'उमा दिदीलाई बिर्सँदा कोइराला परिवार पूर्ण हुँदैन'- शशांक

काठमाडौँ, २६ असार  । नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले काँग्रेस एकताबद्ध भएर अगाडि बढ्नुपर्ने बताएका छन्। 

शहीद लीला यशोदा दाहाल स्मृति प्रतिष्ठानद्वारा प्रकाशित ‘प्रजातन्त्र सेनानी उमा शर्माको जीवनी र सिर्जना’ नामक पुस्तकको आज यहाँ लोकापर्ण गर्दै महामन्त्री कोइरालाले काँग्रेस अप्ठारो स्थितिमा रहेकाले सबैलाई एकताबद्ध हुन आग्रह गरे। 

पुस्तकबारे उनले भने, ‘‘उमा दिदीलाई बिर्सँदा कोइराला परिवार पूर्ण हुँदैन, उहाँ हाम्रो परिवारको सदस्य हुनुहुन्थ्यो ।” 

विराटनगरस्थित कोइराला निवास उमा दिदीबिना अधुरो भएको भन्दै उनले आमाले जस्तै हेरचाह गर्ने अभिभावक गुमाएको बताए। 

नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले राजनीतिमा नैतिकता आवश्यक भएको उल्लेख गर्दै वर्तमान सरकारमा नैतिकताको कमी भएको टिप्पणी गरे। डा कोइरालाले उमा दिदीबाट नैतिकता र प्रतिबद्धता सिक्न सकिने भन्दै उहाँको संर्घषले जीवन हरेस खान नहुने प्रेरणा लिन सकिने बताए। 

पुस्तकका लेखक तथा शहीद लीला यशोदा दाहाल स्मृति प्रतिष्ठानका अध्यक्ष बालकृष्ण दाहाल ‘बिकेडी’ले प्रजातन्त्र सेनानी उमा शर्माले प्रजातन्त्र प्राप्तिका लागि गरेको संघर्ष बाहिर नआउँदा धेरैलाई उहाँबारे जानकारी नभएको उल्लेख गरे। 

विसं १९९६ मा ललितपुरमा जन्मिएकी उमा शर्माको पुरा नाम उमालक्ष्मीदेवी शर्मा हो । उनको क्यान्सरका कारण २०७३ सालमा निधन भएको थियो । उनले विराटनगरस्थित कोइराला निवासमा बसेर डा शेखर कोइराला, डा शशांक कोइरालालगायतलाई हुर्काएकी थिइन् भने प्रजातन्त्र प्राप्तिको आन्दोलनमा तीन वर्ष जेल जीवन बिताएकी थिईन्। 


काँग्रेस गुटबन्दीले कमजोर 
 

  यसैवीच महामन्त्री डा शशांक कोइरालाले पार्टी एकढिक्का भए काँग्रेसलाई कसैले पनि पराजित गर्न नसक्ने बताएका छन् । 

सुशील कोइराला सोसलिष्ट युथ सर्कलले आज यहाँ आयोजना गरेको विचार गोष्ठीमा उनले वर्तमान अवस्थामा पार्टीभित्र आन्तरिक एकताको खाँचो रहेको आवश्यकता औँल्या। 

महामन्त्री डा कोइरालाले आफू सधैं गुटबन्दी अन्त्य गर्दै बलियो काँग्रेस बनाउने पक्षमा रहेको र त्यसका लागि प्रयास गरिरहेको बताए। 

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्यहरु गुरुराज घिमिरे र शंकर भण्डारीले सरकारले अधिनायकवादतर्फ जाने संकेत देखाइरहेको भन्दै त्यसको प्रतिवाद गर्न सक्ने गरी काँग्रेसलाई सशक्त बनाउनुपर्नेमा जोड दिए। 

कार्यक्रममा नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महर, उपाध्यक्ष उर्मिला थपलिया, महामन्त्री आनन्द त्रिपाठी लगायतले अहिले काँग्रेस गुटबन्दीका कारण थला परेको भन्दै त्यसबाट पार्टीलाई मुक्त गर्न सबै एक हुनुपर्नेमा जोड दिएका थिए। 

 ‘ओली सरकारको आयु माघसम्म’ 

काठमाडौं, ३१ असार । राष्ट्रिय प्रजातान्त्रिक गठबन्धनका संयोजक किशोरी महतोले संविधान पुनरलेखन सभाको माग गरेका छन् ।    आईतबार आयोजना गरेको पत्रकार

 राजपा संसदीय दलको नेतामा महन्थ ठाकुर सर्वसम्मत 

  काठमाडौँ, ३० असार ।  राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको संसदीय दलको नेतामा सो पार्टीका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर सर्वसम्मत चयन भएका

कम्युनिष्टलाई कमजोर पार्दे विदेशी शक्ति : अध्यक्ष दाहाल

चितवन, २९ असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको कम्युनिष्ट शक्तिलाई कमजोर पार्न स्वदेशी र विदेशी

 \'संविधान आउँदैमा मात्र संघीयता कार्यान्वयन हुँदैन\'- विमलेन्द्र

काठमाडौं, २८ असार । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले संबिधान जारी भएर मात्र संघीयता कार्यान्वयन नहुने हुँदा प्रदेशको पूर्बाधारमा जोड