डा. केसी अनशनः देशभरका चिकित्सक आन्दोलनमा

एघार दिनदेखि अनशनरत डा.गोविन्द केसीको जीवनरक्षाको माग गर्दैे मुलुकभरिका स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीले बुधबारदेखि आन्दोलन गर्ने भएका छन् ।

चिकित्सकको छाता संस्था नेपाल चिकित्सक संघले देशभरिका स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीलाई आ–आफ्नो स्वास्थ्य संस्थामा बुधबारदेखि विरोध कार्यक्रम संचालन गर्न आव्हान गरेको हो ।

चिकित्सकले बिहान एक घण्टा कालोपट्टी बाँधेर धर्ना, र्‍याली लगायतका विरोध कार्यक्रम गर्ने भएका छन् । अर्को निर्णय नगर्दासम्म प्रत्येक दिन दैनिक कार्य सुरु हुने समयबाट एक घण्टा विरोध कार्यक्रम गरिने संघका महासचिव डा. लोचन कार्कीले बताए । चिकित्सक संघको कार्यकारिणी समितिका पदाधिकारी, चिकित्सक संघका पूर्वअध्यक्ष, महासचिव, काठमाडौं उपत्यकामा रहेका विभिन्न अस्पतालका निर्देशक, विभिन्न विशेषज्ञ समाजका अध्यक्षका साथै अन्य सरकारी तथा निजी अस्पतालका चिकित्सकसँग छलफल गरी आन्दोलनमा जाने निर्णय गरिएको हो । अन्नपूर्ण पोस्टबाट ।

राजदूत बन्न यस्तो योग्यता चाहिने

सरकारले स्नातक उतीर्ण तथा विदेशी राष्ट्रको कुटनीतिक लाभको पदमा नियुक्ति नपाएको व्यक्ति राजदूतका लागि योग्य हुने मापदण्ड तय गरेको छ । पहुँचवालालाई

सुन तस्करी काण्डमा गोरेका भाइ दुबईमा पक्राउ

सुन तस्करी प्रकरणमा गोरेका भाइ रमेश उप्रेती पनि पक्राउ परेका छन् । उनी दुबईबाट पक्राउ परेका हुन् । अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल)को

विदेशमा पढेका ८८% डाक्टर फेल

नेपालमा मेडिकल कलेज कम भएकाले मेधावी विद्यार्थी पनि डलर तिरेर विदेश जान बाध्य भएको बहस चलिरहेको छ । तर, विदेश कस्ता विद्यार्थी गएका छन् ? मेडिकल पढ्ने

सुन काण्डका आरोपी गोरेले मागे सेनाको सुरक्षा, प्रहरीमाथि अविश्वास

साढे ३३ किलो सुन तस्करीका मास्टरमाइन्ड भनिएका चूडामणि उप्रेती ‘गोरे’ ले प्रहरीको सुरक्षामाथि शंका गरेका छन् । प्रहरीसँग असुरक्षित महसुस गर्दै