भारतीय राज्यसभामा नेपाली भाषा बोल्न पाइने

भारतीय राज्यसभा सदस्यहरुले नेपाली र मैथिलीमा पनि बोल्न पाउने भएका छन्। राज्यसभाका सभापति एम वेंकैया नायडूले मंगलबार उक्त जानकारी दिएका हुन्। संसदको आगामी मनसुन सत्रमा राज्यसभामा सांसदले भारतीय संविधानको आठौं सूचीमा समावेश सबै भाषामा बोल्न पाइने नायडूले बताए । 

आठौं सूचीमा समावेश २२ भाषामध्ये कुनै पनि भाषामा बोल्न पाइने उनले स्पष्ट पारे। राज्यसभा सचिवालयले डोगरी, कश्मीरी, कोङकणी, सन्थाली र सिन्धीका लागि पनि अनुवादको व्यवस्था गरिएको जनाए। नायडूले मंगलबार औपचारिक रुपमा यी भाषामा अनुवादकलाई राज्यसभाको अनुवादक टोलीमा समेल पनि गरे । अन्नपूर्ण पोस्टबाट ।

अनशनरत डा. केसीको मस्तिष्कमा समस्या!

जुम्लामा पन्ध्र दिनदेखि अनशन बसिरहेका डा. गोविन्द केसीले औषधि प्रयोग गर्न नमान्दा उनलाई विभिन्न स्वास्थ्य समस्याले च्याप्दै लगेको उपचारमा संलग्न

कसले उचाल्ला २१ औं विश्वकपको ट्रफी ?

विश्वकपको फाइनलमा पुग्नु आफैंमा ठूलो उपलब्धि हो । उत्कृष्ट क्षमता प्रस्तुत गर्दै सबै खाले अप्ठ्यारा चिरेर उपाधि होडमा उभिएका फ्रान्स र क्रोएसियाबीच

परिवार नियोजनका साधन नै प्रयोग गर्दैनन् किशोरकिशोरी

परिवार नियोजन लक्षित धेरै कार्यक्रम र योजना सरकारले ल्याए पनि किशोरकिशोरीमा यसको प्रयोग भने निकै कम पाईएको छ ।  जनचेतना कमी, गोपनीयता नहुने र

अब श्रीमती पिडित पुरुषले पनि सम्बन्ध विच्छेद गर्न पाउने

के तपाईं श्रीमतीबाट पीडित हुनुहुन्छ ? जीवनभरि पीडित भएर पनि श्रीमतीले सम्बन्ध विच्छेद नगर्दा मानसिक तनाव झेलिरहनुभएको त छैन ?  यस्तो समस्या भएको भए