क्रिकेटर शक्ति गौचनले गरे सन्यास घोषणा

काठमाडौं, २ साउन । नेपाली भेटरान स्पीनर शक्ति गौचनले आज एक कार्यक्रममा नेपाली क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् ।
एमसीसी र नेदरल्याण्ड्स जाने टोलीमा परेका उनको नेपाली टोलीसँगको यो नै अन्तिम भ्रमण हुनेछ । केहि समय अघि नेपालले विश्वकप छनौट खेलमा एकदिवसिय राष्ट्रको हैसियत पाएको थियो ।

उक्त कार्यक्रममा हँसिलो मुद्रामा देखिएका शक्तिले आफ्नो एकदिवसिय खेल खेल्ने इच्छा पुरा गरेसँगै सन्यास लिने बताउँदै भनेका छन् , ‘मैले एकदिवसिय खेल्दै सन्यासको घोषणा गरेपनि अहिलेको यो ब्याचले टेष्ट क्रिकेट खेल्दै सन्यासको घोषणा गर्न पाओस् ।’

केहि वर्ष अघि देखिनै सन्यासको मनस्थिति बनाएपनि आफ्नो स्थान पूरा होला नहोला भन्ने अन्योलले यो कठिन घोषणा गर्न नसकेको बनाउँदै शक्ति भन्छन् , ‘अहिलेको यो टोली साह्रै नै ट्यालेन्टेड छ । विगतका केहि प्रतियोगिता र बन्द प्रशिक्षणमा यूवा खेलाडिहरुले गरेको मेहनत देख्दा अब मेरो स्थानमा खेल्ने खेलाडिको कमि छैन भनेर म ढुक्क भएको छु । ’

अनले अझ आफ्नो ‘ड्रिम’ नेपालको घरेलु मैदानमा एकदिवसिय खेल खेलेर सन्यास गर्ने रहेको पनि खुलाए । तर पहिलो एकदिवसिय खेलको लागि नेदरल्याण्ड्ससँग खेल्ने पक्का भइसकेकोले शक्तिले यहि समयलाई उत्तम ठानेका छन् ।

सन् २००२ देखि उमेर समुहबाट नेपालका लागि खेल्न सुरु गरेका शक्तिले आफ्नो अलराउन्ड क्षमता मार्फत् नेपाललाई सधैं योगदान दिइरहे । सन् २००४ को यू–१९ विश्वकपमा कप्तानी गरेका शक्तिले साउथ अफ्रिका विरुद्ध अर्धशतक प्रहार गर्दै नेपाललाई विजय दिलाएका थिए । त्यस्तै उनले सन् २००५ मा विश्वकप छनौटमा इटाली विरुद्ध शतक पनि प्रहार गरेका थिए ।   

नेपालको हरेक फम्र्याटको क्रिकेट खेलेका उनले विगतमा आफुलाई एकदिवसिय खेलको लागि सुहाउँदो खेलाडि बनाएपनि सन् २०१२ यता टि–२० सुहाउँदो खेलाडिको रुपमा आफुलाई तयार पारेका थिए । 

टि–२० विश्वकपको छनौटमा डेनमार्क विरुद्ध ह्याट्रिक लिएका शक्तिले सन् २०१४ को टि–२० विश्वकपको खेलमा विकेट लिएपछि खुशी मनाउने तरिकाले पनि विश्व क्रिकेटमा परिचित भएका थिए । आईपिएलको लागि राजस्थान रोयल्समा ट्रायल पनि दिएका शक्ति हालसम्म पनि नेपालको प्रमुख खेलाडि हुन् ।   

सम्हालेर ब्याटिङ गर्ने र आक्रामक स्पीन बलिङ गर्ने शैलीले प्रख्यात शक्तिको योगदानले नेपाली क्रिकेट आजको स्थानसम्म आएको विषयमा दुईमत छैन । 
 

यस्तो छ नेपाली टोलीको श्रीलंका भ्रमण तालिका

काठमाडौं, २ भदौ । एसिया कप छनौटको लागि मलेसिया जाने नेपाली टोलीले श्रीलंकामा ३ अभ्यास खेल्ने तालिका रहेको छ । अगस्ट २० मा श्रीलंका जाने नेपाली टोलीले

यस्तो छ एसिया कप छनौट खेल्ने नेपाली टोली

काठमाडौं, २ भदौ । टेष्ट क्रिकेट खेल्ने ५ एसियाली राष्ट्र सम्मीलित एसिया कप खेल्ने अवसर पाइने छनौट प्रतियोगिता लक्षित १५ सदस्यीय नेपाली टोलीको घोषणा

साफ यू–१५ नेपाल चौथो

काठमाडौँ, २ भदौ । भुटानमा जारी साफ यू–१५ महिला फूटबल च्याम्पियनसिपमा नेपालले चौथो स्थान हासिल गरेको छ ।  तेस्रो स्थानका लागि आज भएको खेलमा नेपाल

एसियाकपको छनोटका लागि १५ सदस्यीय टोली घोषणा

 काठमाडौँ, २ भदौ  । एसिया कप क्रिकेट प्रतियोगिताको छनोट खेलका लागि पारस खड्काको कप्तानीमा १५ सदस्यीय टोली आज घोषणा गरिएको छ ।  टोलीको मुख्य