एमसीसी र नेदरल्याण्ड्ससँग खेल्न १५ क्रिकेटर छनौट

काठमाडौं, १ साउन । साउन १३ देखि सुरु हुने टि–२० तथा एकदिवसिय सिरिजको लागि पारस खड्काको कप्तानीमा १५ सदस्यीय खेलाडि छनौट गरिएको छ । नेपालले टि–२० सिरिज लण्डनमा खेल्नेछ भने एकदिवसिय सिरिज नेदरल्याण्ड्समा खेल्ने कार्यक्रम रहेको छ । 

मंगलबार जारी गरिएको प्रेस विज्ञप्ती अनुसार ब्याटसम्यानहरु अनिल कुमार साह, दिपेन्द्र सिंह ऐरी, ज्ञानेन्द्र मल्ल, रोहित कुमार पौडेल, शरद भेषावकर, आरिफ शेख र सुवाष खकुरेलले टोलीमा स्थान बनाएका छन् । त्यस्तै बलरहरु बसन्त रेग्मी, करन केसी, ललित भण्डारी, ललित नारायण राजवंशी, सन्दीप लामिछाने, शक्ति गौचन र सोमपाल कामी पनि १५ सदस्यीय टोलीमा रहेका छन् । यस टोलीबाट कप्तान पारस, आरिफ र बसन्त अलराउन्डरको भुमिकामा पनि हुनेछन् ।

त्यस्तै विनोद भण्डारी, सुनिल धमला, सुशन भारी र प्रदिप ऐरी वैकल्पीक खेलाडिको रुपमा रहेका छन् । 

आईसीसीका प्रतिनिधी अमिनुल इस्लामको अध्यक्षतामा प्रशिक्षक जगत टमाटा र पारस खड्का सदस्य रहेको छनौट समितिले १५ सदस्यीय टोलीको निर्धारण गरेको छ । 

नेपाली आगामी साउन १३ मा त्रिकोणात्मक सिरिजमा मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) र नेदरल्याण्ड्सको सामना गर्नेछ । लण्डनको लर्डस् क्रिकेट ग्राउन्डमा खेलिने यो खेलको फाइनल सोही दिन हुनेछ । त्यस्तै साउन १६ र १८ मा नेदरल्याण्ड्सको गृह मैदानमा २ एकदिवसिय खेलको सिरिज खेल्नेछ ।   

यस्तो छ नेपाली टोलीको श्रीलंका भ्रमण तालिका

काठमाडौं, २ भदौ । एसिया कप छनौटको लागि मलेसिया जाने नेपाली टोलीले श्रीलंकामा ३ अभ्यास खेल्ने तालिका रहेको छ । अगस्ट २० मा श्रीलंका जाने नेपाली टोलीले

यस्तो छ एसिया कप छनौट खेल्ने नेपाली टोली

काठमाडौं, २ भदौ । टेष्ट क्रिकेट खेल्ने ५ एसियाली राष्ट्र सम्मीलित एसिया कप खेल्ने अवसर पाइने छनौट प्रतियोगिता लक्षित १५ सदस्यीय नेपाली टोलीको घोषणा

साफ यू–१५ नेपाल चौथो

काठमाडौँ, २ भदौ । भुटानमा जारी साफ यू–१५ महिला फूटबल च्याम्पियनसिपमा नेपालले चौथो स्थान हासिल गरेको छ ।  तेस्रो स्थानका लागि आज भएको खेलमा नेपाल

एसियाकपको छनोटका लागि १५ सदस्यीय टोली घोषणा

 काठमाडौँ, २ भदौ  । एसिया कप क्रिकेट प्रतियोगिताको छनोट खेलका लागि पारस खड्काको कप्तानीमा १५ सदस्यीय टोली आज घोषणा गरिएको छ ।  टोलीको मुख्य