५० करोडका आयोजना, २५ करोड अनियमितता

दुई खानेपानी आयोजनाका लागि ५० करोडको पाइप खरिद गर्दा नेपाल खानेपानी संस्थानबाटै २५ करोड घोटाला भएको छ । संस्थानद्वारा सञ्चालित बुटवल खानेपानी आयोजना र राप्ती खानेपानी आयोजनाका लागि पाइप खरिदमा अनियमितता भएको हो ।अनियमितता भएको उजुरीका आधारमा गरिएको छानबिनमा २५ करोड घोटाला भएको पाइएको हो । खानेपानी तथा सरसफाइमन्त्री विना मगरको निर्देशनमा मन्त्रालयले कानुनका उपसचिव गुणराज श्रेष्ठको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो ।

छानबिन समितिले संस्थानले पाइप खरिदका लागि लागत अनुमानदेखि नै अनियमितता सुरु भएको प्रतिवेदन तयार पारेको छ । कम्पनी छनोटका लागि मापदण्ड तोक्दा नै मिलेमतोमा दुईवटा कम्पनीलाई ठेक्का पारेर आर्थिक हिनामिना गरिएको प्रतिवेदनमा दाबी गरिएको छ ।

‘संस्थानले एकै प्रकृतिको कामलाई दुई टुक्रा पारेको छ, दुई ठेकेदार कम्पनीसँगको मिलेमतोमा इस्टिमेट तयार पारी सोही रेटमा टेन्डर आह्वान गरेको र ठेकेदार कम्पनीले पूरा गर्नुपर्ने मापदण्ड पनि दुई कम्पनीसँग मिल्ने गरी मात्र बनाएको पाइयो,’ छानबिन समितिको प्रतिवेदनमा भनिएको छ, ‘त्यसरी मिलेमतोमा ठेक्का पाएको कम्पनीले ५० करोड लागतमा किन्नुपर्ने पाइपको भन्सार पास गरेको प्रज्ञानपत्र हेर्दा जम्मा २५ करोडमा खरिद भएको देखिन्छ ।’  नयाँ पत्रिकाबाट ।

 

अनशनरत डा. केसीको मस्तिष्कमा समस्या!

जुम्लामा पन्ध्र दिनदेखि अनशन बसिरहेका डा. गोविन्द केसीले औषधि प्रयोग गर्न नमान्दा उनलाई विभिन्न स्वास्थ्य समस्याले च्याप्दै लगेको उपचारमा संलग्न

कसले उचाल्ला २१ औं विश्वकपको ट्रफी ?

विश्वकपको फाइनलमा पुग्नु आफैंमा ठूलो उपलब्धि हो । उत्कृष्ट क्षमता प्रस्तुत गर्दै सबै खाले अप्ठ्यारा चिरेर उपाधि होडमा उभिएका फ्रान्स र क्रोएसियाबीच

परिवार नियोजनका साधन नै प्रयोग गर्दैनन् किशोरकिशोरी

परिवार नियोजन लक्षित धेरै कार्यक्रम र योजना सरकारले ल्याए पनि किशोरकिशोरीमा यसको प्रयोग भने निकै कम पाईएको छ ।  जनचेतना कमी, गोपनीयता नहुने र

अब श्रीमती पिडित पुरुषले पनि सम्बन्ध विच्छेद गर्न पाउने

के तपाईं श्रीमतीबाट पीडित हुनुहुन्छ ? जीवनभरि पीडित भएर पनि श्रीमतीले सम्बन्ध विच्छेद नगर्दा मानसिक तनाव झेलिरहनुभएको त छैन ?  यस्तो समस्या भएको भए