सेते भाईलाई थाहा छ ३३ किलोका ठूला मालिक 

केहि महिना अगाडि देखि उधुमै मच्चाएको, केहि व्यक्तिको हत्या भएको भनिएको, केहि व्यक्ति समातिएको भनेर समाचारमा आएको ३३ किलो सुन काण्डकाबारेमा आजभोली कुनै चर्चा भएको पाईँदैन। किन हो किन यसका बारेमा थोरबहुत जान्न पाए हुन्थ्यो भन्ने जिज्ञासा रहेको छ। धेरैनै व्यक्ति समातिँदा पनि उहाँहरुले ठूला मालिकका बारेमा चाहिँ नभन्नु भएको हो कि अथवा जति समातिनु भएको छ उहाँहरुलेनै ठूला मालिक हुनुहुन्छ की? सुनिन्छ, कोहि त निर्दोषलाई पनि यसमा मुछिएको छ आदि­ईत्यादि।

सरकारले एउटा अनुसन्धानका लागि यति लामो समय लगाउँदा पनि यथार्थ के थियो भनेर बताउन किन ढिलो गरेको हो? कि भन्नै नहुने रहस्य पो पत्ता लाग्यो कि? यदि त्यसो हो भने त भन्नु पर्देन। हामी जनता त्यसै विर्सिदिउँला। हामी जनतालाई कुनै एक घटना भएको मितिले जेनतेन १­२ हप्ता वितेपछि कहिल्यै चासो हुँदैन।

अचम्मका सहनशील जनता हामी नमूना नै हौं नि। 

विगतमा पनि सुन्ने गरिएका अनेकौं सुनकाण्डहरु त्यतिकै मजाले सजिलैसँग पच्दै आएको हुनाले यस पटक पनि त्यसै गरी काम कुरा मिल्छ होला। ती सेते भाईले पनि यस पटक चाहिँ अलि दुख पाए क्या! सधंै सजिलै हुने गरेको कामलाई कुन अर्को भाईले विचबाटोमै ल्याङ गर्दिएकोले अलि अप्ठेरो बनाई दिएछ। त्यो सेते भाईलाई पनि मर्का नपर्ने गरेर कार्वाही अगाडि बढिरहेको भन्ने सुनिन्छ। त्यसैले सेते भाई त्यसमा क­कस्को संलग्नता छ त्यो चाहिं नभनहै फेरि ठूला मालिकको दनक भेटौला। हामी जनताले त विर्सिसक्यौं, तिमी ढुक्क भए हुन्छ। अव छानविन टोलिले पनि विर्सन्छन् र त्यो अदालतले सबै काम कुरो अगाडि बढाएको छ भनेर जनतालाई भनि दिए भैहाल्यो नि। यो देशमा कत्रा कत्रा काण्ड त त्यतिकै सजिलै मिल्छ भने यो ३३ किलोको काण्ड त सानो तिनो कुरा हुने भैगयो। 

सेते भाई तिमी त्यताबाट निस्किए पछि पनि आफ्नो व्यवसाय शुरु गर्छौ होला नि। सुनका डल्ला चाहिं दुवईतिरको आफ्नै खानीबाट निःशुल्कमा ल्याउने हो? विश्वभरीनै सुन र डलरको मूल्य हरेक दिन फरक पर्ने हुँदा त्यो दिनको कति मूल्य छ भनेर दैनिक प्रकाशन हुन्छ। अनि कसरी कति नाफा हुने भएर त्यति धेरै जनाले मिलेर खाने रहेछन् भन्या। लगानीनै नपरे जसरी एक पटक सुन छिराउँदा गतिलै रकम हात पर्ने कस्तो सजिलो व्यवसाय रहेछ यो। अवैध धनलाई वैधता दिनका लागि सिधै विमानस्थलको चोरबाटोबाट झिकाउनु पर्ने हो यो सामान चाहिं? यो सबै सेते भाईलाई थाहा छ होला, उनले भविष्यमा यस्को बारेमा खुलाई दिन्छन् की?

हेर सेते भाई हामी नेपाली जनतालाई कसैले साँचो कुरा भन्दैनन् तर तिमिले चाहिं कुनै दिन पक्कै सही कुरा बताउने छौ। यस पटकको ३३ किलो सुन काण्डको त हामीलाई केहि दिन विभिन्न मिडिया मार्फत सुन्ने अवसर मिलाई दियौ। छानविनमा तल्लिन सरकारले पनि अनुभूति हुनेगरी यो काण्डको बारेमा प्रष्ट पारि दिए हुन्थ्यो तर तपाईंहरुलाई पनि सबै भन्न गाह्रो छ होला। जागिर खाने अवधी अझै लामै छ होला। ठूला मालिक को­को हुनुहुँदो रहेछ र साना मालिकहरु को­को हुनुहुँदो रहेछ जान्न निकै उत्सुक भएकोले यति कुरा राखें।   
 

मार्सीको भात: नीतिगत भ्रष्टाचारकोे राष्ट्रिय ‘ब्राण्ड’

उच्च हिमाली भेगमा फल्ने धानको नाम हो मार्सी । मार्सी धानको चामलको भातको एउटा विशेषता हो जति खाए पनि पेटलाई गरुङ्गो नबनाउने, छिटै पचिहाल्ने र खाइसेको

गत वर्ष रु ७० मा बेचेको आँपको मूल्य यसवर्ष प्रतिकिलो रु १०, निरास छन् किसान

बर्दिबास, ३२ असार । महोत्तरी जिल्लामा यसपालि आँपको उचित मूल्य नपाउँदा यहाँका किसान निरास भएका छन् । मुख्य व्यवसाय नै आँप खेती रोजेका जिल्लाका किसान

अब सुविधासम्पन्न बसमा सौराहा–पोखरा–सौराहा, भाडा १५००

  चितवन, ३२ असार । सौराहा–पोखरा–सौराहा रुटका लागि सुविधासम्पन्न पर्यटक बस सञ्चालनमा आउने भएको छ । पोखरा जगदम्बा ट्राभल्सले मंगलबारदेखि दैनिक

वायुसेवा निगममा साढे ६ अर्बको छटपटी, कंसाकारलाई चिट्चिट् पसिना

काठमाडौं । नेपाल वायुसेवा निगमले एअरबसद्धारा निर्मित ३३० २०० सेरिजको वाइडबडीको जहाज आफ्नो बेडामा भित्र्याएको दुई हप्तापछि यसका अनौठो प्रेस