्रबारका भारतीय सञ्चारमाध्यमहरुले दिएका छन् । 

भारतीय संसदमा प्रधानमन्त्री नरेन्द्र मोदीका विरुद्ध बिहीबार अविश्वासको प्रस्ताव दर्ता गराइएको छ । उक्त प्रस्ताव दर्ता गराएसँगै विपक्षी काग्रेस दलले संसद चल्न नदिने भन्दै अवरोध पनि गरेको छ । 

वर्षे अधिवेशन शुरुआत भएको दिन बिहीबार काँग्रेस नेतृत्वमा विपक्षीहरुले लोकसभामा प्रधानमन्त्रीका विरुद्धमा अविश्वासको प्रस्ताव दर्ता गराएका छन् । 

त्यसपछि उनीहरुले प्रधानमन्त्री मोदीविरुद्ध नाराबाजी गरेका थिए । दर्ता गरेको अविश्वासको प्रस्तावमाथि शुक्रवार बहस र मत विभाजन हुने भएको  छ । 

यसअघि संसदले यो बजेट अधिवेशन भएकोले सरकार विरुद्ध अविश्वासको प्रस्ताव दर्ताको व्यवस्था नभएको कारण देखाउँदै अविश्वासको प्रस्ताव दर्ताको सूचना पन अस्वीकार गरेको थियो । रासस

रहेनन् पहिलो अश्वेत महासचिब कोफी अन्नान 

जेनेभा । राष्ट्रसङ्घका पूर्व महासचिव तथा नोबेल पुरस्कार विजेता कोफी अन्नानको शनिबार बिहान निधन भएको छ । उनी ८० बर्षका थिए।  घानामा जन्मिएका अन्नान

 अस्ट्रेलियाली स्कुले छात्रले एप्पलको सिस्टम “ह्याक” गरे

सिड्नी ।  एप्पल कम्प्युटरमा काम गर्ने “सपना” बुनेका एक अस्ट्रेलियाली स्कुले छात्रले एप्पलको कम्प्युटर प्रणाली ह्याक गरेको अस्ट्रेलियाली

  स्नायूशक्ति ध्वस्त पार्ने औषधिले मारिएका थिए कीम जोङ  

क्वालालम्पुर । मलेसियाको एक अदालतले उत्तर कोरियाली नेता कीम जोङ उनका भाइ कीम जोङ नामको हत्या आरोपमा मलेसियामा पक्राउ परेका दुई महिलाका सम्बन्धमा

रोमन क्याथोलिक चर्चका धर्मगुरुद्वारा १ हजार बालबालिकामाथि यौन दुर्व्यवहार  

ह्यारिसबर्ग, अमेरिका । एकजना धर्मगुरुले एक सात वर्षीया बालिकालाई बलात्कार गरे । अर्का धर्मगुरुले नौ वर्षका बालकलाई मुखमैथुन गर्न बाध्य तुल्याए र ती