कुनै टोलीले ‘खेल्न नचाहने’ विश्वकपको खेल


काठमाडौं, २९ असार । विश्वकप २०१८ मा सम्मीलित ३२ राष्ट्रले कुल ६४ खेल खेल्नुपर्ने ६३ खेलको महत्व कुनै न कुनै रुपमा रहने गरेकोले हरेक टोली जितको खोजीमा हुन्छन् । तर एउटा खेल खेल्न सायदै कुनै टोलीलाई मन लाग्ला या भनौं अधिकांस टोलीलाई यो खेल खेल्न नपरोस् भन्ने नै लाग्छ ।

यो निरस खेल भोली खेलिने तेश्रो स्थानको खेल हो । सेमिफाइनलमा पराजित हुने दुई टोली इंग्ल्याण्ड र बेल्जियमले यस प्रतियोगितामा आफ्नो अन्तिम खेल खेल्दैछन् । भन्नलाई यो कास्य पदकको लागि खेलिने खेल भन्ने गरिए पनि वास्तविक रुपमा यहाँ कुनै कास्य पदक भने हुँदैन ।

सेमिफाइनलमा क्रोयसियासँग २–१ गोल अन्तरले स्तब्ध भएको इंग्ल्याण्डका प्रशिक्षक ग्यारेथ साउथगेट पनि यो खेलको लागि खासै उत्सुक छैनन् । उनि भन्छन्, ‘इमान्दारसाथ भन्ने हो भने कुनै पनि टोलीले यो खेल खेल्न चाहँदैनन् । तर यस खेलमा हामी शत प्रतिशत प्रदर्शन गर्छौं, यस कुनै शंका छैन । हामीसँग यस खेलको तयारी गर्न २ दिनको समय पनि छ । ’

‘ राष्ट्रिय टोलीको जर्सी लगाएर खेल्दा हामी गर्वसाथ राम्रो प्रदर्शन गर्दै जित्न चाहन्छौं । तर सेमिफाइनलमा हारेको चोटबाट विक्षिप्त टोलीलाई २४ घण्टामा मानसिक रुपमा तयार भएर यस खेलको लागि तयारी गर्नु गाह्रो हुन्छ , तथापी हाम्रो लागि यो एउटा चुनौती पनि हो । ’ उनि थप्छन् ।

त्यस्तै अर्को सेमिफाइनल खेलमा फ्रान्ससँग १–० गोल अन्तरले पराजित भएको बेल्जियमका मेनेजर रोबर्टो मार्टिनेजको भनाइ पनि यस्तै छ ।
उनि भन्छन् , ‘सेमिफाइनलमा भोगेको हारको चोटले ग्रसित भावनालाई सम्हाल्न गाह्रो हुन्छ । यस्तोमा अर्को खेलमा सकारात्मक खेलको लागि तयार रहन कठिन हुन्छ । ’ मार्टिनेजले युएसए टुडेको लेख्दै यो खेललाई ‘बिल्कुलै व्यर्थ खेल’ को संज्ञा पनि दिएका छन् ।

उनले उक्त पत्रिकामा थप लेखेका छन्, ‘ यो तेश्रो स्थानको खेल फिफाको आम्दानी बढाउने औजार मात्र हो, सेमिफाइनल र फाइनलको अवधि लामो भएकोले बिचमा एउटा खेल राखी खेल हेर्न आतुर दर्शकको ध्यान नहटोस् भन्नको लागि मात्र खेलाइएको हो । ’

मार्टिनेज भन्छन् , ‘कास्य पदकको महत्व ओलम्पिका हुन्छ तर फुटबल विश्वकपमा अझ भनौ समुहमा खेलिने खेलमा यसको कुनै महत्व रहँदैन । ’

हारको पिडाले क्षुब्ध भएको इंग्ल्याण्ड र बेल्जियमले पुनः तयार भइ खेल्नु लाजमर्दो देखिन्छ । सन् १९३४ देखि नै विश्वकपमा तेश्रो स्थानको खेल हुने गरेको छ । यस्तोमा फुटबलका फ्यानहरुले कतिवटा तेश्रो स्थानको खेलको नतिजा सम्झीछन् भन्ने कुराले पनि यस खेलको महत्व न्युन रहेको दर्शाउँछ ।

तर केहि समर्थकलाई यो खेल मनपर्नुको कारण यस खेलमा हुने धेरै गोल नै हो । पछिल्लो ३ विश्वकपको फाइनलमा जम्मा ४ गोल भएको छ भने पछिल्लो ३ वटा विश्वकपको तेश्रो स्थानको प्ले अफमा १२ गोल भएको छ । यसको मुल कारण भनेकै यो खेलको कुनै उपलब्धी नहुनु नै हो ।

यस विश्वकपमा राम्रो प्रदर्शन गरेका इंग्ल्याण्ड र बेल्जियमको विश्वकप यात्रालाई फुटबल समर्थकले सेमिफाइनलमा पराजित टोलीकै रुपमा हेर्नेछन् । न कि तेश्रो स्थानको खेलको विजेता र उपविजेताको रुपमा ।

अझ भनौं, यो खेलमा जित्ने टोलीको लागि भन्दा पनि हार्ने टोलीको लागि थप पिडा हुनेछ । लगातार २ हार व्योहोर्ने टोली विश्वकपको उत्कृष्ट ४ टोलीको हैसियत पाउनु कत्तिको तर्कसंगत होला ? (एजेन्सीको सहयोगमा)

 

यस्तो छ नेपाली टोलीको श्रीलंका भ्रमण तालिका

काठमाडौं, २ भदौ । एसिया कप छनौटको लागि मलेसिया जाने नेपाली टोलीले श्रीलंकामा ३ अभ्यास खेल्ने तालिका रहेको छ । अगस्ट २० मा श्रीलंका जाने नेपाली टोलीले

यस्तो छ एसिया कप छनौट खेल्ने नेपाली टोली

काठमाडौं, २ भदौ । टेष्ट क्रिकेट खेल्ने ५ एसियाली राष्ट्र सम्मीलित एसिया कप खेल्ने अवसर पाइने छनौट प्रतियोगिता लक्षित १५ सदस्यीय नेपाली टोलीको घोषणा

साफ यू–१५ नेपाल चौथो

काठमाडौँ, २ भदौ । भुटानमा जारी साफ यू–१५ महिला फूटबल च्याम्पियनसिपमा नेपालले चौथो स्थान हासिल गरेको छ ।  तेस्रो स्थानका लागि आज भएको खेलमा नेपाल

एसियाकपको छनोटका लागि १५ सदस्यीय टोली घोषणा

 काठमाडौँ, २ भदौ  । एसिया कप क्रिकेट प्रतियोगिताको छनोट खेलका लागि पारस खड्काको कप्तानीमा १५ सदस्यीय टोली आज घोषणा गरिएको छ ।  टोलीको मुख्य