बेपत्ता र सत्यनिरुपण आयोग विधेयकमाथि दफावार छलफलमा जोड


काठमाडौँ, २६ असार । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन विधेयकको लागि एक समिति गठन गरी छलफल गर्न नेपाल बार एसोसिएनका अध्यक्ष शेरबहादुर केसीलाई आग्रह गरेका छन्। 

आयोगका अध्यक्ष शर्माले भने, “विधेयकमाथि दफाबार नै छलफल गरेर अन्तिम रुप दिन जरुरी छ, त्यसका लागि बारले एउटा समिति नै बनाएर दफा÷दफामा छलफल गर्र्नुस् र आयोगलाई दिनुस् ।” 

विधेयकमा कमिटीले छलफल गर्दा सर्वोच्च अदालतको आदेश, अन्तर्राष्ट्रिय कानून, कानूनको सर्वमान्य सिद्धान्तलाई ध्यानमा राखेर छलफल गर्न र संक्रमणकालीन न्यायका लागि आवश्यक कुरा थप्न आग्रह गरे। 

बारका अध्यक्ष केसीले तीन÷चार दिनभित्रै कमिटी बनाएर विधेयकमाथि छलफल गर्ने र छलफलबाट आएको सुझावलाई आयोगमा बुझाउने प्रतिबद्धता व्यक्त गरेका छन्।