क्रिश्चियन कम्युनिटी स्कूल बस दुर्घटनामा ५८ विद्यार्थी घाइते


 

भक्तपुर, ३ साउन ।  काठमाडौँको मूलपानीस्थित क्रिश्चियन कम्युनिटी स्कूलबाट विद्यार्थी लिएर भक्तपुरको थिमितर्फ आउँदै गरेको बा २ क ९२५० नं को स्कूल बस आज अपराह्न ५ बजेतिर मध्यपुरथिमिको नीलबाराहीमा दुर्घटना हुँदा ५८ विद्यार्थी घाइते भएका छन् । 

दुर्घटनामा घाइतेमध्ये ४१ जनाको मध्यपुर अस्पताल र १७ जनाको गठ्ठाघरस्थित नागरिक कम्युनिटी अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये गम्भीर पाँच जनाको सघन उपचार कक्षमा राखेर उपचार भइरहेको महानगरीय प्रहरी वृत्त थिमीका प्रहरी नायब उपरीक्षक मनोज केसीले जानकारी दिए। दुर्घटनाको कारण खुल्न सकेको छैन । रासस

स्कुल जान नपाएका २० प्रतिशत बालश्रमिक वे–वास्ताको शिकार

गुलरिया, बर्दिया, ७ साउन । बारबर्दिया नगरपालिकाले नेपालकै पहिलो विद्यालय उमेर समूहका बालबालिका विद्यालय बाहिर नभएको घोषणा गरेपनि २० प्रतिशत

 खुला विश्वविद्यालयले कानुन र व्यवस्थापन पनि पढाउने

काठमाडौँ, ३१ असार । खुला विश्वविद्यालयले व्यवस्थापन तथा कानून संकायअन्तर्गत थप चारवटा कार्यक्रम सञ्चालन गर्ने भएको छ ।  विश्वविद्यालयप्रति

 \'ओलीको निर्देशनमा अपराधीलाईजस्तो मलाई छापामार शैलीमा समातियो\'  

काठमाडौं, २४ असार । नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा. डा. कुलप्रसाद कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो निर्देशनमा

उच्च शिक्षाका नाममा ४० अर्ब रूपियाँ विदेशिने अवस्था

काठमाडौं, २१ असार । विश्वविद्यायलको शैक्षिक गुणस्तर सुधार विद्यार्थीको विदेश पलायन रोक्ने अनिवार्य सर्त भएको विज्ञहरू बताउँछन्। नेपाली