सिण्डिकेट फर्काउने षडयन्त्र भइरहेको छः गृहमन्त्री  

काठमाडौँ, २८ असार । गृहमन्त्री रामबहादुर थापा‘बादल’ले यातायात क्षेत्रमा सिण्डिकेट फर्काउने कुरा अब सम्भव नरहेको स्पष्ट पारेका छन् ।
बुधबार नयाँ बसपार्कमा आयोजना गरिएको ‘याताय क्षेत्रको विद्यमान अन्यौलता, चुनौती र समाधान’ विषयक अन्तरक्रिया कार्यक्रममा गृहमन्त्री थापाले अझै सिण्डिकेट फर्काउने प्रयास भईरहेको भन्दै त्यो पुरा नहुने बताए ।
उनले भने, ‘अहिलेपनि केही मुठिभर व्यवसायीको मात्रै एकाधिकार हुने, उनिहरुको समृद्धि हुने, यो क्षेत्रमा आउन खोजेका हजारौँ नयाँ व्यवसायीको बाटो रोक्ने गरी सिण्डिकेटलाई फर्काउने षड्यन्त्र भईरहेको छ । यसबारे सरकार सचेत छ ।’  यातायात मात्रै नभई कृषी , शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा सिण्डिकेटले जरा गाडेको भन्दै देश विकासका लागि यो बाधक रहेको गृहमन्त्री थापाको भनाई छ ।
‘सिण्डिकेट रहेसम्म देशको विकास र समृद्धि सम्भव छैन । जनतालाई समृद्ध बनाउने जुन प्रतिवद्धता गरेका छौं । त्यो पुरा हुन सक्दैन ।’ गृहमन्त्री थापाले भने । सिण्डिकेट हटाउने निर्णय यातायात व्यवसायी, मजदुर, यात्रु सबैका हितमा रहेको भन्दै सबैको सहयोगका लागि उनले अपिल गरे ।
 
राउटेले पाए परिचयपत्र

  सुर्खेत, ३१ असार । पश्चिम नेपालमा फिरन्ते जीवन बिताउँदै आएको राउटे समुदायलाई पहिलो पटक स्थायी परिचयपत्र प्रदान गरिएको छ । कर्णालीप्रदेश

सर्पको टोकाइबाट मृत्यु

सुरुङ्गा, झापा ३१ असार । विषालु सर्पको डसाइबाट आज झापामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोड नगरपालिका– ६ बुट्टाबारी निवासी ४५ वर्षीय

सर्पको डसाइबाट मृत्यु