बेल्जियमलाई १–० गोलले हराउँदै फ्रान्स फाइनलमा

काठमाडौं, २७ असार । विश्वकप २०१८ अन्तर्गत सेमिफाइनलको पहिलो खेलमा फ्रान्सले बेल्जियमलाई १–० गोल अन्तरले हराउँदै फाइनल प्रवेश गरेको छ ।

यो जितसँगै फ्रान्स पछिल्लो २० वर्षमा तेश्रो पटक विश्वकपको फाइनलमा पुगेको छ । पहिलो पटक सन् १९९८ मा फाइनल पुगेको फ्रान्स, सन् २००६ मा दोश्रो पटक फाइनल खेलेको थियो । त्यस्तैगरी विश्वकपको उपाधी जित्ने लक्ष्य बोकेको बेल्जियमले सन् २०१६ पछि खेलेको २५ खेलमा पहिलो हार व्योहोरेको छ ।

प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको यस खेलको सुरुवात देखिनै दुबै टोलीले आक्रामण रणनिती अपनाएका थिए । गोलमा अग्रता लिएर विपक्षीलाई दबाव दिन सकिने विश्वास भएकाले पनि पहिलो हाफमा फ्रान्सका गोलकिपर ह्युगो लोरिस र बेल्जियमका गोल किपर थिबाउट कुर्टोस गोलहरु बचाउन व्यस्त थिए ।

पहिलो हाफमा गोल गर्ने थुप्रै अवसर भएपनि दुबै टोलीले गोल गर्न नसकि पहिलो हाफ बराबरी खेलेका थिए ।

दोश्रो हाफमा परिवर्तित रणनिती सहित आएको फ्रान्सले खेलको ५१ औं मिनेटमा कर्नर प्रहार गर्ने मौका पाएकोमा आन्त्वान ग्रिजमानले प्रहार गरेको उक्त शटमा श्यामुयल उम्तीतीले हेडिङ गर्दै खेलको १ मात्र गोल गर्न सफल भएपछि बेल्जियम दबावमा आएको थियो ।

१ गोलले पछि परेको अवस्थामा बेल्जियमले सबै शक्ति लगाएर अनेक रणनिती प्रयोग गरेपनि खेलमा थप गोल हुन सकेन । समग्र खेलमा ६४ प्रतिशत बल पोसेसन कायम गरेको बेल्जियमको लागि एडन हाजार्डले २ वटा गोल गर्ने अवसर गुमाउनु नै घातक रह्यो ।

यस रोमाञ्चक खेलमा विजयी भएसँगै फ्रान्सको नजर आज राती हुने दोश्रो सेमिफाइनलको खेलमा हुनेछ । आजको खेलमा इंग्ल्याण्ड र क्रोयसिया बिचको विजेतासँग फाइनल खेल्ने भएकोले पनि फ्रान्सको ध्यान आजको खेलमा केन्द्रित हुनेछ । त्यस्तै बेल्जियमल तेश्रो स्थानको लागि आजको खेलमा पराजित हुने टोलीको सामना गर्नेछ ।

तेश्रो स्थानको खेलमा आगामी शनिबार हुनेछ भने फाइनल खेल आइतबार हुनेछ ।

एमबाप्पे उत्कृष्ट युवा खेलाडि, यस्ता छन् गोल्डेन बुट, ग्लोब र बलका विजेता

काठमाडौं, ३१ असार । विश्वकप २०१८ मा सर्वाधिक गोलकर्ताको रुपमा इंग्ल्याण्डका ह्यारी केनले गोल्डेन बुट जितेका छन् । उनले यस प्रतियोगितामा ६ गोल गरेका

फाइनलमा क्रोयसियालाई हराउँदै फ्रान्सले जित्यो उपाधि

काठमाडौं, ३१ असार  । विश्वकप २०१८ को फाइनल खेलमा क्रोयसियालाई ४–२ गोल अन्तरले हराउँदै पूर्व विश्व विजेता फ्रान्सले २० वर्षपछि पुनः विश्वकपको

 विश्वकप फुटबल फाइनल : केहीबेरमा फ्रान्स र क्रोएसिया भिड्दै

काठमाडौँ, ३१ असार । रुसमा जारी विश्वकप फुबटल– २०१८ को उपाधिका लागि अहिले केहीबेरमा फ्रान्स र क्रोएसिया भिड्दैछन् ।  रुसको सेन्ट मस्कोस्थित