भारतमा अपहरण गर्ने नेपालमा पक्राउ

काठमाडौं, ४ साउन । करिब ४ महिनाअघि भारतको राजधानी नयाँदिल्लीमा थर नखुलेको नेपाली दम्पत्ती सोनम रसोनुले अपहरण गरि ल्याएको ४ वर्षिय भारतीय बालकको नेपाल प्रहरीले उद्धार गरेको छ ।

भारतीय पत्रिका टाइम्स अफ इन्डियाले जनाएअनुसार गत अप्रिल महिनाको ५ तारिखको दिन केशवपुरम भन्ने स्थानमा उक्त बालकलाई सोनमले अपहरण गरेकि हुन् । अपहरण पछि त्यो दम्पत्तीले अपहरित बालकलाई बुटवल ल्याएर राखेकोमा भारतीय प्रहरीको अनुरोधमा नेपाल प्रहरीले उद्धार गरेको जनाइएको छ ।

विगत् १० वर्षदेखि नयाँ दिल्लीमै बसिआएका सोनम र सोनुको एक ९ वर्षकी छोरी रहेको र छोरा पाउन शारीरिक अवस्थाले नदिएकोले उक्त बालकको अपहरण गरि नेपालमा ल्याएको भनि टाइम्स अफ इन्डियाले लेखेको छ ।

भारतीय प्रहरीले बालक हराएपछि प्रहरीमा परेको जाहेरीको आधारमा अनुसन्धान गर्दा सोनमले नै उक्त बालक अपहरण गरेको खुलेको जनाएको छ । बालक हराएको दिनको सिसिटिभी फुटेज हेर्दा बालकले सोनमलाई पच्छ्याउँदै गएपछि प्रहरीले सोनम र उनको श्रीमान्को खोजी गरेको थियो ।

दिल्ली प्रहरीले त्यो दम्पत्तीको मोबाइल फोन ट्रयाक गर्दा गोरखपुरमा रहेको पत्ता लागेको थियो । खोजीकै क्रममा भारतीय प्रहरीले सुनौलीस्थित अपहरणकारीका आफन्त पत्ता लगाएपछि नेपालको ठेगाना पत्ता लागेको कुरा भारतीय प्रहरीलाई उद्धृत गर्दै टाइम्स अफ इन्डियाले लेखेको छ ।

रुपन्देहीको दुगौलियामा अपहरणकारी रहेको जानकारी नेपाल प्रहरीले पाएपछि उद्धार गर्दे नेपाल–भारत सिमानामा दिल्ली प्रहरीलाई हस्तान्तरण गरेपछि उक्त बालकको परिवारसँग पुनर्मिलन भएको छ । उक्त पत्रिकाले अपहरणको आरोपितको अवस्थाबारे केहि उल्लेख गरेको छैन ।

रहेनन् पहिलो अश्वेत महासचिब कोफी अन्नान 

जेनेभा । राष्ट्रसङ्घका पूर्व महासचिव तथा नोबेल पुरस्कार विजेता कोफी अन्नानको शनिबार बिहान निधन भएको छ । उनी ८० बर्षका थिए।  घानामा जन्मिएका अन्नान

 अस्ट्रेलियाली स्कुले छात्रले एप्पलको सिस्टम “ह्याक” गरे

सिड्नी ।  एप्पल कम्प्युटरमा काम गर्ने “सपना” बुनेका एक अस्ट्रेलियाली स्कुले छात्रले एप्पलको कम्प्युटर प्रणाली ह्याक गरेको अस्ट्रेलियाली

  स्नायूशक्ति ध्वस्त पार्ने औषधिले मारिएका थिए कीम जोङ  

क्वालालम्पुर । मलेसियाको एक अदालतले उत्तर कोरियाली नेता कीम जोङ उनका भाइ कीम जोङ नामको हत्या आरोपमा मलेसियामा पक्राउ परेका दुई महिलाका सम्बन्धमा

रोमन क्याथोलिक चर्चका धर्मगुरुद्वारा १ हजार बालबालिकामाथि यौन दुर्व्यवहार  

ह्यारिसबर्ग, अमेरिका । एकजना धर्मगुरुले एक सात वर्षीया बालिकालाई बलात्कार गरे । अर्का धर्मगुरुले नौ वर्षका बालकलाई मुखमैथुन गर्न बाध्य तुल्याए र ती