बेल्जियम विजयी हुँदै दंग, इंग्ल्याण्ड पराजित हुँदै निराश

काठमाडौं, ३० असार । विश्वकप २०१८ अन्तर्गत तेश्रो स्थानको लागि भएको खेलमा बेल्जियमले इंग्ल्याण्डलाई २–० गोल अन्तरले हराएपछि बेल्जियमले तेश्रो स्थान प्राप्त गरेको छ ।

खेलको चौथो मिनेटमा नासेर चाड्लीले प्रहार गरेको शटमा थोमस मेउनरले गोल गर्दै बेल्जियमलाई खेलमा १ गोलको अग्रता दिलाएका थिए । पहिलो हाफको बाँकि अवधिमा बेल्जियमकै दवदबा हुँदाहुँदै इंग्ल्याण्डले पनि केहि अवसर बनाएपनि गोल भने हुन सकेन ।

दोश्रो हाफमा पनि खेल प्रतिस्पर्धात्मक भएपनि खेलको ८२ औं मिनेटमा केभिन डे ब्रुनीको सहयोगमा एडेन हाजार्डले गोल गर्दै खेलमा अग्रतालाई दोब्बर बनाएपछि बेल्जियमको जित सुनिश्चित भएको थियो । दोश्रो हाफको बाँकि समयमा थप गोल नभएपछि अन्ततः बेल्जियम २–०  गोल अन्तरले यस खेलमा विजयी भएको छ ।

यो जितसँगै यस प्र्रतियोगितमा बेल्जियमले एक मात्र खेल हारेर बाँकि खेल जितेपछि तेश्रो स्थान प्राप्त गर्दे गर्वसाथ स्वदेश फर्किन पाएको छ । त्यस्तै इंग्ल्याण्डले पनि यस प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेकोले दंग पर्दै घर फर्किन पाएको छ ।

अब भोलि हुने खेलमा फ्रान्सले विश्वकप ट्रफीको लागि क्रोयसियाको सामना गर्नेछ ।

यस्तो छ नेपाली टोलीको श्रीलंका भ्रमण तालिका

काठमाडौं, २ भदौ । एसिया कप छनौटको लागि मलेसिया जाने नेपाली टोलीले श्रीलंकामा ३ अभ्यास खेल्ने तालिका रहेको छ । अगस्ट २० मा श्रीलंका जाने नेपाली टोलीले

यस्तो छ एसिया कप छनौट खेल्ने नेपाली टोली

काठमाडौं, २ भदौ । टेष्ट क्रिकेट खेल्ने ५ एसियाली राष्ट्र सम्मीलित एसिया कप खेल्ने अवसर पाइने छनौट प्रतियोगिता लक्षित १५ सदस्यीय नेपाली टोलीको घोषणा

साफ यू–१५ नेपाल चौथो

काठमाडौँ, २ भदौ । भुटानमा जारी साफ यू–१५ महिला फूटबल च्याम्पियनसिपमा नेपालले चौथो स्थान हासिल गरेको छ ।  तेस्रो स्थानका लागि आज भएको खेलमा नेपाल

एसियाकपको छनोटका लागि १५ सदस्यीय टोली घोषणा

 काठमाडौँ, २ भदौ  । एसिया कप क्रिकेट प्रतियोगिताको छनोट खेलका लागि पारस खड्काको कप्तानीमा १५ सदस्यीय टोली आज घोषणा गरिएको छ ।  टोलीको मुख्य