प्रचण्ड र विश्व बैंक निर्देशक वीच यस्तो भयो वार्ता   

काठमाडौँ, २८ असार । विश्व बैंकका प्रतिनिधि बिहीबार बिहानै खुमलटार पुगेर नेकपाका अध्यक्ष पुष्पकमल दाहालसँग भेटेका छन् । शिष्टाचार भेट भनी खुमलटार पुगेका विश्व बैंक प्रतिनिधिले नेपालको राजनीतिक स्थायित्व र भावी कार्यक्रमबारे आश्वस्त हुन दाहालसँग भेटेको थाहा भएको छ । दाहालले भने उनीहरुसँग नेपालले आर्थिक समृद्धिको यात्रा तय गरेकाले थप लगानीका लागि विश्व   आग्रह गरेका थिए । 

बैंकका प्रतिनिधि तथा देशीय निर्देशक हदाद–जर्वोस र दाहालवीच आर्थिक र राजनीतिक बिषयमा पनि विस्तारमा छलफल भएको थियो ।
 अध्यक्ष दाहालले नेपालको इतिहासमा ७० वर्षपछि राजनीतिक स्थिरता कायम भएको उल्लेख गर्दै आर्थिक विकासका लागि सुवर्ण अवसर भएको सुनाएका थिए ।

अध्यक्ष दाहालले भने, “हामीसँग तीन वटा (स्थानीय, प्रादेशिक र संघीय) सरकार रहेका छन् । हामी हाम्रा प्राथमिकता निर्धारण गर्छौं । जनताले प्रत्यक्ष अनुभूत गर्ने विकास योजना नै हाम्रा प्राथमिकतामा रहनेछन् ।” 

 विश्व बैंकका देशीय निर्देशक जर्वोसले नेपालमा राजनीतिक स्थिरता कायम भएको भन्दै प्रशन्नता व्यक्त गरेका थिए । उनले आफूहरुसँग विभिन्न देशका आर्थिक विकासका अनुभव रहेको बताउँदै ती अनुभव नेपालको विकासमा उपयोगी हुने विश्वास जनाएका थिए । 

जर्वोसले भने, “हामी पूर्वाधार विकासमा केन्द्रित हुन्छौँ र सरकारको मातहत बसेर काम गर्छौं । तपाईहरुको प्रगति नै हाम्रो प्रगति हो ।”  
 

 ओली र प्रचण्डले सोझै अध्यक्षको उम्मेदवार बन्न नपाउने

काठमाडौँ, १ साउन  । नेपाल कम्युनिष्ट पार्टीले सबै कमिटीका पदाधिकारी र सदस्यले महाधिवेशन/अधिवेशनमा प्रतिनिधिका रुपमा भाग लिन अनिवार्य रुपमा

 सरकारको नियतमाथि कांग्रेस सशंकित

काठमाडौँ, ३२ असार  । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आमरण अनशनरत डा गोविन्द केसीका मागप्रति गम्भीर हुन सरकारलाई आग्रह गरेका छन्

 ‘ओली सरकारको आयु माघसम्म’ 

काठमाडौं, ३१ असार । राष्ट्रिय प्रजातान्त्रिक गठबन्धनका संयोजक किशोरी महतोले संविधान पुनरलेखन सभाको माग गरेका छन् ।    आईतबार आयोजना गरेको पत्रकार

 राजपा संसदीय दलको नेतामा महन्थ ठाकुर सर्वसम्मत 

  काठमाडौँ, ३० असार ।  राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको संसदीय दलको नेतामा सो पार्टीका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर सर्वसम्मत चयन भएका