पशुपतिमा बन्यो गँजडीरहित ध्यान साधना केन्द्र 

काठमाडौं । गाँजा तान्ने अखडा र माग्नेको लामलाई मुक्त गरी पशुपति क्षेत्रलाई ध्यान तथा योग साधना स्थलका रुपमा योजनाबद्ध विकास गर्ने अभियान शुरु भएको छ । 

गाँजा खाने एवं किनबेच गर्नेको अखडाका रुपमा रहेको वाग्मती किनारको सूर्यघाट क्षेत्रका १० वटा गुफा खाली गरी रंगरोगन शुरु गरिएको छ । 

सूर्यघाट क्षेत्रलाई ध्यान केन्द्रका रुपमा विकास गर्न पशुपति क्षेत्र विकास कोषले आगामी आर्थिक वर्ष २०७५÷७६ का लागि एक करोड ५० लाख बजेट छुट्याएको सदस्य सचिव डा प्रदीप ढकालले बताए। 

“छ महिनामा ध्यान केन्द्र तयार हुनेछ, केन्द्र तयार भएपछि निश्चित दिनका लागि ध्यान गर्न चाहनेलाई केन्द्र उपलब्ध गराइन्छ, केन्द्रमा बसेर ध्यान गर्न चाहनेले तोकिएको शुल्क पनि तिर्नुपर्छ”–उनले भने। 

आगामी शिवरात्रिसम्म ध्यान केन्द्र निर्माण गरिसक्ने कोषको योजना छ । पशुपति क्षेत्रमा सबैभन्दा पुरानो अभिलेख भएको वाग्मती किनारको सूर्यघाटक्षेत्र सिद्धस्थल मानिन्छ । सूर्यघाट क्षेत्रको गुफामा गुरु गोरखनाथ, शिवपुरी बाबा, खप्तड स्वामीलगायतका सिद्ध पुरुषले साधना गरेको अभिलेख पाइएको कोषका सूचना अधिकारी प्रेमहरि ढुंगानाले बताए। 

पूर्वी मोहडा भएको र पूर्वमा वाग्मती बगेकाले सूर्यघाट क्षेत्रका गुफा साधनाका लागि महत्वपूर्ण मानिन्छन् । वाग्मतीको कन्दराबाट पूर्व फर्केर बिहान अघ्र्यदान गर्नु उत्तम हुने शास्त्रीय ग्रन्थमा वर्णन गरिएको छ । सूर्यघाटमा पाइएको विजयमतीको अभिलेख पशुपति क्षेत्रकै पुरानो मानिन्छ । 

मृगस्थली र विश्वरुप क्षेत्रमा पनि मण्डप निर्माण गरी ध्यान गर्ने स्थान बनाइँदैछ । जंगलको बीचमा व्यक्ति व्यक्तिले बसेर ध्यान गर्न सक्ने गरी मण्डप निर्माण गर्न लागिएको हो । पशुपति क्षेत्रका सबै स्थानमा कोषले नै ध्यान केन्द्र बनाउने जनाएको छ । 

पञ्चदेवलमा पाशुपत योग साधना केन्द्र 

पशुपति दक्षिण ढोका अघिको पञ्चदेवलमा पाशुपत योग साधना केन्द्रको स्थापना गरिएको छ ।  घर घरमा पाशुपत योगको साधना गराउने उद्देश्यले उक्त केन्द्रको स्थापना गरिएको हो । 

वेदले दिएको पाशुपत धर्म नेपालीको भएकाले यसका बारेमा जानकारी गराउन कोषको सहयोगमा केन्द्र स्थापना गरिएको महात्मा सुशीलले बताए। पाशुपत योगका विषयमा जानकारी दिन उनले ‘पाशुपत योग’ नामक पुस्तक प्रकाशन गरेका छन्। यो पुस्तक रसियन भाषामा समेत अनुवाद भइसकेको छ । 

पाशुपत योग अंग्रेजी भाषामा अनुवादका लागि त्रिभुवन विश्वविद्यालय अंग्रेजी विभागका प्राडा कृष्णचन्द्र थापाले काम गरिरहेका छन्। यस वर्षको दशैंसम्म अंग्रेजी अनुवाद भइसक्ने थापाले जानकारी दिए। 

