भक्तपुुर क्षेत्रमा १० घण्टा भारी वर्षा

काठमाडौं,२८ असार । बितेको करिब १० घण्टामा भक्तपुर क्षेत्र र आसपासमा भारी वर्षा भएको विवरण मौसम पूर्वानुमान महाशाखाले सार्वजनिक गरेको छ । 

 हिजो बुधबार बिहान ८ ४५ देखि आज बिहान ८ ४५  सम्म २४ घण्टा नै वर्षा भएकोमा १० घण्टा भने निकै भारी वर्षा हुँदा त्यस क्षेत्रमा जलमग्न भै जनजीवन प्रभावित भएको विभागले जनाएको छ।  

भक्तपुर र आसपास रहेका विभिन्न वर्षामापन केन्द्रहरुको मापन अनुसार नगरकोटमा ११७ मिमि,चागुनारायणमा ७६ मिमि,भक्तपुरमा १२९.६ मिमि र गोदावरीमा ११५.८ मिमि वर्षा भएको थियो ।