सन्दीप लामिछाने र सुनिल नाराइनले जिताए मन्ट्रीयललाई


काठमाडौं, २७ असार । क्यानडाको घरेलु लिग ग्लोबल टि–२० क्यानडाको दोश्रो चरणको खेलमा नेपाली स्टार सन्दीप लामिछाने र वेष्ट इन्डीजका स्टार सुनिल नाराइनको योगदान सँगै मन्ट्रीयल टाइगर्सले वेष्ट इन्डीज बी लाई ६ विकेटले पराजित गरेको छ । यो जितसँगै मन्ट्रीयलको एलिमिनेटर खेल्ने सम्भावन बढेको छ ।

६ टिम सम्मीलित यस प्रतियोगिताको अंक तालिकामा मन्ट्रीयल पाँचौ स्थानमा छ । आज हुने खेलमा विनीपेग हक्स टोलीले ठुलो अन्तरमा खेल हारेमा मन्ट्रीयल अंक तालिकाको चौथो स्थानमा उक्लीइ एलिमिनेटर खेल्न पाउनेछ । टोरन्टो नेशनल्स यो प्रतियोगितबाट बाहिरिइ सकेको छ ।

पहिलो चरणको सुरुको ५ खेलमा ४ खेल हारेपछि मन्ट्रीयलको प्ले अफ खेल्ने सम्भावना पातलिइ सकेको थियो । यस्तोमा हिजो रातीको दोश्रो चरणको खेलमा राम्रो अन्तरले जितेकोले मन्ट्रीयलको सम्भावना गणितिय आधारमा जिवित रहेको हो ।

हिजोको खेलमा टस हारेको पहिले ब्याटिङ गरेको वेष्ट इन्डीज बी ले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६२ रन बनाएको थियो । वेष्ट इन्डीज बी को लागि शमर स्प्रीङ्गरले सर्वाधिक ६२ रन बनाएका थिए । त्यस्तै निकोलस पुरन, ब्रेन्डन किङ, काभेम हज र फाबियान एलेनले क्रमशः २५, २३, १३ र ११ रन बनाएका थिए ।

बलिङ गर्ने क्रममा नेपाली स्टार सन्दीप लामिछानेले ४ ओभरमा ३१ रन दिएर सर्वाधिक ३ विकेट लिएका थिए । १३ बल डट राखेका सन्दीपको कसिलो बलिङको कारण राम्रो सुरुवात गरेको वेष्ट इन्डीज बी ले ठुलो योगफल बनाउनबाट चुकेको थियो ।

इनिङको तेश्रो ओभरमै बलिङ गर्न आएका सन्दीपको पहिलो ३ बलमा ब्रेन्डन किङले लगातार ३ चौका प्रहार गरेका थिए । सन्दीपले सोही ओभरमा कमब्याक गर्दै चौथो बल डट राख्दै पाँचौ बलमा ब्रेन्डनलाई बोल्ड गरेका थिए । ओभरको अन्तिम बलमा पनि कुनै रन बन्न सकेन र सन्दीपले पहिलो ओभरमा १२ रन खर्चिदैं १ विकेट लिन सफल भए ।

खेलको पाँचौ ओभरमा पुनः बलिङ गर्न आएका सन्दीपले ३ रन मात्र दिएका थिए । उक्त ओभरमा उनले ४ बल डट राखेका थिए ।

त्यस्तै खेलको १३ औं ओभरमा बलिङको जिम्मेवारी पाएका सन्दीपको पहिलो बलमा निकोलस पुरनले छक्का प्रहार गरेका थिए । उक्त शटको जवाफ सन्दीपले दोश्रो बलमा दिंदै पुरनलाई क्याच आउट गराएका थिए । सो ओभरमा लेग बाइमा ४ रन गुमाए पनि सो रन सन्दीपको खातामा नदेखिने भएकोले कुल १० रन दिंदै एक विकेट लिए ।

