थाइल्याण्डमा गुफामा थुनिएका सबैको उद्धार

 बैंकक । थाइल्याण्डमा बाढीका कारण विगत दुई हप्तादेखि गुफामा थुनिएका सबै जनाको मङ्गलबारसम्ममा उद्धार गरिएको थाइल्याण्डको नौसैनिक एक एकाईले आफ्नो फेसबुक पेजमा जनाएको छ ।


फुटबलको तालिमका लागि गएका १२ बालक तथा उनीहरूका खेल प्रशिक्षक अठार दिनदेखि व्यापक वर्षापछि आएको बाढीका कारण गुफामा फसेका थिए । 

नौसैनिक स्रोतले दिएको जानकारी अनुसार फसेका सबैजनालाई सकुशल उद्धार गरीएको छ । यद्यपि लामो समयदेखि गुफामा रहँदा उनीहरूको स्वास्थ्यमा नकारात्मक तथा मनोवैज्ञानिक प्रभाव परेको हुनसक्ने भन्दै अस्पताल भर्ना गरिएको हो । 

नौसेनाल भनेको छ, “सबैजना, १२ बालक र प्रशिक्षकलाई गुफाबाट सकुशल उद्धार गरिएको छ । उनीहरू सबै खतरामुक्त रहेका छन् ।” 
यद्यपि उद्धारका लागि गुफाभित्र गएका चार जना भने मङ्गलबार यो समाचार तयार पार्दासम्म अझै बाहिर आइसकेका छैनन् । उनीहरू बाहिर निस्कने क्रममा बाटोमा नै रहेका बताइएको छ । रासस

 जन्ती बस दुर्घटना हुँदा १७ को मृत्यु

  इस्लामाबाद, ३२ असार ।  पाकिस्तानको सिन्ध प्रान्तमा जन्ती बोकेको एक बस दुर्घटनामा पर्दा त्यसमा रहेका १७ जना को मृत्यु भएको छ ।  एक ट्रकले

 गुफाबाट उद्धार गरिएका सबै बिहीबार घर फर्किने

बैंकक । गुफाबाट उद्धार गरेर अस्पतालमा भर्ना गरिएका थाइल्याण्डका सबै बालक र उनीहरुका प्रशिक्षक आउदो बिहीबार घर फर्किने भएका   छन् ।  स्वास्थ्य

 पाकिस्तानको एउटै घटनामा १०५ को मृत्यु, १५० घाइते

इस्लामावाद, ३० असार  । पाकिस्तानमा आसन्न निर्वाचनको प्रचारप्रसारका लागि गरिएको कार्यक्रममा भएको बम आक्रमणमा परी कम्तीमा १०५ जनाको मृत्यु भएको छ

के खान्थे पाँच हजार वर्षअघि हिममानव ?

बाख्राको बोसो, मृगको मासुका साथै प्राचीन गहुँ र एक जातको उन्यू। ‘मास्टर्शेफ’मा देखाइने जस्तो खानाको विवरण यो होइन। यो त मानवका केही पुर्खाले