फेरि कांग्रेस छाड्ने तयारीमा गच्छदार

काठमाडौं,२६ असार । सभापति शेरबहादुर देउवाले पूर्व सहमति कार्यान्वयन गर्न नियतवश ढिलाई गरेको निष्कर्षमा पुगेका कांग्रेस संसदीय दलका उपनेता बिजयकुमार गच्छदार फेरि माउ पार्टी छोड्ने मनस्थितिमा पुगेका छन् ।

प्रजातन्त्र पुनस्र्थापनापछि कहिल्यै पनि सत्ताबाहिर नबसेका गच्छदार अहिले प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसमा महत्वपूर्ण पदमा छन् तर राज्यको सुविधा बाहिर । संसदीय निर्वाचनको पूर्व सन्ध्यामा माउपार्टी कांग्रेस पसेका गच्छदारले निर्वाचनमा कांग्रेसलाई लाभभन्दा हानी बढी पुर्याएको निष्कर्ष निकाल्नेहरु पनि छन् कांग्रेसका मोरंग र सुनसरी संगठनमा । 

अहिले गच्छदारको कांग्रेस छोड्ने बिचार त्यहाँ भागबन्डा नमिलेकोमा भन्दा पनि सत्ताबाहिर बस्नुपरेको छटपटी भएको मोरंग कांग्रेसका एक पूर्व पदाधिकारीले सरल पत्रिकालाई बताए।

यता संसदमा प्रतिपक्षको भूमिका कमजोर भएको गुनासो आइरहेको बेला कांग्रेसका शीर्ष नेताहरु बैठक बसी सत्तापक्ष विरुद्ध आन्तरिक रुपमा एकढिक्का हुनुपर्ने निष्कर्ष निकालिरहेका बेला आएको गच्छदारको गुनासोलाई कांग्रेस नेताले अर्थपूर्ण रुपमा लिएको एक केन्द्रीय सदस्यले बताए। 
मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) को नेतृत्व गरेका गच्छदारले चुनावअघि आफूसहित उनको पार्टी कांग्रेसमा विलय गराएका थिए । उनले सभापति शेरवहादुर देउवाले एकता अघि भएको सम्झौता कार्यान्वयन नगरेको आरोप लगाइरहेका छन्।

आफूलाई उचित जिम्मेवारी नदिएको भन्दै गच्छदारले देशभरका कार्यकर्ता भेला गरी एकता भङ्ग चेतावनी दिँदै सभापति देउवा माथि राजनीतिक दबाब बढाइरहेको देखिन्छ । देउवाले एकता गर्दा गच्छदारलाई उपसभापति र उनको दलका केही शीर्ष नेतालाई केन्द्रिय सदस्यमा मनोनित गर्ने वचन दिएका थिए भन्ने गच्छदारको तर्क छ । साथै फोरमका अगुवा कार्यकर्तालाई पनि योग्यता अनुसारको उचित जिम्मेवारी दिने सम्झौता भएकोमा देउवाले वास्ता नगरेकाले एकता भङ्ग गर्ने वाध्यता आईपरेको गच्छदारले कांग्रेसकै केही वरिष्ठ नेताहरुसँग गुनासो गरिरहेको थाहा भएको छ । 

 ओली र प्रचण्डले सोझै अध्यक्षको उम्मेदवार बन्न नपाउने

काठमाडौँ, १ साउन  । नेपाल कम्युनिष्ट पार्टीले सबै कमिटीका पदाधिकारी र सदस्यले महाधिवेशन/अधिवेशनमा प्रतिनिधिका रुपमा भाग लिन अनिवार्य रुपमा

 सरकारको नियतमाथि कांग्रेस सशंकित

काठमाडौँ, ३२ असार  । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आमरण अनशनरत डा गोविन्द केसीका मागप्रति गम्भीर हुन सरकारलाई आग्रह गरेका छन्

 ‘ओली सरकारको आयु माघसम्म’ 

काठमाडौं, ३१ असार । राष्ट्रिय प्रजातान्त्रिक गठबन्धनका संयोजक किशोरी महतोले संविधान पुनरलेखन सभाको माग गरेका छन् ।    आईतबार आयोजना गरेको पत्रकार

 राजपा संसदीय दलको नेतामा महन्थ ठाकुर सर्वसम्मत 

  काठमाडौँ, ३० असार ।  राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको संसदीय दलको नेतामा सो पार्टीका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर सर्वसम्मत चयन भएका