इनिङको १५ औं ओभरमा आफ्नो अन्तिम ओभर लिएर आएका सन्दीपको पहिलो बलमा शमर स्प्रीङगरले चौका प्रहार गरेका थिए । उनको आक्रामक शटको जवाफ आक्रामक बलिङले दिंदै सन्दीपले दोश्रो बलमै शमरलाई पनि क्याच आउट गराएका थिए । बाँकि ४ बलमा २ रन मात्र दिइ उनले आफ्नो स्पेल पुरा गरेका थिए ।

सन्दीप बाहेक मन्ट्रीयलका लागि सेसिल परभेजले २ विकेट लिएका थिए भने लासिथ मालिङ्का र डिलोन हेलिगरले १/१ विकेट लिएका थिए ।
जवाफी ब्याटिङ गरेको मन्ट्रीयलले १७.३ ओभरमा ४ विकेट गुमाउँदै १६५ रन बनाउँदै लक्ष्य पुरा गरेको थियो ।

मन्ट्रीयलका लागि ओपनर सुनिल नाराइनले २५ बलमा ९ छक्का र १ चौका सहित ६१ रन बनाए । त्यस्तै मोइजेज हेन्रीकेले ३२ रनको योगदान दिए भने सिकन्दर राजा र नजिबुल्लाह जद्रानले अविजित रहँदै क्रमशः ३२ र २९ रन बनाए ।

वेष्ट इन्डीज बी का लागि खारी पिएरेले २ तथा डेर्भल ग्रिन र फाबियन एलेनले १/१ विकेट लिए ।

प्रतियोगितामा फितलो प्रदर्शन गरिरहेको मन्ट्रीयल टाइगर्सले एलिमिनेटरमा स्थान बनाएमा प्रतियोगिता रोचक हुने देखिएको छ । बलिङमा राम्रो गरिरहेको मन्ट्रीयलले आजको खेलमा ब्याटिङमा पनि लय पाएको छ ।

त्यस्तैगरी सन्दीप लामिछाने पनि यस टिमको सुरुवाती छनौटमै परेर खेलिरहेका छन् भने खेलेको सबै खेलमा पुरा स्पेल बलिङ पनि गरिरहेका छन् । यस्तोमा उनको बलिङ झन् निखारिएको तथ्यांकले बताउँछ ।     

 

फ्रान्स र क्रोएसियाका फुटबल खेलाडीलाई सर्वोच्च सम्मान र स्वागत

पेरिस । रुसको मस्कोमा भएको विश्वकप फुटबल प्रतियोगिताको विजेता फ्रान्सका फुटबल टोलीलाई देशकै सर्वोच्च सम्मान ‘लिजन दि अनर’ प्रदान गरिने भएको छ

एमसीसी र नेदरल्याण्ड्ससँग खेल्न १५ क्रिकेटर छनौट

काठमाडौं, १ साउन । साउन १३ देखि सुरु हुने टि–२० तथा एकदिवसिय सिरिजको लागि पारस खड्काको कप्तानीमा १५ सदस्यीय खेलाडि छनौट गरिएको छ । नेपालले टि–२०

 विश्वकप विजेता फ्रान्सलाई स्वदेशमा भव्य स्वागतको तयारी

मस्को, ३२ असार । रुसको मस्कोमा भएको फिफा विश्वकप फुटबल प्रतियोगिताको विजेता फ्रान्सको फूटबल टोलीलाई स्वदेशमा भव्य स्वागतको तयारी भएको छ ।  फूटबल

नेपाली खेलाडी टोली थाइल्यान्डमा 

काठमाडौँ, ३२ असार । थाइल्यान्ड ओपन कराते च्याम्पियनसिपमा सहभागी हुन १९ खेलाडीसहित ४७ सदस्यीय नेपाली टोली आज थाइल्यान्डको राजधानी बैंकक प्रस्थान