हिमवत्खण्डबाटै योग साधनाको शुरुवात् भई संसारभर फैलिएको थियो । आदिकालमा भगवान शिवले सिकाएको योग पाशुपत नै थियो । चार वेद र १८ पुराणमा पाशुपत योगको वर्णन रहेको छ । लिङ्ग पुराणमा भने पाशुपत योगका विषयमा मात्र चर्चा गरिएको महात्मा सुशीलले सुनाए। 

पौराणिक कालमा भगवान् शिवले पाशुपत योगको ज्ञान दिएको विश्वास गरिन्छ । समाधि अवस्थामा जीवात्मा परमात्मामा मिलन हुनुलाई नै पाशुपत योग भनिने उनको भनाइ छ । ब्रह्म प्राप्तिका लागि पाशुपत अष्टाङ्ग योगलाई साधना गर्ने परम्परा बसेको हो । 

आत्मज्ञान प्राप्तिका लागि उत्तम स्थानमा बसेर साधना गर्नुपर्छ । साधनाबाट ज्ञान पाइन्छ । ज्ञानको वशमा मन वशिभूत हुन्छ । मन वशमा भएपछि आत्मा प्राप्ति हुन्छ । आत्म साक्षात्कार भएपछि नश्वर संसारबाट मुक्ति पाइने भएकाले पाशुपत योगको अभ्यास आवश्यक रहेको महात्मा सुशील बताउँछन्। 

पूर्वमा ब्रह्मपुत्र नदी, पश्चिममा हिन्दकुश, उत्तरमा कैलाश मानसरोवर हिमालय र दक्षिणमा गंगासम्मको भू–भागबाटै योग, ध्यान साधनाको शुरुवात् भएको विश्वास गरिन्छ । चित्तवृत्तिलाई निरोध गर्दै आत्मामा एकचित्त हुनु नै योग हो । 

यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान र समाधिलाई अष्टाङ्गयोग भनिन्छ । अष्टाङ्गयोगको अभ्यास गर्ने व्यक्ति अनेक जन्मको संस्कारबलबाट यसै जन्ममा सिद्ध भएर पापबाट मुक्त भई परमगति प्राप्त गर्छ । 

पाशुपत योग धर्मका दश लक्षणमा अहिंसा, सत्य, अस्तेय, ब्रह्मचर्य, दया, क्षमा, सरलता, धृति, मिताहार र पवित्रतालाई लिइएको छ । पाशुपत योग साधना केन्द्रमा हाल दैनिक सयौँ मानिस साधनाका लागि आउने गरेका छन् । 

यहाँ स्वदेशी एवं विदेशीलाई पनि योग, ध्यान सिकाइन्छ । केन्द्र स्थापनाको छोटो अवधिमा धेरै विदेशी समेत यहाँ आएर योग, ध्यान सिकी लाभान्वित भएका छन् । रासस
 

जानकी मन्दिर झलमल्ल पार्न पाँच करोड 

  धनुषा, २६ असार । जानकी मन्दिरलाई आधुनिक किसिमले सौन्दर्यकरण गर्नका लागि पाँच करोडको लागतमा विद्युतीकरण गरिने भएको छ ।  सोमबार गैरआवासीय नेपाली

 के हो विपश्यना ध्यान,यस्तो छ लाभदायी रहस्य

गौतम बुद्धले ४५ वर्षसम्म यो विद्यालाई जनजनमा बाँडेर गए । उनको महापरिनिर्वाणको करिब ५०० वर्षपछि यो विद्यामा शुद्धता कायम रहन नसकीे लुप्त हुने स्थिति

मृत्युको भयले मानिसलाई शान्त र परोपकारी बनाउँछ 

हिन्दीमा मृत्युका बारेमा एउटा चर्चित साहित्य छ, ‘जिन्दगी तो बेवफा है, एक दिन ठुकराएगी, मौत महबुबा है अपनी साथ ले के जाएगी’, यसले के पुष्टि गर्छ भने

  पर्व र समय सुधारको माग

काठमाडौँ, ९ असार । वर्षको छोटो र लामो दिन, दिन र रात बराबर भएको तिथि र त्यससँग सम्बन्धित संक्रान्ति पञ्चाङ्ग (पात्रो) मा उल्लेख गर्नुपर्नेमा जोड दिइएको छ