क्यामरुनको सट्टा अम्टीटीले फ्रान्सबाट खेल्नुको कारण यस्तो रहेछ

काठमाडौं, ३२ असार । विश्वकप २०१८ को सेमिफाइनलमा बेल्जियम विरुद्धको खेलमा भएको १ मात्र गोल गर्ने फ्रान्सका खेलाडि स्यामुएल अम्टीटीलाई फ्रान्सको राष्ट्रिय टोलीमा छनौट हुनुअघि क्यामरुनबाट खेल्न प्रस्ताव आएको बताइएको छ ।

क्यामरुनका फुटबल लेजेण्ड रोजर मिल्लाले सन् २०१५ मा फ्रान्समा गइ हाल बार्सिलोनाबाट डिफेन्डरको भुमिकामा खेल्ने गरेका अम्टीटीलाई क्यामरुनबाट खेल्न प्रस्ताव गरेका थिए ।

फ्रान्सका डिफेन्डर अम्टीटीको जन्म क्यामरुनमै भएको थियो । उनि २ वर्षको उमेरमा हुँदा फ्रान्स आएका थिए ।

मिल्लाले उक्त प्रस्ताव राख्दा तत्कालीन फ्रान्स फुटबलको सर्वोच्च निकायका अध्यक्षले उक्त समयमा अम्टीटीलाई फ्रान्सकै लागि विश्वकप खेल्न कम्तीमा ४ वर्ष कुर्नु पर्ने बताएका थिए । उनि जस्तै विश्वकप खेल्न चाहनेको संख्या उल्लेख्य भएकाले पनि फ्रान्सको राष्ट्रिय टोलीमा स्थान बनाउनु कठिन कार्य थियो ।

मिल्लाका अनुसार यस्तो अवस्थामा अम्टीटीले क्यामरुनको लागि खेल्ने कि फ्रान्समै संघर्ष गर्ने विषयमा उक्त समयमै निर्णय गर्नुपर्ने थियो ।

फ्रान्समै संघर्ष गर्ने निष्कर्षमा पुगेका उनले आफ्नो निर्णयको कारण खुलाउँदै भन्छन् , ‘मेरो परिवार क्यामरुनमै छन् । तर म त्यहाँ अहिले सम्म जम्मा २ पटक गएको छु । ’ उनि थप्छन्, ‘ क्यामरुन मेरो जन्मभुमि हो, तर त्यहाँ बस्दा कस्तो हुन्छ भन्ने मलाई याद नै छैन । सोही कारण पनि धेरै सोचविचार पश्चात मैले फ्रान्समै बस्ने निर्णय गरेको हुँ । म सुरुवात देखिनै फ्रान्सको जर्सी लगाइ खेल्न चाहन्थें, र म यहिं हुर्केकोले यो स्वाभाविक पनि हो । ’

अम्टीटीको उक्त निर्णयको ३ वर्ष पछि लेस ब्लुस लाई बलियो प्रतिद्वन्दी बेल्जियम विरुद्ध गोल गर्न असम्भव जस्तो भएको बेला डिफेन्डर भएर पनि कर्नरबाट आएको बललाई हेडिङ मार्फत् गोल गर्दै फ्रान्सलाई जिताएर फाइनल पु¥याए र फ्रान्सले फाइनलमा क्रोयसियालाई हराउँदै विश्वकपको उपाधि नै जित्न सफल भयो ।

२४ वर्षका अम्टीटीको लागि फ्रान्सको टोलीबाट प्राप्त यो विश्वकपको उपाधि पहिलो सफलता होइन । सन् २०१३ मा फ्रान्सले यू–२० विश्वकप जित्दा पनि उनि लेस ब्लुस कै जर्सीमा थिए । उनले फ्रान्सको युवा टोली देखि सिनियर टोलीको धेरै समुहबाट खेलिसकेका छन् ।

यस्तो छ नेपाली टोलीको श्रीलंका भ्रमण तालिका

काठमाडौं, २ भदौ । एसिया कप छनौटको लागि मलेसिया जाने नेपाली टोलीले श्रीलंकामा ३ अभ्यास खेल्ने तालिका रहेको छ । अगस्ट २० मा श्रीलंका जाने नेपाली टोलीले

यस्तो छ एसिया कप छनौट खेल्ने नेपाली टोली

काठमाडौं, २ भदौ । टेष्ट क्रिकेट खेल्ने ५ एसियाली राष्ट्र सम्मीलित एसिया कप खेल्ने अवसर पाइने छनौट प्रतियोगिता लक्षित १५ सदस्यीय नेपाली टोलीको घोषणा

साफ यू–१५ नेपाल चौथो

काठमाडौँ, २ भदौ । भुटानमा जारी साफ यू–१५ महिला फूटबल च्याम्पियनसिपमा नेपालले चौथो स्थान हासिल गरेको छ ।  तेस्रो स्थानका लागि आज भएको खेलमा नेपाल

एसियाकपको छनोटका लागि १५ सदस्यीय टोली घोषणा

 काठमाडौँ, २ भदौ  । एसिया कप क्रिकेट प्रतियोगिताको छनोट खेलका लागि पारस खड्काको कप्तानीमा १५ सदस्यीय टोली आज घोषणा गरिएको छ ।  टोलीको मुख्य