क्रोयसिया फाइनलमा प्रवेश, इंग्ल्याण्ड २–१ ले पराजित


काठमाडौं, २८ असार । विश्वकप २०१८ अन्तर्गत सेमिफाइनलको अन्तिम खेलमा क्रोयसियाले विश्व फुटबललाई चकित पार्दै इंग्ल्याण्डलाई हराएको छ । अतिरिक्त समयमा मारियो मान्जुकेचले गोल गर्दै इंग्ल्याण्ड विरुद्ध २–१ गोल अन्तरले जित दिलाउँदै क्रोयसियालई फाइनलमा प्रवेश गराउन सफल भए ।

विश्वकपको इतिहासमा पहिलो पटक फाइनल पुगेको क्रोयसियाको यस विश्वकपको यात्रा अद्भुद रहेको छ । समुह चरणमा ३ खेल जितेको यस टोलीले प्रि क्वार्टरफाइनल र क्वार्टरफाइनलमा डेनमार्क र रसियालाई पेनाल्टी शुट आउटमा हराएको थियो । आजको जित सँगै फाइनलमा क्रोयसिया र फ्रान्स भिड्ने पक्का भएको छ । त्यस्तै तेस्तै इंग्ल्याण्ड र बेल्जियमले तेश्रो स्थानको लागि खेल्ने भएका छन् ।

यसअघि खेलको ५ औं मिनेटमा काइरन ट्रिपिएरले आकर्षक फ्रि किक मार्फत् गोल गर्दे इंग्ल्याण्डलाई खेलमा अग्रता दिलाएका थिए । यस विश्वकपको उपाधिनै जित्ने लक्ष्य राखेको थ्रि लायन्स  उक्त गोलबाट हौसिएको थियो । तथापी प्राविधिक रुपमा उत्कृष्ट खेलेको क्रोयसियाले उक्त गोलबाट निरास नभइ खेलमा इंग्ल्याण्डलाई दबावमा राखेको थियो ।

पहिलो हाफमा बराबरी गोल गर्न प्रयासरत क्रोयसियाले इंग्ल्याण्डका गोल किपरलाई व्यस्त बनाए पनि कुनै गोल हुन सकेन । १ गोलले अग्रता लिएको इंग्ल्याण्डका ह्यारी केन र जेसी लिंगार्डले थप गोल गर्ने अवसर गुमाएसँगै तुलनात्मक रुपमा रक्षात्मक देखिएको थियो ।

दोश्रो हाफको सुरुवातमा क्रोयसियाको तुलनामा इंग्ल्याण्डले आक्रामक खेल खेलेको थियो । क्रोयसियाको डि बक्स एरियामा पटक पटक बल पुराएका ह्यारी केन र उनका समकक्षीले क्रोयसियन किपर ड्यानियल सुवासिचलाई हैरान पारेपनि गोल गर्न भने असक्षम रहे ।

यसको विपरित खेलको ६८ औं मिनेटमा क्रोयसियाका साइम भ्रिसाल्कोले दिएको पासमा इभान पेरिसिचले देब्रे खुट्टाले टच गर्दै गोल गरेपछि क्रोयसिया खेलमा फर्किएको थियो । दोश्रो हाफको बाँकि समयमा इंग्ल्याण्डले केहि राम्रा प्रयास गरेपनि समग्रमा फितलो देखिएको थियो ।

अर्कोतर्फ बराबरी गोल गर्न सफल क्रोयसियाले प्राविधिक रुपमा उत्कृष्ट फुटबल खेलेको थियो ।

निर्धारित ९० मिनेटमा खेल बराबरी भएपछि थपिएको अतिरिक्त समयमा मारियो मान्जुकेचले डि बक्स भित्र पाएको अवसरलाई गोलमा परिणत गर्दै क्रोयसियालाई पहिलो पटक फाइनलमा प्रवेश गराउन सफल भए । खेलको बाँकि समयमा अन्य कुनै गोल नभएपछि अन्ततः क्रोयसिया २–१ को गोल अन्तरले पराजित भइ फाइनल पुग्नबाट चुकेको छ ।

आगामी शनिबार बेल्जियम र इंग्ल्याण्ड बिच तेश्रो स्थानको लागि खेल हुनेछ भने आइतबार विश्वकप उपाधिको लागि क्रोयसिया र फ्रान्सले प्रतिस्पर्धा गर्नेछन् ।

 

 

 

फ्रान्स र क्रोएसियाका फुटबल खेलाडीलाई सर्वोच्च सम्मान र स्वागत

पेरिस । रुसको मस्कोमा भएको विश्वकप फुटबल प्रतियोगिताको विजेता फ्रान्सका फुटबल टोलीलाई देशकै सर्वोच्च सम्मान ‘लिजन दि अनर’ प्रदान गरिने भएको छ

एमसीसी र नेदरल्याण्ड्ससँग खेल्न १५ क्रिकेटर छनौट

काठमाडौं, १ साउन । साउन १३ देखि सुरु हुने टि–२० तथा एकदिवसिय सिरिजको लागि पारस खड्काको कप्तानीमा १५ सदस्यीय खेलाडि छनौट गरिएको छ । नेपालले टि–२०

 विश्वकप विजेता फ्रान्सलाई स्वदेशमा भव्य स्वागतको तयारी

मस्को, ३२ असार । रुसको मस्कोमा भएको फिफा विश्वकप फुटबल प्रतियोगिताको विजेता फ्रान्सको फूटबल टोलीलाई स्वदेशमा भव्य स्वागतको तयारी भएको छ ।  फूटबल

नेपाली खेलाडी टोली थाइल्यान्डमा 

काठमाडौँ, ३२ असार । थाइल्यान्ड ओपन कराते च्याम्पियनसिपमा सहभागी हुन १९ खेलाडीसहित ४७ सदस्यीय नेपाली टोली आज थाइल्यान्डको राजधानी बैंकक प्रस्थान