६ महिनामा ५ लाख पर्यटक नेपाल भित्रिए


काठमाडौं, ३ साउन । नेपालमा घुम्न आउने पर्यटकको संख्या यस अंग्रेजी वर्षको पहिलो ६ महिनामा ५ लाख नाघेको छ । यसरी पर्यटक बढ्नुमा भारतीय र चिनियाँ पर्यटकको संख्यामा उल्लेख्य वृद्धि हुनु एक कारण रहेको बताइएको छ ।

पर्यटन बोर्डले दिएको जानकारी अनुसार पहिलो ६ महिनामा ५ लाख २० हजार पर्यटक नेपाल घुम्न आएका छन् । यसमध्ये नेपाल घुम्न आउनेमा भारतिय पर्यटकको संख्या सर्वाधिक रहेको छ । कुल ९६ हजार ३ सय भारतीय पर्यटक यस वर्ष आइसकेका छन् । त्यस्तै यहि अवधिमा ७५ हजार ७ सय चिनियाँ पर्यटक नेपाल घुम्न आएका छन् । यि दुई राष्ट्रले कुल पर्यटक संख्याको ३० प्रतिशत ओगटेका छन् ।

चिनियाँ पर्यटक विशेष गरि जनवरी देखि मार्च महिनासम्ममा ठुलो संख्यामा भित्रिएका हुन् भने भारतिय पर्यटक अप्रिल र मे महिनामा भित्रिएका हुन् । भारतिय पर्यटकहरुको ठुलो संख्या धार्मिक पर्यटनको माध्यमबाट नेपाल आएका हुन् ।

यस्तै युरोप तथा अमेरिकी क्षेत्रबाट आउने पर्यटक पनि बढ्दो क्रममा रहेको छ । तथापी युरोपियन र अमेरिकी पर्यटक आउने मुख्य सिजन अक्टोबर देखि डिसेम्बर रहेको जानकारी पनि पर्यटन बोर्डले दिएको छ ।  

यस वर्ष करिब १२ लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको पर्यटन बोर्डले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको पनि जानकारी दिएको छ ।

 

प्रधानमन्त्रीको हिमालयन एयरलाईन्स प्रेम, यस्तो छ रहस्य

काठमाडौं । उच्च हिमाली भेगमा लेक लागेका 'बिरामी' पर्वतारोही र पदयात्रीलाई उध्दार गर्ने नाममा भैरहेको ठूलो चलखेलमा संलग्न व्यवसायीमाथि कार्वाही

दोहामा ग्राउन्डेड जहाज बन्न अझै समय लाग्ने

काठमाडौं । गत शनिबार दोहाबाट काठमाडौंको लागि उडान भर्ने बेला समस्या देखिएको नेपाल एयरलायन्सको न्यारो बडि एयर बस बन्न अझै ५–६ दिन लाग्ने नेपाल

पर्यटकलाई सौराहा प्यारो

रत्ननगर, २३ साउन । जंगल सफारीका लागि चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटकमध्ये ८० प्रतिशत बढीले सौराहा प्रवेशद्वारको प्रयोग गर्ने गरेका छन्

नक्कली भिषामा नेपाल छिर्न खोजेपछि..

काठमाडौं, २३ साउन । असार ३१ गते क्यामरुनका एक जोडी रोमारिक बेट्टाट एनगुइफाङ र भेनेस्सा येनेन कतार एयरवेजबाट दिल्लीको बाटो हुँदै नेपाल आएका थिए