काठमाडौंको फोहोर उठ्न थाल्यो, पुरै फोहोर उठ्न १ हप्ता लाग्ने


काठमाडौं, ३ साउन । लामो समयदेखि उठ्न नसकेको काठमाडौंको फोहोर बुधबारदेखि उठ्न थालेको छ ।

पछिल्लो समयमा भएको भारी वर्षाको कारण ल्याण्डफिल साइटमा जाने बाटो हिलोको कारण असजिलो भएकोले फोहोरका गाडिहरु जान नसकेपछि काठमाडौंको फोहोर उठ्न छोडेको थियो । गर्मी महिना त्यसमाथि पानी पर्ने सिजन भएकाले काठमाडौंका गल्लीहरु दुर्गन्धित भएका कारण जनस्थास्थ्यमा गम्भिर खतरा देखिएको छ ।

ल्याण्डफिल साइटमा फोहोर फाल्न नपाएपनि का.म.पा.ले टेकु स्थित फोहोर संकलन केन्द्रमा मुख्य सडकहरुको फोहोरहरु थुपारे पनि उक्त स्थानको क्षमता ४–५ दिनको फोहोर मात्र राख्न सक्ने भएकोले समस्या विकराल बन्दै गएको थियो ।

का.म.पा. का अनुसार ल्याण्डफिल जाने बाटो पुर्णरुपमा निर्माण नभएपनि अस्थायी रुपमा आवज जावत गर्न मिल्ने भएकाले हाल फोहोर उठाउन शुरु गरिएको हो ।

लामो समयदेखि फोहोर थुप्रिएकोले सबै फोहोर उठ्न एक हप्ता लाग्ने का.म.पा.ले जानकारी दिएको छ ।

 

 

उपत्यकामा ३ करोड लिटर खानेपानी थप

काठमाडौँ, २ भदौ । उपत्यकाको खानेपानी वितरण सञ्जालमा दैनिक तीन करोड लिटर पानी थप भएको छ । उपत्यकाका ७० हजार धारामा थप पानी जाने काठमाडौँ उपत्यका

नुवाकोटमा पहिरोले १० घर बगायो

नुवाकोट । बाढीपहिरोले यहाँका विभिन्न स्थानमा १० घर बगाएको छ ।  घर बगाउँदा लाखौँको क्षति भएको छ । जिल्लामा विभिन्न स्थानमा गएराती आएको बाढीपहिरोले

नागरिकता संशोधन विधेयकमा एनआरएनका नौ असहमति

काठमाडौं, २ भदौ । नेपालको नागरिकता संशोधन गर्न बनेको विधेयमा गैरआवासीय नेपालीको संविधानमा उल्लेख भइसकेको अधिकार खोसिएको भन्दै आपत्ति जनाएको छ ।

 पुल बगाएपछि विद्यार्थी मारमा 

जाजरकोट, २ भदौ  । बाढीले केही पुल बगाएपछि नलगाड नगरपालिकाका बासिन्दालाई समस्या भएको छ । पुल तर्न नसक्दा विद्यार्थी विद्यालय जानबाट बञ्चित भएका छन्