आँप खाऔं स्तन क्यान्सरबाट बचौं

अहिले आँपको सिजन । बजारमा अरुबेला भन्दा केही सहज मूल्यमा फलफुलको राजा मानिने आँप किन्न पाइन्छ । आँपको सेवनबाट हामीले सोच्दै नसोचेको फाइदा पाउन सक्छौ । अझ विषादी कम प्रयोग भएको आँपबाट हाम्रो यौंन क्षमता बढाउन सक्ने तत्वदेखि लिएर क्यान्सन हुनबाट बचाउने तत्व पाइन्छ । 

आँपसेवनबाट पाइने फाइदाहरु यस प्रकार छन् :

प्रजनन क्षमतामा वृद्धि

आँँप फोलेट र फोलिक एसिडयुक्त हुन्छ, जसले प्रजनन क्षमता बढाउन मद्दत गर्छ ।

क्यान्सरबाट बचाउँछ

आँप एन्टिअक्सिडेन्टयुक्त हुन्छ, जसले स्तन क्यान्सर, प्रोस्टेट क्यान्सर कोलोन क्यान्सर तथा ल्युकेमियाबाट बचाउँछ ।

कपालका लागि पनि लाभदायी

भिटामिन र खनिजयुक्त भएकाले यसले कपालको वृद्धिलाई पनि लाभदायी हुन्छ । यसले कन्डिसनरको पनि काम गर्छ । यसमा हुने भिटामिन एले चाँया हटाउछ र कपालमा चमक ल्याउछ ।

दृष्टिशक्ति बढाउछ

यसमा हुने भिटामिन ए र रेटिनोलले आँखाको शक्ति बढाउछ ।

रोगप्रतिरोधी

आँपमा २५ प्रकारका क्यारोटेनोइड्स हुन्छन् र तिनीहरुमा उच्च मात्रामा भिटामिन सि हुने हुनाले शरीरलाई रोग प्रतिरोधी बनाउन मद्दत गर्छ ।

पाचन प्रक्रिया राम्रो बनाउँछ

आँपले पनि पाचन शक्तिलाई राम्रो बनाउछ, किनभने यसमा फाइबर उल्लेख्य मात्रामा हुन्छ । फाइबरले दिसा राम्रो हुन्छ र मेटाबोलिक रेटलाई वृद्धि गर्छ ।

एन्टि अक्सिडेन्टयुक्त

आँपमा एन्टिअक्सिडेन्ट हुनाले कोषलाई पुनजीर्वन दिन तथा पुननिर्माण गर्न मद्दत गर्छ । यसले छालालाई भित्रैबाट रासायनिक पदार्थको असरबाट जोगाउछ ।

यौन क्षमता बढाउछ

आँपमा हुने भिटामिन ईले मानिसमा यौनक्षमता बढाउन मद्दत गर्छ । यसले कोलेस्टेरोल घटाउन र मधुमेह रोक्न मद्दत गर्छ । आँपले रगतमा हुने घातक होमोसिस्टाइन तहलाई नियन्त्रण गरी हृदयाघात हुनबाट बचाउछ । होमोसिस्टाइन रक्त नलीलाई अवरुद्ध गर्न सक्छ र हृदयाघात हुने सम्भावना हुन्छ । त्यतिमात्र होइन आँपले छालाका लागि निकै राम्रो गर्छ, छालामा भएका काला धब्बा तथा दाग हटाउछ र प्राकृतिक चमक ल्याउछ । आँपमा हुने भिटामिन ए र बेटा क्यारोटिनले छाला पुनर्निर्माण गर्छ ।

एउटा आँपमा ८६.१ प्रतिशत पानी, ६.६ प्रतिशत प्रोटिन, ०.१ प्रतिशत चिल्लोपदार्थ, ०.३ प्रतिशत खनिज लवण, ११.८ प्रतिशत कार्बोहाइड्रेट, १.१ प्रतिशत फाइबर (रेशा), ०.०१ प्रतिशत कार्बोहाइड्रेट र ०.०२ प्रतिशत फोःफोरस पाइन्छ । (एजेन्सी)

तपाईंको क्यान्सर कतै बल्झिएको त छैन ?

 काठमाडौं । घातक रोग क्यान्सर बल्झिन नदिन नेपालमा ‘क्यान्सर सरभाइभरसिप कार्यक्रम’ सुरु भएको छ । नेपाल क्यान्सर अस्पताल हरिसिद्धिले उपचारपछि

सावधान ! बाथरोगले मिर्गौला पनि नष्ट गर्न सक्छ

काठमाडौं । जनचेतनाको अभावले बाथरोग ठूलो समस्या बन्दै गएको सम्बद्ध विज्ञहरूले बताएका छन् । यसबारे चेतना अभिवृद्धि नहुँदा तथा खानपानमा ध्यान

एक शेरबहादुरको सिंगापुरमा उपचार हुँदै,अर्का शेरबहादुरको उपचार नपाएर मृत्यु

काठमाडौं, २४ साउन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा स्वास्थ्योपचार गर्न बुधबार सिंगापुर उडेका छन्। उनी त्यहाँको कुनै सुविधा सम्पन्न

यी ११ फाइदाहरुका कारण मेवाको उपभोग हितकारी

काठमाडौं, २० साउन । मेवा सामान्यतया फरक फरक भुगोलमा पाइने तथा भिटामीन ‘सी’ को खानी भएको अद्भुद फल हो । यसको सेवनले मानव शरिरमा विभिन्न प्रकारका