'संविधान आउँदैमा मात्र संघीयता कार्यान्वयन हुँदैन'- विमलेन्द्र

काठमाडौं, २८ असार । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले संबिधान जारी भएर मात्र संघीयता कार्यान्वयन नहुने हुँदा प्रदेशको पूर्बाधारमा जोड दिनुपर्ने बताएका छन्। 

नेपाल भ्रमणमा रहेका फोरम अफ फेडेरेशनस्का एसिया÷अष्टे«लिया निर्देशक फिलिप गोन्जालेजसँग आज बिहान कांग्रेस मुख्यालय सानेपामा भएको भेटमा उपसभापति निधिले प्रदेशको पूर्बाधारमा जोड दिएका हुन्। उनले पर्याप्त साधनस्रोत बिना प्रदेश सरकारलाई काम गर्न कठिनाई हुने उल्लेख गरे। प्रदेश सरकारले आफ्नो प्रदेशको समृद्धिका लागि के गर्न सकिन्छ भनेर स्थानीयसंग छलफल र अन्तरक्रिया गरी समृद्धिका आधार खोज्नु पर्ने उपसभापति निधिको भनाई थियो । 

उपसभापति निधिसँगको भेटमा फोरम अफ फेडेरेशनस्का एसिया÷अष्टे«लिया निर्देशक फिलिप गोन्जालेजले नेपालजस्तै संघीय संरचना भएका देशमा फेडेरेशनस्ले गरेका कामबारे चर्चा गर्दै प्रदेशको पूर्बाधार र जनप्रतिनिधिको सशक्तिकरणमा जोड दिनुपर्ने उल्लेख गरे। 
सुशासनका क्षेत्रमा कार्यरत अन्तर्राष्ट्रिय यो संस्थामा क्यानाडा, अष्टे«लिया, जर्मनी, स्वीजरल्याण्ड लगायतका १० राष्ट्र आबद्ध छन् । 
 

 ओली र प्रचण्डले सोझै अध्यक्षको उम्मेदवार बन्न नपाउने

काठमाडौँ, १ साउन  । नेपाल कम्युनिष्ट पार्टीले सबै कमिटीका पदाधिकारी र सदस्यले महाधिवेशन/अधिवेशनमा प्रतिनिधिका रुपमा भाग लिन अनिवार्य रुपमा

 सरकारको नियतमाथि कांग्रेस सशंकित

काठमाडौँ, ३२ असार  । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आमरण अनशनरत डा गोविन्द केसीका मागप्रति गम्भीर हुन सरकारलाई आग्रह गरेका छन्

 ‘ओली सरकारको आयु माघसम्म’ 

काठमाडौं, ३१ असार । राष्ट्रिय प्रजातान्त्रिक गठबन्धनका संयोजक किशोरी महतोले संविधान पुनरलेखन सभाको माग गरेका छन् ।    आईतबार आयोजना गरेको पत्रकार

 राजपा संसदीय दलको नेतामा महन्थ ठाकुर सर्वसम्मत 

  काठमाडौँ, ३० असार ।  राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको संसदीय दलको नेतामा सो पार्टीका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर सर्वसम्मत चयन भएका