चलखेलमा अड्कियो धरहरा पुनर्निर्माण

२०७२ वैशाख १२ गतेको भूकम्पले भत्काएको धरहरा पुनर्निर्माणका लागि थालिएको टेन्डर प्रक्रिया ठेकेदार कम्पनीको चलखेलमा अड्केको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले धरहरा पुनर्निर्माण कार्य अगाडि बढाउन मंगलबार टेन्डरको टुंगो लगाउने तयारी गरेको थियो । तर, ठेकेदारको चलखेलका कारण सात दिन म्याद थप गरिएपछि धरहरा पुनर्निर्माण पछाडि धकेलिएको हो।

‘आज (मंगलबार) ठेक्काको आर्थिक प्रस्ताव खोलेर धरहरा पुनर्निर्माणको टुंगो लगाउने तयारी गरेका थियौं,’ प्राधिकरण सांस्कृतिक सम्पदा पुनर्निर्माण शाखाका प्रमुख राजुमान मानन्धरले भने, ‘प्रधानमन्त्री कार्यालयबाट म्याद थप गर्नु भनेपछि रोकेका हौं ।’ उनका अनुसार ठेकेदार कम्पनीले फर्जी कागजपत्र पेस गरेको भन्दै प्रधानमन्त्री कार्यालयमा उजुरी प¥यो । सोही उजुरी छानबिनका लागि टेन्डर प्रक्रिया सात दिन स्थगित गरिएको हो । नागरिक दैनिकबाट ।

राजदूत बन्न यस्तो योग्यता चाहिने

सरकारले स्नातक उतीर्ण तथा विदेशी राष्ट्रको कुटनीतिक लाभको पदमा नियुक्ति नपाएको व्यक्ति राजदूतका लागि योग्य हुने मापदण्ड तय गरेको छ । पहुँचवालालाई

सुन तस्करी काण्डमा गोरेका भाइ दुबईमा पक्राउ

सुन तस्करी प्रकरणमा गोरेका भाइ रमेश उप्रेती पनि पक्राउ परेका छन् । उनी दुबईबाट पक्राउ परेका हुन् । अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल)को

विदेशमा पढेका ८८% डाक्टर फेल

नेपालमा मेडिकल कलेज कम भएकाले मेधावी विद्यार्थी पनि डलर तिरेर विदेश जान बाध्य भएको बहस चलिरहेको छ । तर, विदेश कस्ता विद्यार्थी गएका छन् ? मेडिकल पढ्ने

सुन काण्डका आरोपी गोरेले मागे सेनाको सुरक्षा, प्रहरीमाथि अविश्वास

साढे ३३ किलो सुन तस्करीका मास्टरमाइन्ड भनिएका चूडामणि उप्रेती ‘गोरे’ ले प्रहरीको सुरक्षामाथि शंका गरेका छन् । प्रहरीसँग असुरक्षित महसुस गर्दै